हरेक वडामा पक्की सडकको सुरुवात गरेका छौ’

kedar kshetri

‘आफ्नो व्यक्तिगत व्यापार, व्यवसायिक कारोबारलाई थाँति राख्दै जनसेवामार्फत समग्र गाउँपालिकाको समृद्धिको सपना देख्दै चुनावी मैदानमा होमिएर विजयका झण्डा फरफराउन सफल सिन्ध राजनीतिका एक सफल पात्र एवम् बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीसँग निर्वाचनपछि गाउँपालिकाले सम्पादन गरेका कामसँग केन्द्रीत रही पत्रकार विदुर आचार्यले अध्यक्ष क्षेत्रीसँग गरेको कुराकानी । स्थानीय तहको निर्वाचन पछि गरेका महत्वपूर्ण काम के के हुन् ?बलेफी गाउँपालिकाले स्थानीय तहको निर्वाचन पछि बिशेषत बिकास निर्माणका काममा फड्को मारेको छ । खासगरी पूर्वाधार निर्माणमा बलेफी अगाडी पुगेको छ । आठै वटा वडाका कच्ची सडक कालोपत्रे गर्ने काम सुरु गरैका छौ ।…

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो ।तीन दिनअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेपछि पहिलो पटक आज बैठक बस्न लागेको हो । २८ कात्तिकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए । सो प्रतिवेदनमा ओलीको कार्यशैलीमाथि कडा टिप्पणी गरिएका कारण त्यसको प्रतिवादमा अध्यक्ष ओलीले १३ मंसिरमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका हुन् । आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ । साथै,…

नेकपा अध्यक्ष ओलिले सचिवालयमा प्रस्तुत गरेको जवाफी प्रस्ताव (पूर्णपाठ)

यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु । सुरुमा मैले कमरेड ‘प्रचण्ड’ का आरोपको बुँदागत चिरफार गर्नेछु, अनि अन्त्यमा…

फेरि बस्ने गरि नेकपाको सचिवालय बैठक सकियो ! के के भयो बैठकमा ?

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेस गरेका छन् । उनले आफ्नो जवाफ पढेर सुनाएका थिए ।  प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेस गरेक हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका…

नेकपा सचिवालय बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।  आजको सचिवालय बैठकमा  प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूचि छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कार्तिक २८ मा पेस भइसकेको राजनीतिक प्रस्तावको अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेस गर्दै छन् ।  १० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्।  जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव…

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उहाँले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गर्नुभयो । संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । अर्काे फरक प्रसङ्गमा उहाँले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…

काँग्रेसले देखायो अर्थमन्त्री पौडेललाई कालो झण्डा

बुटवल, बल्लतल्ल करिब एक वर्षपछि आफ्नो गृह जिल्ला बुटवल पुगेका अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएको छ ।पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेस, उसको भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए। अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम…

राजदुत यान्छी र प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र आत्तरिक कलह चरमोत्कर्षमा पुगिरहेको वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ । केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । भेटमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भएको स्रोतको दावि छ । उनले भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध प्रगाढ बनाउने बारे छलफल गरेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए ।त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको पुस्तक उपहार दिएकी…

सिन्धुपाल्चोकको ५ स्थानीयतहमा अस्पताल बन्दै, कुन पालिकामा कति शैयाको अस्पताल बन्दै ?

चाैतारा । सरकारले ३९४ स्थानीयतहमा आधारभूत अस्पताल बनाउने प्रकृया अगाडि बढाएइको छ । सो अन्तर्गत सिन्धुपाल्चोकमा पनि ५ स्थानीय तहमा अस्पताल बन्ने भएको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, जुगल, लिसंखुपाखर, बलेफी र हेलम्बु गाउँपलिकामा अस्पताल बन्न लागेको हो ।मंसिर २ गते बसेको अर्थ तथा स्वास्थ्यमन्त्रीबीचको बैठकले एकैदिन सबै स्थानीय तहका अस्पताल शिलान्यास गर्ने निर्णय भए अनुसार मंसिर १५ गते ती अस्पतालहरुको शिलान्यास हुनेछ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मको आाधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । जस अनुसार, मेलम्चीा नरपालिकामा १५ शैया, जुगलमा १० बलेफीमा…

पहिरो पीडितलाई राप्रपाको राहत !

जिल्लाका विभिन्न स्थान र समयमा गएको पहिरोबाट भएका पीडितका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी मल्हम बनेको छ । पीडितहरुका लागि राप्रपा जिल्ला कमिटीले विभिन्न खाद्यान्नसहित हालसम्म २४ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको हो ।राप्रपाले पछिल्लोपटक बाह्रविसे नगरपालिका ७ घुम्थाङस्थित नागपुजे र भिरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरु दिइएको सहयोगसहित झण्डै २५ लाख रुपैयाँ पुगेको हो । राप्रपा सिन्धुपाल्चोकको सक्रियतामा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिका र गैरआवासिय नेपाल संघ पोर्चुगलबाट संकलन गरिएको राहत पीडित परिवारलाई हस्तान्तरण गरिएको क्षेत्रीय सभापति उत्तम भन्डारीले बताए । हामीले नागपुजे र…