खाडीचौर । स्वस्थ नागरिक नै सुखी नागरिक हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकले आफ्ना नागरिकहरूका लागि निःशुल्क औषधी वितरण गरिने भएको छ ।
सुनकोशी गाउँपालिकाले भोलि शुक्रबारबाट निःशुल्क औषधी वितरण कार्यक्रम संचालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले जानकारी दिनुभएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गरिन लागेको हो । गाउँपालिकाभित्रका सम्पूर्ण वडामा निःशुल्क औषधी वितरण गरिने छ ।
निशुल्क औषधि वितरण कार्यक्रम भोलि बिहान १० बजेबाट सुनकोशी गाउँपालिका, सुनखानीस्थित वडा न ५ को कार्यालयबाट औपचारिकरुपमा सुरुवात हुनेछ ।
सुनकोसी गाउँपालिकाले निशुल्क औषधि वितरण गर्दै
