कठै ! नारायणस्थान, फोहोरमा भगवान(भिडियोसहित)

धार्मिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित नारायणस्थान यतिखेर फोहोरको डंगुरमा रुपान्तरित भएको छ।

स्थानीय सरोकारवालाहरुले बेवास्ता गर्दा नारायणस्थानमा दिनप्रतिदिन फोहोर बढ्न थालेको हो ।
एकातिर लाखौं लगानी गरेको बालउद्यानको हालत बेहाल भएको छ भने अर्कोतिर हिन्दूहरुको महान आस्थासँग जोडिएको भगवान नारायण फोहोरको तलाउमा शैयन गर्न विवश छ।

हुन त हरेक दिन धार्मिक आस्था बोकेर हातमा फूल,अक्षता, सिन्दुर, धुपबत्ति बोकेर भक्तजनहरु त्यहाँ भगवान नारायणको दर्शन गर्न जान्छन् तर दुर्भाग्य आफूले शीर निहुरिएर भगवान नारायणको दर्शन गरिरहँदा त्यहीको तलाउमा फोहरको लेदोले कालो भएको पानी भने देख्दैनन् । मुखले हरी हरी भनिरहँदा नारायणस्थानको फोहरी वातावरणलाई भने देख्न सक्दैन ।

नारायणस्थान परिसरलाई सरसफाई गर्दै नजिकको बाल उद्यानलाई पनि व्यवस्थित गर्न सकियो भने यो एउटा आन्तरिक धार्मिक पर्यटन क्षेत्र बन्ने निश्चित छ । यस विषयमा सरोकारवाला स्थानीय र स्थानीय सरकारले गम्भीर भएर चासो देखाउन जरुरी छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्