टेबल टेनिसमा मिलन, कल्पना, विकास र दिनेश, कृष्ण विजयी ।
चौतारा । प्रथम जिल्ला स्तरीय मैत्रीपूर्ण टेवल टेनिस प्रतियोगितामा मेन्स सिंगल तर्फबाट मिलन लामा प्रथम भएका छन् । यस्तै बिबेक कुवँर द्वितीय र कृष्ण भण्डारी तृतीय भएका छन् ।
मेन्स डवल तर्फ दिनेश तामाङ र कृष्ण भण्डारी प्रथम भएका छन् । मेन्स डवल तर्फ दिनेश नेपाल र सुनिल सापकोटा द्वितीय अनि मिलन लामा र सुनिल घले तृतीय भएका छन् ।
महिला तर्फ कल्पना कार्की प्रथम, अनिसा पौडेल द्वितीय र सिता कार्की तृतीय भएका छन् ।
भेट्रान्स तर्फ विकास श्रेष्ठ, रामबहादुर घले र दिवाकर मास्के क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । प्रतियोगितामा मेन्स सिंगल तर्फ ३५ जना, मेन्स डबल तर्फ ११ जोडी , भेट्रान १० जना र लेडिज सिङ्गल तर्फ ७ जना खेलाडीहरुले भाग लिएका थिए ।