इन्द्रावती र लिसंखु छाडेर त्रिपुरा र सुनकोसी जाँदै खाद्य तथा पोषण सुरक्षा कार्यक्रम

इन्द्रावती र लिसंखु छाडेर त्रिपुरा र सुनकोसी जाँदै खाद्या तथा पोषण सुरक्षा कार्यक्रम


मोनिका विक, चौतारा, १२ असार, २०८१ । विगत ५ वर्षदेखि इन्द्रावती र त्रिपुरासुन्दरी गाउँपालिकामा खाद्य तथा पोषण सम्वन्धी विविध कार्य गर्दै आइरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आगामी आर्थिक वर्षदेखि त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने भएको छ ।
२०७५ सालदेखि सञ्चालित कार्यक्रमको अवधि समाप्त भएपछि कार्यक्रम नयाँ दुई गाउँपालिकामा सञ्चालन गर्न लागेको हो ।


कृषि क्षेत्रलाई सवलीकरण गर्दै कृषकलाई आयआर्जनमा जोड्नका लागि आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको थियो । बुधबार क्लष्टरस्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइ चौताराका प्रमुख राजेश केसीले पाँच वर्षिय समिक्षात्मक एवम् प्रगति विवरण प्रस्तुत गर्दै अबको आयोजना त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने जानकारी दिनुभयो ।
प्रमुख केसीले ती दुई पालिकाहरुमा कृषि, पशुसेवा तथा पोषण समूह नै गठन गरेर कृषकहरुलाई बढीभन्दा बढी सहयोग गरेको बताउनुभयो । उहाँको अनुसार कृषकहरुलाई आयोजना अवधिभर सिजनल कम्पोजिट तरकारीको किट,बीउ, गहूँ, मकैको धान, आलु लगायतका बीउ, पुरक अनुदनका सामाग्रीहरु वितरण तथा तरकारी संकलन केन्द्र, प्रशोधन केन्द्र निर्माण, पोषण कृषक पाठशालाहरु सञ्चालन लगायतको कार्यहरु गरेका थिए । कार्यक्रमको प्रगति र प्रभावबारे गाउँपालिका आफैले ने अनुगमन गरेको र उचित सल्लाह सुझाव दिएको उहाँको दावी छ ।


कार्यक्रमको अध्यक्षता गरिरहनु भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले कोभिड र प्राकृतिक विपत्तिका बीच पनि कृषि क्षेत्रमा गरेको लगानी र कार्य प्रशंसनीय रहेको बताउनुभयो । आयोजनाले ग्रामीण कृषकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइछ ।
कार्यक्रमा समन्वय समितिका उपप्रमुख पदमनाथ नेपाल, इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङ, आयोजना व्यवस्थापनका टपेन्द्रबहादुर शाह, सिडिसिएफ अध्यक्ष रामजी सापकोटा र लावान्वित कृषक ज्ञानबहादुर गिरीले आयोजनाबाट प्राप्त प्रत्यक्ष लाभको बारेमा चर्चा गरे ।
कार्यक्रममा आयोजनाबाट सञ्चालित आर्थिक वर्ष २०८०÷०८१ को प्रगति विवरण प्रमुख केसीले समन्वय प्रमुख बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्