चौतारा । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोककोआयोजनामा प्रभातफेरी निकालिएको हो ।
चौतारा भिन्तुनाचोकबाट सुरु भएको प्रभातफेरी चौतारा बजार हुँदै टँडिखेलचोकमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले संचेतनामार्फत नै लागु औषध दुव्र्यसनी न्यूनकरण र निराकरण गर्न सकिने बताउनुभयो । सिन्धुपाल्चोक प्रहरी प्रमुख बालनरसिंह राणाले लागु औषध दुव्र्यसनी नियन्त्रण र न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विद्यालय र समूदायमा संचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो भने नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले दुव्र्यसनीमा देशकै मेरुण्ड युवाबर्गको संलग्नता बढी हुने भएकोले प्रहरी प्रशासन र स्थानीय सरकारले नीतिगतरुपमै कार्ययोजना अघि सानुपर्ने बताउनुभयो ।
कार्यालयका प्रमुख, सेना, प्रहरी र सञ्चारकर्मीको व्यापक उपस्थिति रहको कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।