श्री र सुवासको “आधा विर्को” सार्वजनिक (भिडियो लिंकसहित)

श्री र सुवासको आधा विर्को सार्वजनिक

काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र   दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ  । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ । गीतको…

पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो

पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो

पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्भचोकमा अभियान थालियोजीवन श्रेष्ठ, सिन्धुपालचोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ । जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाईने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो । चौतारास्थित श्री कृष्ण रत्नगंगा मावि खोप केन्द्रमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगार्ईँलाई पोलियो विरुद्धको भ्याक्सिन हस्तान्तरण गर्दै सो अभियानको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपालबाट मात्र नभई विश्वबाट नै पोलियो रोगको उन्मुलन हुनेमा विश्वास व्यक्त…

मेलम्चीमा पत्रकारिता तालिम सुरु

Melamchi

भित्तेपत्रिका र आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु११ जेठ, मेलम्ची । नगरपालिकाको आर्थिक सहयोगमा सनराइज सिन्धु मिडिया प्रा.लीको आयोजना मेलम्चीमा ३ दिने भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।तालिमको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गरेका हुन् । उनले मन्तव्यकाे क्रममा किताबी ज्ञानसँगै शिर्जनशिलताको पनि आवश्यकता रहेको बताए । विद्यार्थीहरुसँगै धेरै प्रतिभाहरु हुने भएकाले त्यसलाई बाहिर ल्याउने एउटा माध्यमका रुपमा भित्तेपत्रिकालाई लिन सकिने तर्क गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामकाे समेत चर्चा गरेका थिए । तालिम उद्घाटनमा बाेल्दै मेलम्ची नगरपालिका उपप्रमुख…

सुनकोसीले गर्‍यो पहिलोपटक सार्वजनिक सुनुवाई, स्थानीयको गुनासा बग्रेल्ति

भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।

भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् । ठोकर्पा । स्थानीय सरकारले न्यूनतमा गर्नुपर्ने कार्य पनि लामो समयदेखि गर्न नसक्दा स्थानीयहरुमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमले प्रमाणित गरिदिएको छ । स्थानीय सरकारको पहिलो कार्यकालको प्रारम्भ अर्थात २०७४ सालदेखि नै भएता पनि गाउँपालिकाले कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नसक्दा स्थानीयहरुमा असन्तुष्टि र गुनासोको चाङ नै थुप्रिएको थियो । तर आठवर्षपछि सो पालिकाले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रमको…

सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही गर्ने

सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही

सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही गर्ने सुनकोसी । सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ । संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो । गाउँ शिक्षा समितिको बैठकले चालु शैक्षिक सत्र देखि गाउँपालिकामा सञ्चालनमा रहेको कक्षा १२ सम्मका विद्यालयमा कुनै शुल्क लिन नपाउने निर्णय गरेको गाउँ शिक्षा समितिका संयोजक एवम…

चौतारा टुँडिखेलमा फल्चा शैलीको प्रतीक्षालय निर्माण

चौतारा टुँडिखेलमा फल्चा शैलीको प्रतीक्षालय निर्माण

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा स्थित टुँडिखेल चोकमा नेवारी परम्परा अनुसारको फल्चा निर्माण भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले करिब ८ लाख खर्चेर सो फल्चा शैलीको प्रतीक्षालय निर्माण गरेको हो ।कलात्मक थाम, झ्याल र भित्तामा नेवारी परम्परा र संस्कृति झल्किने चित्रहरुसहित निर्माण भएको यो प्रतिक्षालयको यही जेठ १५ गते १७ औं गणतन्त्रण दिवसको अवसरमा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उदघाटन गर्ने निर्माण समितिले जनाएको छ । अधिकाँश सरकारी तथा गैरसरकारी कार्यालयहरु टुँडिखेल वरपर रहेको र व्यस्त चोकको रुपमा चिनिएको सो स्थानमा प्रतिक्षालय निर्माण हुँदा सेवाग्राही एवम् बटुवाले राहतको अनुभव गर्ने विश्वास…

निशुल्क शिक्षालाई औपचारिकरुपमा नै घोषणा गर्दै चौतारा साँगाचोकगढी

निशुल्क शिक्षालाई औपचारिकरुपमा नै घोषणा गर्दै चौतारा साँगाचोकगढी

चौतारा । कार्यान्वयन पक्षलाई सशक्त बनाउने उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य र निशुल्क शिक्षालाई औपचारिकरुपमा नै घोषणा गर्ने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले यही जेठ १३ गते एक कार्यक्रमको बीचमा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको साइत जुराएको छ । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा सो दिन नगरको सभाहलमा विहान ११ बजे अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको आयोजना गर्न लागेको पालिकाले जनाएको छ । अनिवार्य तथा निशुल्क शिक्षा घोषणा र सोको निन्तरताका लागि पालिकाले विद्यालय मर्च, शिक्षक दरवन्दी…

विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धता

विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धता

विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धताचौतारा । रोगका कारण थला परेर झारफूक गर्न आउने विरामीहरुलाई स्वास्थ्य संस्थामा जानका लागि सल्लाह दिने धामी झाक्रीहरुले प्रतिबद्धता जाहेर गरेकस छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ३, बतासे, खालेका नामुद झाँक्रीहरुले उपचारका लागि आफूहरूकहाँ धाउन आउने बिरामीलाई स्वास्थ्य संस्था नै जान सिफारिस गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सचेतनामूलक अभिमुखी कार्यक्रम पश्चात खालेका १७ जना धामी झाँक्रीहरुले घरमा सुत्केरी हुने र अन्य विरामीहरुलाई झारफुक पश्चात् स्वास्थ्य संस्थामा प्रेषित गर्ने प्रतिबद्धता जाहेर गरेको स्वास्थ्य प्रमुख शिव…

बालबालिकाहरु ब्याडमिन्टन खेलाडी बन्न हौसिए, सुरु भयो प्रशिक्षण

बालबालिकाहरु ब्याडमिन्टन खेलाडी बन्न हौसिए, सुरु भयो प्रशिक्षण

बालबालिकाहरु ब्याडमिन्टन खेलाडी बन्न हौसिए, सुरु भयो प्रशिक्षणचौतारा । चौतारामा ३ महिने ब्याडमिन्टन खेल सम्बन्धी प्रशिक्षण सुरु भएको छ । ब्याडमिन्टन खेलको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धनसँगै विस्तार गर्ने उदेश्यले सुरु भएको प्रशिक्षणको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभयो । झण्डै ६० जना बालबालिकाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम ३ महिनापछि पनि निरन्तर चलिरहने आयोजक संस्था चौतारा ब्याडमिन्टन एकेडेमी चौताराका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रशिक्षण कार्यक्रमको मेयर सापकोटाले अध्यक्ष श्रेष्ठलाई खेल सामाग्री हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको हो ।वडा न ५ का वडा अध्यक्ष शिव…

चौतारामा योग शिविर सुरु, जाने हैन त योग गर्न ?

चौतारामा योग शिविर सुरु, जाने हैन त योग गर्न ?

चौतारामा योग शिविर सुरु, जाने हैन त योग गर्न ?चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ । पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय प्राङ्गणमा बिहीबारबाट ३ दिने योग शिविर संचालन भएको हो । शिविरमा झण्डै १ सय ५० जनाभन्दा बढी स्थानियको सहभागिता रहेको बताइन्छ । शिविरमा गुरु गुविन तौजलेले योग अभ्यास प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय योगको महत्त्व र स्वास्थ जीवनका लागि योगको भूमिका बारे सचेतना बढ्न…