मेलम्ची : वडा कार्यालय उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष श्रीराम घोरासैनीले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने तामाङको भनाईछ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत…

गाउँमा नै अस्पताल सञ्चालन भएपछि स्थानीय खुशी

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आफ्नै गाउँमा नै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय खुशी भएका हुन । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले एक एक पाइला ठोकर्पा आधारभूत प्राथमिक अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन्। १६ हजारभन्दा बढी जनसङ्ख्या भएको सुनकोसीका स्थानीयले सामान्य रोग लाग्दा पनि धुलिखेल या काठमाडौँ पुग्नुपर्ने बाध्यता झेल्दै आएका थिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आफ्नै गाउँमा नै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय खुशी भएका हुन । लिफ्ट सहितको १५ शय्याको तीन वटा भवनमा २९ कोठा र १५ बेडसहित ३० जना…

समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया

समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया ।साँगाचोक । समावेशी शिक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्गता भएका बालबालिकालाई बिधालयको पहुँच बढाउँदै समाबेशी शिक्षालाई ब्यवस्थित गर्ने उदेश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ, सिन्धुपाल्चोकको आयोजना र सम नेपाल काठमाडौको सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो ।जनजागृती मावी साँगाचोकमा भएको कार्यक्रममा १४ जना शिक्षक/शिक्षिकाको उपस्थित रहेको संघकी अध्यक्ष जानकी श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रममा सम नेपालकी सुशीला श्रेष्ठले अपाङ्गताका पहिचान, प्रकार, कारण, पुनर्स्थापना र समावेशी शिक्षा र चुनौति विषयमा प्रशिक्षण दिनु भएको थियो । बिसौनीbisouni.com

पाँचपोखरी थाङ्पाल बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् । पाँचपोखरी। सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीबाट एक सय ७९ परिवार प्रभावित…

विद्यार्थीलाई अफरः एस.ई.ईमा ३.६ माथिको जिपिए ल्याउ, पन्ध्र हजार लैजाऊ

औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो । सुनकोसी । सुनकोसी गाउँपालिका वडा न ३ ले एस.इ.इ परीक्षामा सहभागि आफ्ना वडाभित्रका विद्यार्थीहरुलाई पन्ध्र हजार रुपैयाँ दिने घोषणा गरेको छ ।चालु एसइइ परीक्षामा उतीर्ण गरि औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो ।वडाभित्र महेन्द्र कान्ति माध्यमिक विद्यालय र जनजागृति मावि गरि दूई विद्यालयका विद्यार्थीहरु यसपटकको एसइइ परीक्षामा सहभागी छन् । परीक्षार्थीहरुलाई प्रोत्सहनस्वरुप यस्तो घोषणा गरेको वडा अध्यक्ष…

रत्नराज्य मावि, जुगलको टिसर्टसहित मानव कंकाल फेला

दोलखा । दोलखाको कालिन्चोकमा मानव कङ्काल फेला परेको छ । कालिञ्चोक गाउँपालिका वडा नं. १ को ३ हजार मिटरको उचाईमा पर्ने भैसे पात्लेखोलाको शिरमा बेवारिसे अवस्थामा मानव कङ्काल भेटिएको हो । मानव कङ्कालसंगै सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित रत्न राज्य मा.वि. चनौटेको टिसर्ट पनि फेला पारेको छ । मानव कङ्काललाई पोष्ट्मर्टमका लागि चरिकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार रत्नराज्य मावि, जुगल गाउँपालिका ५ चनाैटे, सिन्धुपापाल्चाेक लेखिएको नीलो रंगको टिर्सट र पानीबुट पनि कंकालसँगै भेटिएको छ । (फोटो ः जन्मभूमि पोष्ट) बिसौनीbisouni.com

एम्बुलेन्स मर्मत नहुँदा बिरामी मर्कामा

स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था भने नाजुक छ ।१०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन । त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधै सास्ती भोग्नुपरेको छ । कमला पाख्रिन / चौतारा । सिन्धुपाल्चोकका १२ स्थानीय तह र स्वास्थ्य एकाइ सबैसँग एम्बुलेन्स रहेका छ्न । तर सबै सञ्चालनमा भने छैनन् ।इन्जिनमा समस्या आएका कारण बिग्रिएर थन्किएका एम्बुलेन्सहरु समयमै मर्मत नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको छ ।जिल्लाका आधा दर्जनभन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको बर्षौं सक्दा…

सिन्धु अन्तराष्ट्रिय समाज गठन : विश्वभरका सिन्धुपालचोके एक हुने

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने चौतारा ।‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ । चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य राखेको छ । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका बारे भने ‘सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै…

सुनकोसीले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने

खाडीचौर ।सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो ।गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको छ ।गाउँपालिका भित्र रहेको सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय…

बैशाख १८ बाट तातोपानी नाका पूर्णरुपमा खुल्ने

बैशाख १८ गतेदेखि पूर्ववतरुपमा नै खुल्ने भयो तातोपानी नाका ।चौतारा । कहिले बन्द त खुल्दै आएको उत्तरी तातोपानी नाका अन्ततः पूर्णरुपले सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि तातोपानी नाका बैशाख १८ गतेदेखिपूर्ववतरुपमा नै सञ्चालनमा आउने भएको हो । सहमति अनुसार रसुवा केरुङ नाका भने चैत १८ बाट सन्चालनमा आइसकेको छ । दुई पक्षबीच भएको छलफलपछि नेपाली बाणिज्यमहादुतावासले जारी गरेको बिज्ञप्तिमा दुबै पक्ष तातोपानी र केरुङ नाका सञ्चालनमा सहमति भएको उल्लेख गरिएको छ । तिब्बतको ल्हासामा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी…