चौतारा, २८ असार २०८१ । सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट पछिल्लो चरण मान्छेहरु आक्रान्त बनिरहेको बेला नसर्ने रोगको समयमै निदान गर्दै उपचार गर्ने हेतुले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाहरुले बताएका छन् ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले शुक्रबार आयोजना गरेको मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रमको दुई दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन सत्रमा सहभागिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनीहरुले कार्यक्रमको निरन्तरताको माग गर्दै अझै दुरदराजमा यो कार्यक्रमलाई पु¥याउन माग पनि गरे ।
चौतारा साँगाचोकगढी नगरपालिकाकाकी उपमेयर सीता थापाले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको प्रभाव गाउँस्तरमा नै पुगेको दावी गर्दै यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पु¥याउनका साथै प्रदेश सरकार आवश्यकता छ भन्ने कुरा पनि पुष्टि गरेको बताउनुभयो । प्रदेश सरकारले जस्तै आफ्नो नगरपालिकाले पनि आत्महत्या न्यूनीकरण, मनोसामाजिक परामर्श लगायतका स्वास्थ्यसँग सम्वन्धित विषयहरु प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कार्यक्रमको प्रभावकारिता बढ्दै गएको र अझ पहुँच अभिवृद्धि गर्ने योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा मौलिक हकको रुपमा रहेको स्वास्थ्यलाई स्थापित गर्नका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो । मनसुनजन्य विपत्त सुरु भएको हुँदा विपत्तमा स्वास्थ्यकर्मीहरुको भूमिका उल्लेख्यनीय रहने भन्दै विपदको बेला जतिखेर पनि परिचालन हुने तरिकाले आफूहरुलाई तयारी अवस्थामा रहन पनि उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो
जनस्वास्थ्य कार्यालयले खाद्य सामाग्री वितरण
चौतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले दुई संस्थालाई खाद्य सामाग्री वितरण गरेको छ।

कार्यालयले विश्व जनसंख्या दिवस २०८१ को अवसरमा शुक्रबार सदरमुकाम चौतारास्थित वुद्धा आश्रम सेवा समिति र शक्ति समूहलाई खाद्या सामाग्री वितरण गरिएको हो ।

दुबै संस्थालाई चामल, दाल, तेल, नून लगायतको सामाग्री वितरण गरेको जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
पछिल्लो समय सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्न थालेको भन्दै चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. रुद्रमणि भण्डारीले नसर्ने रोगको निदान र उपचारमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम वरदान सावित भएको बताउनुभयो । जिल्लामा चौतारा अस्पताल र आयुर्वेद चिकित्सालय चौतारामा मात्र यो कार्यक्रम सञ्चालन हुँदै आएको र यो कार्यक्रम त्यही मोडेलमा हरेक पालिकामा सञ्चालन हुनुपर्ने डा. भण्डारीको भनाइछ । कार्यक्रमले मेन्टल हेल्थ र नसर्ने रोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले झण्डै ७१ प्रतिशत नसर्ने रोगबाट मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्नु भयो । उहाँले यो वर्ष कार्यक्रमबाट ६३६ जना प्रत्यक्ष लावान्वित भएको बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चककी प्रमुख दुर्गा बजगाईले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको आवश्यकता, प्रभावकारीता र उपलव्धी बारे बताउनुभयो । उहाँले आगामी दिन कार्यक्रम थप परिमार्जित भएर अटिज्म लगायत समस्या भएकाहरुलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुने बताउनु भयो ।

कार्यालयकी श्रद्धा नेपालद्वारा स्वागत गरिएको कार्यक्रममा १२ वटा पालिकाका स्वास्थ्य प्रमुखहरुको सहभागिता रहेका छन् । भोलिसम्म चल्ने यो समीक्षात्मक कार्यक्रले आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
