छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।

छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।
माेनिका विक / चौतारा । ‘त्यसो त कम सजिलो छैन, फेरि पनि यो फलामको च्यूरा चपाउन म तयार छु ‘। चौतारा साँगचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकाटाले भन्नु भयो – ‘छुवाछुत र विभेदरहित नगर निर्माणार्थ मेरो भगीरथ प्रयत्न जारी रहने छ’ ।
चौतारा साँगाचोकगढी नगरपालिका दलित समन्वय समितिको आयोजनामा मंगलबार नगरपालिकाको हलमा भएको अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै मेयर सापकोटाले छुवाछुत मुक्त नगरपालिका घोषणाका लागि आवश्यक प्रकृया र अभ्यासको सुरुवात गरिने प्रतिवद्धता जाहेर गर्नु भएको हो । उहाँले छुवाछुत र विभेद अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रमको आवश्यकतालाई औल्याउँदै ठूलो, मेहेनत र अभ्यासपछि मात्र छुवाछुत र विभेदरहित नगरको परिकल्पना साकार हुने बताउनु भयो । ‘यसका लागि कुनै पनि कसर बाँकी राखिने छैन ‘ उहाँले भन्नु भयो ।

May be an image of 10 people, people standing, people sitting and indoor


कार्यक्रममा उपमेयर सीता थापाले अझै पनि समाजमा छुवाछुत र विभेद रहिरहुनुका मूल कारणसम्म नपुगि यो समस्याको समाधान नहुने बताउँनु भयो ।
वडा न १३ र १४ का वडा अध्यक्षद््वय रामप्रसाद गौतम, उद्धव नेपाल, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, राप्रपा सिन्धुपाल्चोकका सचिव ध्रुव थापा, सागर परियार लगायतका वक्ताहरुले सामाजिक कुरीतिका रुपमा रहेको छुवाछुत र विभेद अन्त्यका लागि सशक्त कार्यक्रमको आवश्यकतालाई औल्याउनु भयो ।
५८ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसर पारेर गरेको छुवाछुत मुक्त नगर, संभावना र चुनैति विषयक सो अन्तकृया कार्यक्रममा समन्वयका सचिव रामशरण विकले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्रमाथि हरि विक, सिर्जना विक लगायतले टिकाटिप्पणी गर्नु भएको थियो ।
कार्यक्रम अमर विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

May be an image of 8 people, people standing, people sitting and indoor

सिफारिस

प्रतिकृया दिनुहोस्