यी माननीय एमालेको तर्फबाट बागमतीमा मन्त्री बन्दै

मकवानपुर । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) को नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन । बिसौनीbisouni.com

बाह्रबीसे तातोपानी सडक सुचारु

बाह्रबीसे तातोपानी सडक सुचारु

बाह्रबीसे तातोपानी सडक सुचारुतीनदिन देखि बन्द रहेको अरनिको राजमार्ग अन्तर्गतको बाह्रबीसे तातोपानी सडक खण्ड सुचारु भएको छ ।असार ३१ ग्ते राति खागदल खोलामा आएको बाढीले बाह्रबीसे नगरपालिका वडा न ३ र ५ जोड्ने खाकदलको बेलिब्रिज बगाएपछि आवतजातवत बन्द भएको हुँदै आएको थियो । बेलिब्रिजको ठाउँमा खोलामा ह्युम पाइप राखेर हाललाई अस्थाइरुपमा भए पनि सडक सुचारु भएको बाह्रबीसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।उत्तरी तातोपानी नाका पुग्ने यो सडक अवरुद्ध हुँदा चीनबाट लोड भएर आएका झण्डै ६० भन्दा बढी मालबाहक कन्टेनरहरु ३ दिनदेखि सडकमा नै अलपत्र परेका थिए । सडक…

एकद्वार संकट व्यवस्थापन कार्यक्रमको पहुँच बढाउन सुझाव

एकद्वार संकट व्यवस्थापन कार्यक्रमको पहुँच बढाउन सुझाव

चौतारा, सावन ३, २०८१ । चौतारा अस्पतालबाट सञ्चालन हुँदै आएको अस्पतामा आधारित लैँगिक हिंसा सम्वन्धी एकद्वार कार्यक्रमका बारे घनिभूत रुपमा छलफल भएको छ । कार्यक्रमले आर्थिक वर्ष २०८०÷०८१ म १३१ जना सेवाग्राही प्रत्यक्षरुपमा लावान्वित भएको चौतारा अस्पतालले जनाएको छ । लावान्वित हुन मध्य सबैभन्दा बढी ९० जना चौतारा साँगाचोकगढीभित्रका र सबैभन्दा सबैभन्दा कम जम्मा एकजना मेलम्ची नगरपालिकाका रहेका छन् । सबैभन्दा बढी १९ देखि ४५ वर्षसमूहका महिला महिलाहरु कार्यक्रमबाट प्रत्यक्ष लावान्ति भएको डा. सरोज श्रेष्ठले आफ्नो प्रतिवेदनमार्फत जानकारी दिनुभयो । अस्पतालमा लैँगिक हिंसा सम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरि…

प्रचण्ड सरकार ढल्यो पर्लक्कै

प्रचण्ड

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।  प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए । बिसौनीbisouni.com

‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी

‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी

ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले मध्यराति कुनै व्यापारीको घरमा भएको रहस्यमय सहमतिलाई ‘राष्ट्रिय सहमति’ भन्न नमिल्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आफ्ना धारणा राख्दै उनले नेपाली काँग्रेस र एमालेले राष्ट्रिय सहमतिका नाममा देश र जनतालाई ढाँटेको दाबी गरे । यसले ‘राष्ट्र’ र ‘राष्ट्रियता’ शब्दको मानमर्दन भएको लामिछानेको बुझाई छ ।  ‘उहाँहरु (काँग्रेस–एमाले)ले मध्यराति कुनै व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भन्न मिल्दैन, कम्तिमा म र मेरो पार्टी यो कुरा स्वीकार गर्न तयार छैनौं’, उनले भने, ‘यो त राष्ट्र र राष्ट्रियताजस्ता गहन…

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको समिक्षा : प्रभावकारी भएको निष्कर्ष

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको समिक्षा : प्रभावकारी भएको निष्कर्ष

चौतारा, २८ असार २०८१ । सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट पछिल्लो चरण मान्छेहरु आक्रान्त बनिरहेको बेला नसर्ने रोगको समयमै निदान गर्दै उपचार गर्ने हेतुले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाहरुले बताएका छन् । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले शुक्रबार आयोजना गरेको मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रमको दुई दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन सत्रमा सहभागिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । उनीहरुले कार्यक्रमको निरन्तरताको माग गर्दै अझै दुरदराजमा यो कार्यक्रमलाई पु¥याउन माग पनि गरे ।चौतारा साँगाचोकगढी नगरपालिकाकाकी उपमेयर सीता थापाले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको प्रभाव गाउँस्तरमा नै पुगेको दावी गर्दै यसले…

जिल्ला अदालत सिन्धुपाल्चोकमा ६८८ मुद्दा फछर्यौट

जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्दा फछ्र्यौट

जिल्ला अदालत सिन्धुपाल्चोकमा ६८८ मुद्दा फछ्र्यौटचौतारा, २७ असार, २०८१ । जिल्ला अदालत सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०८० / ०८१ मा ६८८ मुद्दा फछ्र्यौट गरिएको छ । अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २६१ मुद्दासमेत गरि आव २०८०÷०८१ मा जम्मा ९६० मुद्दा परेका थिए ।विहीबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार फछ्र्यौट लक्ष्य ६ सय ८३ रहेकोमा विहीबारसम्म लक्ष्यभन्दा बढी अर्थात ६८८ मुद्दा फछ्र्योट भएको हो । अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २६१ थान मुद्दाबाहेक ६९९ नयाँ मुद्दा दर्ता भएका अदालतले जनाएको छ । २७३ मुद्दा अझै बाँकी रहेको छ ।…

जनस्वास्थ्य कार्यालयले विविध कार्यक्रमसहित जनसंख्या दिवस मनायो ।

जनस्वास्थ्य कार्यालयले विविध कार्यक्रमसहित जनसंख्या दिवस मनायो ।

असार २७, सिन्धुपाल्चोक । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात विहीबार विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । सबैका लागि लचिलो र समतामूलक भविष्यतर्फ समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर भन्ने मुल नाराका साथ यो दिवस सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पनि विविध कार्यक्रमसहित मनाईएको हो । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले बढ्दो र घटदो दुबै जनसंख्या कुनै पनि राष्टको लागि चुनौतिपूर्ण रहेको भन्दै जनसंख्यालाई नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँल्े…

चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले २०८१÷ ०८२ को नीति, कार्यक्रम र बजेट बारे भावुक हुँदै ब्रिफिङ गरिरहेको थिए । हल शान्त थियो । यदपी हलभित्र काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको भने उपस्थिति देखिएको थिएन् । माओवादी, समाजवादीका जनप्रतिधि लगायत कर्मचारी र सञ्चारकर्मीले भरिभराउ हलभित्र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ का टेकबहादुर तमाङको प्रवेश हुन्छ । लगत्तै वडा न २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ रिसाउँदै प्रवेश गर्छन् । प्रवेश गर्ने वित्तिक्कै प्राविधिक भएको ठाउँमा गएर वडा अध्यक्ष श्रेष्ठले माइकको लाइन थुत्छन् र स्पिकर उचालेर भूईँमा बजार्छन् । लगत्तै वडा…

हेलम्बु, चनौटेस्थित बेलिब्रिज जोखिममा

हेलम्बु, चनौटेस्थित बेलिब्रिज जोखिममा

हेलम्बु, चनौटेस्थित बेलिब्रिज जोखिममासिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका, चनौटे बजारस्थित बेलिब्रिज जोखिममा परेको छ ।अविरल बर्षासँगै आएको बाढीले बेलिब्रिज रहेको भूभाग कटान गर्न थालेपछि बेलिब्रिज जोखिममा परेको हो ।२०७८ साल सावन १७ गते लेदोसहित आएको मेलम्ची बाढीले हेलम्बुकै लाइफलाइनको रुपमा रहेको रातो पुल बगाएपछि सोही स्थानमा बेलिब्रिज निर्माण भएको थियो । रातो पुल बगाएको झण्डै सात महिनापछि तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले नवनिर्मित बेलिब्रिज उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो ।सो पुलले हेलम्बुलाई मात्र नभइ मेलम्ची नगरपालिका वडा ७ र ८ त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाको…