भोलि जेठ १९ गते चौतारामा फूड फेस्टिवल, जातजातिको खानपान र साँकृतिक प्रदर्शन हुने
चौतारा । पाक संस्कृतिको विकाससँगै फूड टुरिजमको सुरुवात गर्ने उदेश्यले भोलि शनिबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा फूड फेस्टिवल हुने भएको छ ।
चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर परिसर हुने फूड फेस्टिवल कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने आयोजक संस्था म्हसिका पुच, पुरानो बजारले जनाएको छ ।
पुचकी अध्यक्ष सीता श्रेष्ठको अनुसार कार्यक्रममा चौतारा नगरपालिकाभित्र रहेको नेवार, तामाङ, घले, शेर्पा, माझी लगायत कम्तिमा ७ जनजातिहरुको मौलिक खाना र साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ ।
खाना प्रदर्शन एवम विक्री वितरण बजार मूल्यभन्दा ५० प्रतिशत छुटमा हुनेछ । सहभागी सबैलाई नेवारी परम्परा अनुसार सगुन वितरण गर्दै स्वागत गरिने अध्यक्ष सीता कसजूले बताउनुभयो ।
कार्यक्रमका लागि छुट्टाछुट्टै जातजातिको खानपिन प्रदर्शनका लागि स्टल व्यवस्थापन लगायतको तयारी पूरा भैसकेको बताइन्छ ।