नेकपा र राप्रपाका ५० भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

बार्हबिसे । पछिल्लो केही समययता सिन्धुपाल्चोकमा पार्टी प्रवेशको लहर चलेको छ । यसैबीच बुधबार बार्‍हबिसे २ कर्थलीका नेकपा र राप्रपा समर्थित स्थानीय नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाह्रबिसे नगरपालिका वडा नं २ ईकाइ समितिकाे आयोजनामा तत्कालीन माओवादीकाे तर्फवाट वडा उम्मेदवार महिला नेतृ सरला भण्डारी, राप्रपाका नेता धनसिंह तामाङ , पुर्ब माओवादी लडाकु चाैतारे तामाङ र नेकपाका निलबिक्रम भण्डारी लगायतका ५० बन्दा बढी युवाहरू नेपाली काँग्रेस प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण…

रेलमार्गको विवादित ठेक्का स्थगित

२३ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा…