जापान : बसाई, सिकाई र तीतामीठा भोगाई !

सम्झना कार्कि

जापानले नेपालीहरूलाई सभ्य बन्न सिकायो , समयसँग चल्न सिकायो , हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो , प्रविधिको प्रयोग गर्न खप्पिस बनाएको देखे ।

सिन्धुपाल्चोकमा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेको थिएँ । यस क्षेत्रमा लागेर सामान्य सफलता पनि हात नपरेको त होईन । एक्कासि यसलाई त्यागेर धेरै अनुभव लिने र रमाउने सपना बोकेर वैशाख १३ मा जापान आइपुगें । नयाँ यात्रा तय गरेर विदेशिने युवाको जमातमा म पनि एक थिएँ । यहाँको रहनसहन वातावरण बिस्तारै हेर्दै बुझ्दै ,भोग्दै गए । जापान आएपछि भाषा सिक्नै पर्ने भयो । बाल्यकालमा स्कूल पुगेर क, ख, ग पढे जस्तै हिरागाना, कातागान र खान्जी पढ्नुपर्ने भयो । हरेक घण्टा र दिन केही न केही सिकेर बितिरहेछ । यहाँको चलन, नियम, भाषा, धर्म, संस्कृति सबै सुरुबाट सिक्दै जाँदा एक महिना बितेको पत्तो भएन ।

यहाँको जीवनशैली, महँगो रहनसहन, भाषाको समस्या र नेपालीले नेपालीलाई गर्ने बेवास्ता । उफ । अमिलो अनुभूति सम्हाल्दै आफु आफैमा रम्न थाले । नेपालीले भन्दा बढी अन्य देशको नागरिकले दिने त्यो मायाममता देख्दा कटक्क मन खायो ।

सेकेण्ड पनि कति शक्तिशाली :

समयको महत्व नबुझेको म ! नेपालको समयलाई फर्केर हेरे । विहान १० बजे सुरु हुनु पर्ने कार्यक्रम ११ बजे पो सुरु भएको याद आयो । र लाग्यो हामी त हैट खोइ समयको ख्याल आफै दङ्ग परे । जापानमा मान्छे मिनेटका भरमा चल्नुपर्ने तर, मिनेट जस्तै सेकेण्ड पनि कति धेरै शक्तिशाली है ! सेकेण्डलाई पनि जापानीहरू कति धेरै महत्व दिँदारहेछन् भन्ने कुराको अनुभूति जापान आएर दिलायो । समय कति धेरै बलवान ! समयको महत्व हामीलाई थाहा नभएको कहाँँ हो र ? फरक यत्ति हो हामी समयको पछि लाग्दैनौं । बरु समयलाई आफ्नै पछि डो¥याउन प्रयत्न गछौं । तर ऊ आफ्नै रफ्तारमा दौडिरहन्छ । बितेपछि ख्याल हुन्छ समयको महत्व अनि हात लाग्छ पछ्चाताप ।

संस्कार :

थाह नभए को नआएको कहाँ हो र ? फरक यति त होनि हामी नेपालीले दुई हात जोडेर नमस्कार गर्छाैं उनीहरु शीर निहुराउछन् ।

म लज्जित भएको क्षण ! रेल, बस र जहाजको लाइनमा बस्दा ,खाना खाने ठाउँ होस वा ,पैदल हिड्दा आफूभन्दा अरूलाई महत्व दिने र अपरिचित व्यक्तिलाई पनि निहुरिएर सत्कार गर्ने संस्कारले एक नेपालीको नाताले म आफैँलाई लज्जित बनायो ।

अनि नि हजारौँको भिडमा पनि तँछाडमछाड नगरी भिड व्यवस्थापन हुने देख्दा सम्झिए काठमाडौंमा बस चढ्दा वा ओर्लंदा ठेलमठेल गरेको सम्झे ।

सोचेँ,म जस्तै हजारौ नेपालि जापान भित्रिएका छन । नेपालमा हामी आफ्नो खुशी र स्वतन्त्रतामा रमाएका मान्छे हुँ म । आफैलाइ प्रस्न गरे । हामीले जापनिज नागरिक झै नियमकानुन मान्न सक्छौ त ?

यहाँ नियम कानुन मानै पर्नि रहेछ। नेपाल जस्तो घुसघोराठि र पावरमा जापान चलेको छैन रछ ।हामि नेपाली शिर निहुराएर हिड्न थालेउ ।देश अनुसार चल्न थालियौ । चल्नै पर्ने रहेछ ।नियम कानुनमा अडिनै पर्ने रहेछ । नेपालको कानुन दैवले जानुन उखानै छ । दुख लाग्छ नि अन्य देशको तुलनामा मेरो देशको नियम कानुुन त पानमै अडिक छ ।

जापानले नेपालीहरूलाई सभ्य बन्न सिकायो , समयसँग चल्न सिकायो , हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो , प्रविधिको प्रयोग गर्न खप्पिस बनाएको देखे । आफु जापान आएको छोटो समयमा पनि धेरै अनुभवको सङ्गालो बोकिरहेछु ।अझै कतिबोक्नु छ थाह छैन् ।

महिलालाइ सम्मान :

याहाँको नियमले महिलाहरूलाई सम्मान र प्राथमिकतामा राखेको रहेछ। जुनसुकै पदमा होस महिला बढि नै। महिला पनि कति निडर र लगनशील! गाडि ,बुलेट ,ट्रेनदेखि हरेक सवारी साधनका चालक बढि महिला नै देखे ।

जसलाई कसैको चियोचर्चो गर्ने फुर्सद पनि छैन। नेपालको चोकचोकमा हरेक पसलमा चिया गफ गरेर समय बिताइरहने हामि जापानमा त खोइ ….कहि देखिन ।कहाँ बस्छन कति बेला निसक्नछन, कहाँ जान्छन थाह हुन गा¥हो हुन्छ।

तर उनिहरु धेरै धेरै व्यस्त रहन्छन।यहाँका बुढापाका देखि बालबच्चाको भेषभुषा अनि फुर्तिला कुरा नगरौ ।जापानका नागरिक कसैको आश र भरमा बाचेका छैनन् ।

आहा विकास! यहाँको सिष्टम! अनि सुन्दर ठाउँ ! मेरो देश पनि यस्तै भइदिए कस्तो हुन्थ्यो भन्ने सोचेँ। तर, नेपालमा त्यो सम्भव मैले देखिनँ। किनकि जापान नेपाल जस्तो नेताहरूले चलाएको देश होइन। यो त नियम, कानुन र प्रविधिले चलेको देश रहेछ।

आफ्नै रफ्तारमा कुदिरहेको छ जापान र कछुवाको गतिमा पछिपछि हिँडिरहेका छौँ हामी पनि ।

व्यक्ति र परिस्थिति अनुरूप सबैको आ–आफ्नै सपना र चाहना हुन्छन्। देशअनुसार जाने खर्च तथा लगानी पनि फरक–फरक हुन्छ। आफ्नो आगामी दिनको शैक्षिक बाटो र करिअरबारे राम्ररी सोच्नुपर्छ। एउटा कार्ययोजना बनाएर सोही अनुरूप चलेमा जापानमा सहजताका साथ जीवन बिताउन सकिन्छ नै ।

जुनसुकै भिसामा आए पनि त्यससँग सम्बन्धित रहेर तपाईंलाई जीवनको हरेक मोडमा पहिलो चुनौती भाषाको ठूलो तगारो खडा हुन्छ। यसर्थ जापानी भाषामा तपाईंको दक्षताले नै तपाईंको जापान बसाइको चित्र कोर्ने हो। त्यसैले भाषा अध्ययनलाई विशेष प्राथमिकतामा राख्नुपर्छ। यो मेरो भोगाइको ज्ञान हो।केहि समय दुख होला तर जब मिहनेत पुग्छ हरेक परिस्थिति सग जुध्न सकिन्छ जीवन सरल,र सहज हुने देखेको छु

हामि जो जहा हुन्छौ हरेक सपना उधेश्य बोकि सङ्घर्ष गर्नै पर्छ । बुझ्न भोग्न धेरै नै बाकि छ यो त एउटा सानो टुक्रा सपना मात्रै हो। धैर्य गर्न सिकौ र सिक्दै छु ।समयले कस्लाई कहाँ पुर्याउछ कस्लाई थाह छ र । विधार्थि जीवन गा¥हो छ ।भए पास नभए अभ्यास भने जस्तैः सुख दुख जे हुन्छ हुन्छ सङ्घर्ष गर्न छोड्नु भएन ।बाकि भगवानको हातमा रहन्छ।

जापान महङ्गो :

धेरै कुरामा सस्तो जस्तो लाग्छ तर महङ्गो । यात्रा त झन महँगो रहेछ। नेपालमा ट्याप्पो वा माइक्रो बस चढ्नेबित्तिकै २०/ २५ रुपैयाँ तिरेजस्तै जापानमा बस वा ट्रेन चढ्नेबित्तिकै १७० देखि २८० /३०० येन । ट्याक्सी त झनै महँगो। जापानी येन र नेपाली रुपैयाँ लगभग उस्तै रहन्छ।यात्रा गर्न महँगो भए पनि जापानमा केही यस्ता ठाउँहरू छन् जुन दृश्यावलोकनका लागि उत्कृष्ट नै।र त येन तिरेको मजा आउछ। यहाँ हरेक सामानको महङ्गिले आकाश छोएको छ । जसमा एउटा आलुको मुल्य ६२ येन पर्दा म दंग परे । अरु त कुरौ नै नगरौं ।

सिफारिस

प्रतिकृया दिनुहोस्