विनिशा विक/ चौतारा
सन्धुपाल्चोक चौताराकी सिता तामाङ (परीवर्तीत नाम) लामो समयदेखि श्रीमानबाट घरेलु हिंसा सहन बाध्य हुनुहुन्छ । पटकपटक मदिरा सेवन गरि कुटपिट तथा गाली गलौज गरेका कारण उनी मात्र होइन, उहाँको पूरै परिवार समस्यामा छ । उहाँ भन्नुहुन्र्छ“रक्सी मुखमा परेपछि बेस्कन कराउने कुट्ने गर्छ ,कहिलेकाँहि त तिन दिनसम्म पनि उठ्न सक्दिन ”। “प्रहरीमा उजुरी गर्न जाउँभने आफन्तले पर्दैन भन्छन् नजाउँ दिनदिनै कति कुटाई खानु ”।
उसो त मादिरा पिएर पतिले सधैं कुट्ने गरेको भन्दै विभिन्न स्थानमा महिलाहरूले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा उजुरी गरेपनि घटना सहमति र मेलमिलापमा टुंगिने गरेका छन्।
प्रहरीकोमा शुरुमा पीडित भैयो भन्दै निवेदन आउँछ, पछि उनै महिला हैन घरमा समस्या हुन्छ, छोडिदिनुप¥यो भन्ने गरेका छन् । गल्ती भयो आगामी दिनमा कुटपिट गाली गलौज गर्दिन भन्दै पतिले माफी माग्दै सहमतीमा जाने गरेका छन् ।

महिला आफैमा आत्मनिर्भर बन्न नसक्दा महिला हिंसाका घटना मिलापत्रमा टुङ्गिने गरेका छन् । ग्रामीण क्षेत्रका महिला मदिराका कारण बढी हिंसामा पर्ने गरेका छन् ।
जसले गर्दा यस्ता घटना बारम्बार दोहोरिन्छन्। महिला सेलमा भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी मादक पदार्थ खाएका कारण भएको पाइएको छ।
सिन्धुपाल्चोकमा मदिराको बिगबिगी र सेवनकै कारण महिला हिंसाका घट्नाहरु बढ्दै गईरहेको पाईको छ । उनीहरु समाजका कारण पनि खुलेरै विरोध गर्न नसक्ने अवस्था रहेको जानकार बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयमा आउने हिंसा सम्वन्धि उजुरी मध्ये अधिकाँश उजुरी मदिराकै कारण भएका सिन्धुपाल्चोक प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ७ वटा महिला हिंसाका उजुरी प्रहरी समक्ष पुगेका छन । गत आर्थिक वर्षमा जिल्लामा २७८ वटा उजुरी दर्ता भएका थिए । चालू आर्थिक वर्षमा महिला तथा बालबालिका सेलमा आएका ७ मध्य ३ उजुरी मिलापत्रमा टुङ्गिएको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ । गाउँ गाउँ र टोल टोल सम्मै मदिारको बिगबिगी बढेको र पुरुष मान्छेहरु बिहानै देखि रातिसम्म मदिरा सेवन गरेर हल्लिने संस्कारको निकै बढेको छ ।
पुरुषले अत्याधिक मदिरा सेवन गरि महिलालाई घरेलु हिंसा गर्ने गरेको र त्यस्ता घट्ना पछिल्लो समय बढ्दै गैरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक जानकारी दिनुभयो ।
मदिराका कारण समाजमा यौन हिंसा, विभिन्न अपराध तथा परिवारमा कलह मात्र नबढेर आर्थिक तथा शारीरिक रूपमा ठूलै क्षति भइरहेकोभन्दै जिल्लामा अवैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियानै चलेका छन् । अभियानमा घ्याम्पाका घ्याम्पा रक्सी मदिरा नष्ट गरिरहँदा सहर–बजार, चोक–गल्ली जताततै पसल–पसलमा विदेशी ब्रान्डका रक्सीका बोतल भेटिन्छन्। आपराधिक घटना रोक्न घरेलु मदिरा मात्र नभई विदेशबाट भित्रिने करोडौं मूल्यका विभिन्न ब्रान्डका वैध वा आयातित मदिरासमेत प्रतिबन्ध लगाउन वा ब्यवस्थित गर्न जरुरी रहेको अधिकारकर्मि नातीबाबु धितालले बताउनु भयो ।
मदिराको बेहोसीमा के गरें चालै पाइनँ भन्दै हिंसा र अपराधबाट पन्छिन खोज्ने गरेका उदाहरण पनि प्रशस्तै छन्। महिला तथा बालबालिकालाई हुने हिंसा रोकथामका लागि लागुपदार्थ तथा मदिराविरुद्ध सशक्त अभियानको खाँचो देखिन्छ ।
जिल्लामा मदिराका कारण थुप्रै घरेलु हिंसाका घटना भएको र स्थानीय न्यायिक समितिसम्म आउन नसकेको अधिवक्ता रोहीणीराज जोशी बताउनु हुन्छ । हुन पनि पतिको नाममा उजुरी गरेपछि समाजमा बदनामी भइन्छ भन्ने चिन्ता छ र पति कारागार गयो भने, घरको सहारा हुँदैन, त्यही घरमा बस्न सकिँदैन भन्ने मानसिकताका कारण पनि ग्रामीण भेगमा बस्ने महिला बढि हिंसा सहन बाध्य छन् ।