ढलानले किचेर बेपत्ता भएका दुई जना मृत फेला 

ढलानले किचेर बेपत्ता भएका दुई जना मृत फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ४ हिन्दीमा निर्माणाधीन भोटेकोसी – १ जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा ढलान खस्दा किचेर बेपत्ता भएका २ जना मृत अवस्थामा फेला परेको छ । शुक्रबार सुरुङको ढलान खस्दा बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का सुमन थारु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । इलेक्ट्रिक हाइड्रो पावर कम्पनीद्वारा गत साउनबाट निर्माण थालिएको ४० मेगावाट क्षमताको यो आयोजनाको सुरुङ निर्माणका क्रममा ढलान खस्दा अन्य दस जना…

छाताले छेक्यो फल्चाको सौन्दर्य

निर्माणधिन अवस्थामा तातो न छारो के बनाउन लागेको यो भनेर केही स्थानीयले विरोध गरे पनि आकर्षक फल्चा निर्माण सम्पन्न भएर सबैले उपभोग गर्न थालेपछ भने फल्चाको प्रशंसा गर्न थालेका छन् ।

निर्माणधिन अवस्थामा तातो न छारो के बनाउन लागेको यो भनेर केही स्थानीयले विरोध गरे पनि आकर्षक फल्चा निर्माण सम्पन्न भएर सबैले उपभोग गर्न थालेपछ भने फल्चाको प्रशंसा गर्न थालेका छन् । मोनिका विक, चौतारा, २२ असार २०८१ । प्रशासनीक क्षेत्रको छेवैमा निर्माण गरिएको प्रतीक्षालयले बटुवाहरुलाई राहतको महसुस दिन थालेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित टुँटिखेलको मुखैमा निर्माण गरिएको नेवारी परम्परा अनुसारको फल्चा अर्थात प्रतीक्षालयले सरकारी कामकाजमा आउने सेवाग्राहीहरुलाई राहतको महसुस गराएको हो ।चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको फल्चा सेवाग्राहीका लागि असारको चर्को घाम र मुसलधारे पानीबाट ओत लाग्ने…

ढलानले २ जना किचिए, दस जना मजदुर घाइते

ढलानले २ जना किचिए, अन्य दस जना मजदुर घाइते

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसीस्थित निमर्णाधिण भोटेकोसी १ जलविद्युत आयोजनाको सुरुङ ढलान गर्ने क्रममा ढलान नै खस्दा ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षिय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षिय सुमन थारु किचिएका छन् ।१० जनालाई तत्काल उद्धार गरि उपचारका अस्पताल लगिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।।प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराइका अनुसार घाइते हुनेमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, ४५ वर्षिय दुर्गा चौधारी, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा न ९ का ४१ वर्षिय आइत थामी, ३१ वर्षिय विजय थामी,५६ वर्षिय गोपाल थामी, ३०…

आजबाट सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा

आजबाट सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा

चौतारा । मनसुनजन्य विपद न्यूनिकरण एवम् तत्काल रेस्पोन्स गर्नका लागि सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शुक्रबार सहायता कक्षको विधिवतरुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा विपदबाट प्रभावितहरुका लागि विपद कक्षबाट तत्काल एकीकृत र समन्वय गर्दै प्रभावकारी ढंगबाट राहत, उद्धार र विपद प्रतिकार्यमा जुट्न कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले गृहमन्त्रालयको निर्देशन अनुसार मनसुनजन्य लगायत विपदको समयमा उद्धार र राहतका कार्यलाई प्रभावकारीरुपमा व्यवस्थित गर्नका लागि विपद सहायता कक्ष सञ्चालनमा आएको बताउनुभयो । सहायक प्रमुख जिल्ला…

व्यवसायीलाई उत्साहित र जागरुक बनाउँदै उद्योग बाणिज्य कार्यालय

व्यवसायीलाई उत्साहित र जागरुक बनाउँदै उद्योग बाणिज्य कार्यालय

बाह्रबिसे । जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई  सचेतना बढाउने क्रममा बाह्रबिसेमा बिहिबार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्तरका सरोकारवाहरुंग अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको । कार्यक्रमा ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा र वस्तु उत्पादन तथा उनीहरुले भोगेका समस्याहरुबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो  । सरोकारवालहरुसंगको सचेतना गोष्ठी कार्यक्रम बाह्रबिसे नगरपालिका उपप्रमुख मंजु तामाङको प्रमुख आतिथ्यमा भएको हो  । कार्यक्रममा बोल्दै उनले स्थानीय बजार र जिल्ला स्तरको बजार अनुगमनको लागि संयुक्त योजनाका साथ जानुपर्ने बताईन् । उनले व्यवसायीहरुलाई कानुनी सचेतना गरेकोमा उद्योग तथा बागिज्य कार्यालय सिन्धुपाल्चोकलाई धन्यबाद व्यक्त गरिन् ।…

सिन्धुपाल्चोककी चेलीको चीनबाट उद्धार

पछिल्ला एक महिनामा चीनको विभिन्न स्थानबाट तीन जना नेपाली चेलीहरुको उद्धार गरि नेपाल ल्याईएको गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले जनाएको छ ।

बिदुर आचार्य पछिल्लो समय मानव बेचबिखन र ओसारप्रसारको रुपमा परिवर्तन आएको छ । बैदेशिक रोजगारिको बहानामा कतिपय देशमा मानव ओसारप्रसार हुँदै आएको तथ्यहरु छन् । तर चीनमा हुने गरेको बेचबिखन र ओसाप्रसार भने नयाँ तथ्य हो । सिन्धुपाल्चोक, बिबाहको प्रलोभनमा पारि चीन पु¥याई वन्धक वनाएका तीनजना नेपाली चेलीलाई उद्धार गरि नेपाल ल्याइएका छन् ।उद्धार गरि नेपाल ल्याइएका ३ जना मध्य एकजना सिन्धुपाल्चोकको रहेको प्रहरीले जनाएको छ ।विविध वहानामा आफूलाई चीन पु¥याईएको भनि प्रहरी कार्यालयमा पीडितले जाहेरी दिएपछि नेपाली चेलीहरु अन्य मूलुकमा मात्र हैन चीनमा पनि बेचविखनमा पर्ने गरेकोे तथ्य सार्वजनिक…

गर्मी छल्न गडतिर

गर्मी छल्न गडतिर

सिन्धुपाल्चोक । पछिल्लो समय गर्मी बढ्न थालेपछि शीतल चाहनेहरूको पहिलो रोजाई नदी तटीय क्षेत्र बन्न थालेको छ । लामो समयदेखि पानी पर्न छाडेपछि जिल्लामा ह्वात्तै गर्मी बढेको छ । गर्मी बढेसँगै जिल्लाका साना तथा ठूला नदीहरूमा जल विहार गर्नेहरुको घुइँचो नै लाग्ने गरेको हो । पर्यटकीय क्षेत्रको रुपमा ख्याति कमाएको सुनकोसी नदीको तटमा अवस्थित सुकुटे यतिखेर गर्मी छल्नेहरूको पहिलो रोजाइ बन्ने गरेको छ । हरेक शुक्रबार र शनिवारलगायत सार्वजनिक बिदाको दिन सुकुटे घुम्न आउने पर्यटकहरू उल्लेख्य सङ्ख्यामा बढ्न थालेको स्थानीय होटेल व्यवसायीहरू बताउँछन् । सुनकोसी नदीमा पौडी खेल्नेहरू मात्र हैन,…

टेबल टेनिसमा मिलन, कल्पना, विकास र दिनेश, कृष्ण विजयी ।

टेबल टेनिसमा मिलन, कल्पना, विकास र दिनेश, कृष्ण विजयी ।चौतारा । प्रथम जिल्ला स्तरीय मैत्रीपूर्ण टेवल टेनिस प्रतियोगितामा मेन्स सिंगल तर्फबाट मिलन लामा प्रथम भएका छन् । यस्तै बिबेक कुवँर द्वितीय र कृष्ण भण्डारी तृतीय भएका छन् । मेन्स डवल तर्फ दिनेश तामाङ र कृष्ण भण्डारी प्रथम भएका छन् । मेन्स डवल तर्फ दिनेश नेपाल र सुनिल सापकोटा द्वितीय अनि मिलन लामा र सुनिल घले तृतीय भएका छन् । महिला तर्फ कल्पना कार्की प्रथम, अनिसा पौडेल द्वितीय र सिता कार्की तृतीय भएका छन् ।भेट्रान्स तर्फ विकास श्रेष्ठ, रामबहादुर घले र…

टेबल टेनिस प्रतियोगितामा महिलातर्फ कल्पना र अनिशा भेट्रान्सतर्फ रामहादुर र विकास फाइनलमा

Tt

टेबल टेनिस प्रतियोगितामा महिलातर्फ कल्पना र अनिशा भेट्रान्सतर्फ रामहादुर र विकाश फाइनलमाचौतारा । चौतारामा जारी टेबल टेनिस प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विकाश श्रेष्ठ र रामबहादुर घले फाइनलमा प्रवेश गरेको छ ।श्रेष्ठले सुर्यबहदुर श्रेष्ठ र घलेले दिवाकर मास्केलाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै महिलातर्फ कल्पना कार्की र अनिशा पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन् । कल्पना कार्कीले अखिला पौडेल र अनिशा पौडेलले सीता कार्कीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।आजै भएको महिलातर्फ सीता कार्की तृतीय र भेट्रान्सतर्फ दिवाकर मास्के तृतीय भएको आयोजक जिल्ला टेबल टेनिस संघले जनाएको छ…

चौतारामा प्रथम नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता ,भोलि विहान सेमी फाइन

चौतारामा प्रथम नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता ,भोलि विहान सेमी फाइन

भोलि विहान ८ बजे सेमी फाइन चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकास्तरिय खुला व्याटमिटन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा मेन्स डवलतर्फ १५ जोडिको सहभागिता रहेको छ ।प्रतियोगिताको चौतारा साँगाचोकगढी नरगपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बसन्तराज जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलकूदका लागि नगरले उल्लेख्य सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि खेलकूद विकासका लागि नगरपालिकाबाट आर्थिक, भौतिक र रचनात्मक सहयोग हुने प्रतिवद्धता जाहेर गर्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठ नगरले अन्य क्षेत्रलाई नगरगौरवको आयोजना घोषणा गर्दै लगानी गरे…