सुनकोसी |कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको छ ।गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको हो ।गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरुले…
Category: समाचार
क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदै
क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदैजेठ–१७, काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्षदेखि क्यान्सर रोगसंग लडिरहेका कवि न्यौपानेको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो । ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु…
बैंक तथा वित्तीय संस्था विजयी
गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय कर्मचारी विजयी भएका हुन । चौताराको टुँडिखेलमा भएको प्रतियोगितामा वित्तीय संस्थाका कर्मचारीले २ गोल गरेका थिए भने स्थानीय कर्मचारीले कुनै पनि गोल गर्न सकेनन् । प्रतियोगितामा ५ टीम सहभागी रहेको थियो । विजयी खेलाडीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले शिल्ड र मेडल प्रदान गर्नुभयो । पुरस्कार वितरण कार्यक्रम केन्द्रका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको थियो । बिसौनीbisouni.com
भोलि बिहान चौतारा टुँडिखेलमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता, को को भिड्दैछन् ?
गणतन्त्र दिवस २०८१ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो। मिलन केन्द्रका अध्यक्ष एवं उद्योग वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख विश्वनाथ काफ्लेका अनुसार भोलि १५ गते बिहान ७ बजेबाट चौताराको टुँडिखेलमा मैत्रीपूर्ण खेल सुरु हुनेछ। जम्मा ५ टिम सहभागी रहेको प्रतियोगितामा पहिलो खेल जिल्लास्थित संघीय कार्यालयका कर्मचारी र प्रदेश कर्मचारीबीच भिडन्त हुनेछ ।यो भिडन्तबाट विजयी टीम सोझै सेमिफाइनलमा प्रवेश गर्दै ९ बजेर ३० मिनेटमा स्थानीय तहका कर्मचारीसँग भिड्नेछन् । त्यसभन्दा अगाडि ८ बजेर ३० मिनेटमा दोस्रो खेल नेपाल पत्रकार महासङ्घ…
माओवादी फेरि फुट्ने खतरा बढ्यो
कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयास निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नतामा जसपा, नेपाल टुक्र्याइएको एकथरीले दावी गरिरहँदा ठूला पार्टी आफैँ भने कति सुरक्षित होलान् ? के सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि विभाजन हुँदैछ ? गोप्य सूचना स्रोतको दावीलाई मान्ने हो भने आगामी निर्वाचनअघि माओवादीलाई सग्लो नराख्ने योजनासाथ बाह्य शक्तिकेन्द्र भित्रभित्रै सक्रिय हुन थालेको छ । नेपालमा वामपन्थी गठबन्धन आफू प्रतिकूल हुने बुझाइमा रहेको दक्षिणको छिमेकी भारत कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा रहेको चर्चा चलिरहेको थियो । त्यसनिम्ति कांग्रेस,…
श्री र सुवासको “आधा विर्को” सार्वजनिक (भिडियो लिंकसहित)
काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ । गीतको…
पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो
पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्भचोकमा अभियान थालियोजीवन श्रेष्ठ, सिन्धुपालचोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ । जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाईने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो । चौतारास्थित श्री कृष्ण रत्नगंगा मावि खोप केन्द्रमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगार्ईँलाई पोलियो विरुद्धको भ्याक्सिन हस्तान्तरण गर्दै सो अभियानको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपालबाट मात्र नभई विश्वबाट नै पोलियो रोगको उन्मुलन हुनेमा विश्वास व्यक्त…
मेलम्चीमा पत्रकारिता तालिम सुरु
भित्तेपत्रिका र आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु११ जेठ, मेलम्ची । नगरपालिकाको आर्थिक सहयोगमा सनराइज सिन्धु मिडिया प्रा.लीको आयोजना मेलम्चीमा ३ दिने भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।तालिमको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गरेका हुन् । उनले मन्तव्यकाे क्रममा किताबी ज्ञानसँगै शिर्जनशिलताको पनि आवश्यकता रहेको बताए । विद्यार्थीहरुसँगै धेरै प्रतिभाहरु हुने भएकाले त्यसलाई बाहिर ल्याउने एउटा माध्यमका रुपमा भित्तेपत्रिकालाई लिन सकिने तर्क गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामकाे समेत चर्चा गरेका थिए । तालिम उद्घाटनमा बाेल्दै मेलम्ची नगरपालिका उपप्रमुख…
सुनकोसीले गर्यो पहिलोपटक सार्वजनिक सुनुवाई, स्थानीयको गुनासा बग्रेल्ति
भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् । ठोकर्पा । स्थानीय सरकारले न्यूनतमा गर्नुपर्ने कार्य पनि लामो समयदेखि गर्न नसक्दा स्थानीयहरुमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमले प्रमाणित गरिदिएको छ । स्थानीय सरकारको पहिलो कार्यकालको प्रारम्भ अर्थात २०७४ सालदेखि नै भएता पनि गाउँपालिकाले कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नसक्दा स्थानीयहरुमा असन्तुष्टि र गुनासोको चाङ नै थुप्रिएको थियो । तर आठवर्षपछि सो पालिकाले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रमको…
सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही गर्ने
सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही गर्ने सुनकोसी । सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ । संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो । गाउँ शिक्षा समितिको बैठकले चालु शैक्षिक सत्र देखि गाउँपालिकामा सञ्चालनमा रहेको कक्षा १२ सम्मका विद्यालयमा कुनै शुल्क लिन नपाउने निर्णय गरेको गाउँ शिक्षा समितिका संयोजक एवम…
