गाईभैंसीलाई भत्ता

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ ।
नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैंसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो।
नगरपालिका अन्तर्गतको पशु सेवा शाखाको कार्यक्रम अनुसार साउन १ गतेबाट सुत्केरी भई दुध दिंदै गरेका गाई भैंसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलव्ध गराइने छ ।


पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उदेश्यले अनुदानको व्यवस्थापन गरेको पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले बताउनु भयो । गर्भीणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले प्रति सुत्केरी गाईभैंसी बराबर रु २५ सय नगद किसानलाई उपलव्ध गराइने छ ।
पोषण अनुदानका लागि किसानले सम्वन्धित वडाको सिफारिस पत्र, पशु विमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैंसीको बच्चसहितको रंगिन फोटो र सम्वन्धित पशु धनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनु पर्ने छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्