भोलि विहान ८ बजे सेमी फाइन चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकास्तरिय खुला व्याटमिटन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा मेन्स डवलतर्फ १५ जोडिको सहभागिता रहेको छ ।प्रतियोगिताको चौतारा साँगाचोकगढी नरगपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बसन्तराज जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलकूदका लागि नगरले उल्लेख्य सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि खेलकूद विकासका लागि नगरपालिकाबाट आर्थिक, भौतिक र रचनात्मक सहयोग हुने प्रतिवद्धता जाहेर गर्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठ नगरले अन्य क्षेत्रलाई नगरगौरवको आयोजना घोषणा गर्दै लगानी गरे…
Category: समाचार
अपाङ्गता भएका किसानहरूलाई दिगो कफी खेती तालिम सुरु
दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाइ आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा अपाङ्गता भएका कफी कृषकहरूलाई लक्षित गरी दिगो कफी खेती सम्बन्धी विशेष तालिम शुक्रबारदेखि सुरु भएको छ ।अपाङ्गता भएका कृषकहरूलाई कफी खेतीको माध्यमबाट आर्थिक रूपमा सशक्त बनाउनका लागि आवश्यक सीप तथा ज्ञान दिलाउने उदेश्यले तालिम सुरु भएको हो सहभागीहरूलाई दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाइ आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको…
इन्द्रावती र लिसंखु छाडेर त्रिपुरा र सुनकोसी जाँदै खाद्य तथा पोषण सुरक्षा कार्यक्रम
मोनिका विक, चौतारा, १२ असार, २०८१ । विगत ५ वर्षदेखि इन्द्रावती र त्रिपुरासुन्दरी गाउँपालिकामा खाद्य तथा पोषण सम्वन्धी विविध कार्य गर्दै आइरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आगामी आर्थिक वर्षदेखि त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने भएको छ ।२०७५ सालदेखि सञ्चालित कार्यक्रमको अवधि समाप्त भएपछि कार्यक्रम नयाँ दुई गाउँपालिकामा सञ्चालन गर्न लागेको हो । कृषि क्षेत्रलाई सवलीकरण गर्दै कृषकलाई आयआर्जनमा जोड्नका लागि आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको थियो । बुधबार क्लष्टरस्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइ चौताराका प्रमुख राजेश केसीले पाँच…
अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो
अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्योसिन्धुपालचोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक संरक्षणका लागि संचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।लोपोन्मुख सालक सम्वन्धी विभिन्न चेतनामूलक सामाग्रीहरु तयार गरि अभियान नै सञ्चालन गर्न सकेमा सालक चोरी निकासीमा न्यूनिकरण हुनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।डिभिजन बन कार्यालय धादिङका प्रमुख एवम् सालक विज्ञ विष्णुप्रसाद आचार्यले सालकबाट मानिसलाई कुनै पनि हानिनोक्सानी नहुने तर उल्टै फाइदा गर्ने भएता पनि अज्ञानता र अन्धविश्वासका कारण सालकको चोरी निकासी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयोे । प्रमुख आचार्यका अनुसार एउटा वयस्क सालकले…
तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामा
तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामाचौतारा । जर्सी न ३५ का खेलाडी नविन श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल बन्दै अन्तत चौतारामा जारी तेस्रो लयान्स कप २०८१ को उपाधी स्पोर्टिङ क्लब चौताराले जीत्न सफल भएको छ । खेलको अधिकाँशस समय प्रतिस्पर्धी टिम बैंक तथा वित्तिय संस्थालाई दवावमा राख्न सफल भए पनि थप गोल भने क्लबले गर्न सकेन । खेल प्रारम्भ भएदेखि नै रक्षात्क देखिएको बैंकर्सको तर्फबाट गरेका प्रहारहरु चुक्न थालेपछि अन्तत स्पोर्टिङ क्लबले यो वर्षको उपाधी जित्न सफल भएको हो । यदपी खेल बडो रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको…
नगरसभाको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढीले गर्यो सर्वदलिय बैठक
निर्मल बस्नेत ६ असार , चाैतारा। सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वदलिय बैठक सम्पन्न गरेकाे छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा देश वन्धुको आह्वानमा आज बिहिबार सर्वदलीय बैठक बसेको हाे । संघिय व्यवस्था लागू हुनुपूर्व जिल्ला बिकास समितिले सर्वदलीय सहमतिअनुरुप याेजना निर्माण र बजेट बाँडफाँड हुने गरेका थियाे । संघियतामा गएयता स्थानीय सरकारले आफ्नो मनाेगत निर्णय गर्दै अरुलाई वेवास्ता गरेकाे सर्बत्र आलोचना हुने गरेकाे छ । तर चाैतारा साँगाचाेकगढीले सवैकाे रायसुझाव लिने राम्रो कामकाे अभ्यास गरेकाे छ । नजिकिदै गरेको १६ औ नगर सभामा पालिकाको समग्र बिकास , समृद्धि , पुर्वाधार…
तेस्रो लायन्स कप फूटबल प्रतियोगिता शुक्रबारबाट, यी यी टीम भिड्दै
चौतारा, ६ असार, २०८१ । आपसी समन्वय, सदभाव र मित्रतालाई प्रगाढ बनाउनका लागि भोलि शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने भएको छ । छोटो अवधिमा नै समाजिक क्षेत्रमा बेगल पहिचान बनाउन सफल लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीले आयोजक रहेको प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । क्लबका अध्यक्ष सन्देश श्रेष्ठका अनुसार विहान ७ः३० बजेबाट स्थानीय टुँडिखेलमा प्रतियोगिता सुुरु हुने छ । सुरुवाती खेल आयोजक टीम र बैंकर्सबीच हुनेछ । दुबै टिमका खेलाडीहरु उम्दा भएका कारण सुरुवाती खेल वडो रोमाञ्चक हुने बताइएको छ । आयोजक लायन्स…
प्रतिनिधिसभा बैठक २०८१ प्रत्यक्ष प्रशारण
प्रतिनिधिसभा बैठक २०८१ असार ५ गतेको प्रत्यक्ष प्रशारण बिसौनीbisouni.com
सुनकोसीले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई गर्ने
सुनकोसी, ३ जेठ, २०८१ मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकले विदाई गर्ने भएको छ ।। ६० वर्ष उमेर हदका कारण स्वास्थ्य स्वयम्सेविकामा सेवारत १२ महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विदाई गर्ने भएको छ । गाउँकी डक्टर भनेर चिनिएका स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्ना बस्तीहरुमा परिवार नियोजन, खोप लगायत स्वास्थ्य सम्वन्धी चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । बस्र्योनी बढ्दो मातृ तथा शिशु मृत्युदरलाई न्यूनीकरण गर्ने काममा वाहवाही पाएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकारबाट भने खासै कुनै सेवासुविधा प्राप्त गर्ने गरेका छैनन् ।…
आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने
देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने काठमाण्डौं, २९ जेठ, २०८१ आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए । ‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होईन । ‘नयाँ आवाजको खोजी’ भन्ने…
