ग्यास सिलिण्डर पड्कँदा एकजना घाइते

ग्यास सिलिण्डर पड्कँदा एकजना घाइतेजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका वडा न ६, दुब्लेडाँडाको एक घरमा ग्यास सिलिण्डर पड्किँदा एक जना गम्भीर घाइते भएका छन् । ग्यास सिलिण्डर पड्केर आगजनी हुँदा घर पूर्णरुपले ध्वस्त भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पुच्छार टोल निवासी चुडामणि कार्कीको घरमा ग्यास सिलिण्डर पड्कँदा कार्की गम्भीर घाइते हुनका साथै उहाँको घर पनि आगालागि भएको छ । आगालागीबाट कार्कीको अनुहार र हात जलेको छ भने उहाँको सुष्मा कोइराला मेमोरियल अस्पताल साखुमा उपचार भइरहेको छ ।आजै घाइते कार्कीलाई गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले उपचारका लागि रु पचास…

सरकारी सुविधा छाड्दै निजी निवासमा सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोड्नुभएको छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुख सापकोटाले सरकारी निवास छोड्नुभएको हो । सभामुख सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।   सभामुख सापकोटाले आजै मात्र सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको थियो । बिसौनीbisouni.com

सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा गर्दै भन्नु भयो – “युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको निर्णय गरेको हुँ “

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको  निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु ।…

यी वडा अध्यक्ष जसले आफैलाई कटाक्ष गर्दै किसानलाई हौस्याए

चौतारा । पारीका गराहरुमा विभिन्न सागसव्जी तरकारीका हरियापरिया दृष्यहरु । वारीका फाँटहरु भने बाँजो र उराठ । बीचमा इन्द्रावती नदी । पारी अर्थात काभ्रे र वारी सिन्धुपाल्चोक । पारी देखिएको हरियाली दृष्य ज्याम्दीको अनि वारीको चौतारा साँगाचोकगढी वडा न ११ साँगाचोकको । वारी पारीबीचको आकाश पातलको यही फरक दृष्यबाट विरक्तिएका वडा अध्यक्ष रोशन गिरी आफैलाई व्यँग्य कस्नु हुन्छ र लेख्नु हुन्छ सामाजिक सञ्जालतिर – ” यो बोडि पारी ज्याम्दीमा फल्ने अनि वारी साँगाचोकमा नफल्ने । नफलाउने हामी अल्छीहरुलाई बधाई ” ।हुन पनि वारी भेग साँगाचोकमा किसानहरु अल्छी बनिदिंदा जग्गा जमिनहरु…

कर्मचारी, पत्रकार र बैंकर्सबीच भिडन्त हुने ।

कर्मचारी, पत्रकार र बैंकर्सबीच भिडन्त हुने ।चौतारा । विजया दशमी २०७९ को उपलक्ष्यमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । कर्मचारी मिलन केन्द्र, बैंकर्स र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो ,शुक्रबार विहान ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका, मेल्चौरस्थित दरबार डाँडामा प्रतियोगिता हुन लागेको लक्ष्मी बैकका शाखा प्रवन्धक पवन सापकोटाले बताउनु भयो । प्रतियोगिताको पहिलो खेल कर्मचारी विरुद्ध कर्मचारबीच हुने छ । दोस्रो प्रतियोगिता भने बैंकर्स र पत्रकारबीच हुने छ ।प्रतियोगितामा प्रथम र द्धितीय हुने टीमलाई ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगिताका लागि जिल्ला फूटबल संघ र…

खेलाडीलाई शुभकामनासहित विदाई

खेलाडीलाई शुभकामनासहित विदाईअखिल नेपाल फुटबल संघ ( एन्फा ) को आयोजनामा असोज ६, २०७९ देखि संचालन हुने शहिद स्मारक सि डिभिजन लिग फुटबल छनौट प्रतियोगिता २०७९ मा सहभागी खेलाडिहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा शुभकामना तथा विदाई कार्यक्रम असोज ६ गते दिउँसो नगरपालिका हलमा हुँदै बिसौनीbisouni.com

खर्च विवरण नबुझाउदा सिन्धुका यी उम्मेद्वारले तिर्नुपर्ने भयो लाखौं जरीवाना ( सूचीसहित )

चौतारा । चुनावी परिणाम आएको ३० दिन भित्र पनि आफूले गरेको खर्चको विवरण नबुझाएपछि जिल्लाभरका विभिन्न पदमा उम्मेदवार बनेकाहरुले लाखौ जरीवाना तिर्नु पर्ने भएका छन् ।गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारहरुले बनेकाहरुले तोकिएको समयभित्र खर्च विवरण नबुझाएकाले उनीहरुलाई निर्वाचन आयोगले जारीवानासहित नामावली प्रकाशन गरेको होखर्च विवरण नबुझाएका उम्मेदवारहरुको सुचीमा जिसस प्रमुख बालकृष्ण श्रेष्ठ मात्र हैन, मेलम्ची नगरपालिका प्रमुख आइतामान तामाङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुखहरु उमा प्रधान र मन्जु लामा समेत परेका छन् ।त्यस्तै भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, त्रिपुरासुन्दरी…

गाईभैंसीलाई भत्ता

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ ।नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैंसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो।नगरपालिका अन्तर्गतको पशु सेवा शाखाको कार्यक्रम अनुसार साउन १ गतेबाट सुत्केरी भई दुध दिंदै गरेका गाई भैंसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलव्ध गराइने छ । पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उदेश्यले अनुदानको व्यवस्थापन गरेको पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले बताउनु भयो । गर्भीणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको उहाँले जानकारी दिनुभयो…

असोज २ गते सिन्धुमा कता के हुँदै छ ?

१ ) आत्महत्या न्यूनीकरणका लागि संचेतनात्मक र्यालीजिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा असोज २ गते जिल्ला सदरमुकाम चौताराको भिन्तुना चोकबाट विहान ७ बजे आत्महत्या न्यूनिकरणका लागि प्रभातफेरी र प्रवचन कार्यक्रम रहेको छ । २ ) आदिवासी महिला  उत्थान केन्द्रको अन्तरक्रिया कार्यक्रमआदिवासी जनजाती महिला उत्थान केन्द्रको आयोजनामा आसन्न निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता बिषयक १ दिने अन्तरक्रिया कार्यक्रमकार्यक्रम मिति ः २०७९ /६ / २ गतेस्थान – नगरपालिका सभा हलसमय – विहान ११ बजे बिसौनीbisouni.com

पोखरेमा कार दुर्घटना हुँदा चारजना घाईते

पोखरेमा कार दुर्घटना हुँदा चारजना घाईतेचौतारा । काठमाण्डौंबाट चौतारातर्फ आउँदै गरेको बा २ च ५६७७ नम्बरको कार दुर्घटना हुँदा चालकसहित कारमा सवार चारजना घाइते भएका छन् ।शनिबार बन्देउ चौतारा सडकखण्डको पोखरे भन्ने ठाउँमा कार दुर्घटनाग्रस्त हुँदा कारमा सवार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका २ का ४२ बर्षिय बसन्त गिरी, ३१ वर्षिया प्रतिमा गिरी, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा न २ बस्ने २८ वर्षिय चालक सोनामा तामाङ र २२ बर्षिय राजेश तामाङ घाईते भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइते मध्य चालक सोनाम तामाङ र राजेश तामाङको अवस्था गम्भीर भएको डिएसपी शिवकुमार बुढाथाकीले…