नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत

नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत

नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत
चौतारा, २७ जेठ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका र नगरपालिकाभित्र कार्यरत गैरसरकारी संस्थाबीच छलफल भएको छ । नगरपालिकाभित्र गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आइरहेको कार्यक्रमको अध्ययन तथा आगामी कार्यक्रमको रुपरेखा बारे नगरपालिकाले गैरसरकारी संस्थाहरुसँग छलफल गरिएको हो ।
कार्यक्रममा उपमेयर सीता थापाले नगरको नीति तथा कार्यक्रममा गैरसरकारी संघसंस्थाको कामकारवाही र आगामी दिनमा गर्ने योजनाको बारेमा उल्लेख गर्न र कुनै पनि कार्यक्रम डुब्लिेकेशन नहोस् भन्ने हेतुले छलफल कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सामाजिक समितिका संयोजक रामप्रसाद गौतमले कार्यक्रम डुब्लिेकेशनको भएको भन्ने गुनासो बढ्न थालेकाले आगामी बन्ने योजनाहरु डुब्लिकेशन नहुने तरिकाले बनाउन गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा सप्रोस नेपालका महेश खनाले आफ्नो संस्था ३ महिनादेखि अपाङ्ताको क्षेत्रमा नगरभित्र काम गरिरहेको जानकारी दिंदै अपाड्गता भएकाहरुको जविकोपार्जन, सहायक सामाग्री वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
जनहित ग्रामीण सेवा समितिका राकेश रानाले विद्यालय भवन, स्वास्थ्यचौकी र झोलुङ्गे पुल जस्ता पूर्वाधारको क्षेत्रमा संस्थाले काम गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यस्तै प्रकारको कार्य गर्ने योजना रहेको बताउनुभयो ।
शक्ति समूह, गैरसरकारी संस्था महासंघ, सिन्धु स्वास्थ्य परियोजना, शान्ति फाउण्डेशन, कल्स्टरस्तरिय वन व्यवस्थापन समिति लगायतका गैरसरकारी संस्थाका प्रतिनिधिहरुले आआफ्ना संस्थाले गर्दै आइरहेको कार्यक्रम र आगामी योजनाहरु प्रस्तुत गरे ।

सिफारिस

प्रतिकृया दिनुहोस्