योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

चौतारा । गत पुष ३ गतेबाट सुरु भएको योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारामा सञ्चालित ३६ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमबीच नगरपालिकाकी उपमेयर सीता थापाले समापन गर्नु भएको हो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकास देखिने विकास भएको भन्दै योग, ध्यान र प्रणायम नदेखिने विकास भएको बताउनुभयो । देखिने विकासले भन्दा नदेखिने यस्ता प्रकृतिका विकासले मान्छेलाई अधिकतम खुशी र शान्ति प्राप्त हुने उहाँको तर्क थियो । धन एश्वर्यले मात्र मान्छेलाई खुशी र सन्तुष्ट पार्न सक्दैन उहाँले भन्नुभयो त्यसैले…

निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा

निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा

निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा चौतारा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा निश्चल सञ्जेल चयन हुनु भएको छ । शनिबार चौतारामा सम्पन्न क्रान्तिकारी विद्यार्थीको २० औं सम्मेलनले ६५ सदस्यीय नयाँ कार्यसमितिसहित सञ्जेललाई जिल्लाभरबाट भेला भएका क्रान्तिकारी विद्यार्थीहरुले सर्वसम्मतरुपमा आफ्ना नयाँ नेताको रुपमा चयन गरेको हो । उपाध्यक्षमा भने पदीप पराजुली, सुदीप श्रेष्ठ र कमला न्यौपाने चयन भएका छन् । सचिवमा प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सहसचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपााने चयन भएका छन् । मञ्जु नेपाल…

तेह्रथुममा भएको टिपर दुर्घटनामा चौताराका साजु श्रेष्ठको निधन

तेह्रथुममा भएको टिपर दुर्घटनामा चौताराका साजु श्रेष्ठको निधन

चौतारा । तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा न ९, काँडेमा टिपर दुर्घटना हुँदा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी वडा न ५ पुरानो बजारका साजु श्रेष्ठसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका वडा न १५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा न ५ चौताराका १९ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ विगत केही समयअघि डोजर अपरेटको रुपमा काम गर्न संखुवासभा गएका थिए । प्रहरीका अनुसार, मादी नगरपालिका(४ संखुवासभा…

मेलम्ची सडक दायाँबायाँको अस्थायी संरचना हटाउने

Melamchi

मेलम्ची । मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउने भएको छ । मेलम्ची नगरपालिकाले सडक दायाँबायाँको भर्‍याङ, बार्दली, कौसी र सडक पेटी लगायतको अस्थायी संरचना हटाउन लागेको हो । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार , होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउने नगरपालिकाले जनाएको छ ।३५ दिने सूचना जारी गर्दै नगरपालिकाले सम्बन्धित घरधनीलाई अस्थायी संरचना हटाउन आग्रह गरेको छ । सूचनालाई बेवास्ता गरि त्यस्ता संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन…

बुहारीलाई छात्रवृत्ति दिंदै चौतारा साँगाचोकगढी

चौतारा साँगाचोकगढी नगरापालिकाले नगरको इच्छा नारीलाई शिक्षा भन्ने नाराका साथ बुहारी शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो

चौतारा साँगाचोकगढी नगरापालिकाले ” नगरको इच्छा, नारीलाई शिक्षा “भन्ने नाराका साथ बुहारी शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरभित्रका बुहारीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नगर विकास योजना अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिकाद्वारा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत बुहारीहरुलाई छात्रवृत्ति उपलव्ध गराउन लागेको हो ।नगरपालिकाले एक सूचना जारी गर्दे माघ ९ गतेभित्र नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा आवेदन दिन आग्रह गरेको छ ।नगरपालिकाभित्रका शैक्षिक संस्था र जलबीरे भ्यालि…

राष्ट्रियसभा निर्वाचनका लागि लोकतान्त्रिक वाम गठवन्धन सिन्धुपाल्चोकले थाल्यो सकृयता

राष्ट्रियसभा निर्वाचनका लागि लोकतान्त्रिक वाम गठवन्धन सिन्धुपाल्चोकले थाल्यो सकृयता

चौतारा । लोकतान्त्रिक बाम गठवन्धन सिन्धुपाल्चोकले आगामी राष्ट्रिय सभा निर्वाचनको सवालमा गठवन्धन दलको केन्द्रीय कार्य समितिले गरेको निर्देशनलाई अक्षरस पालना गर्ने निर्णय गरेको छ । मंगलबार विपि अध्ययन केन्द्र चौतारामा बसेको. बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठवन्धन दलका साझा उम्मेद्वारलाई जीताउन सबै तह तप्का सकृयका साथ लाग्ने निर्णय गरेको हो ।नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, नेकपा समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा र जसपाका जिल्ला अध्यक्ष जगतबहादुर तामाङको उपस्थितिमा भएको बैठकले गठवन्धन दलका संपूर्ण उम्मेद्वाहरुलाई विजयी गराउन संपूर्ण मतदाताहरुलाई अपिल…

सेतीदेबीको बार्षिकोत्सव सम्पन्न, शिक्षा बिधेयक संसोधनमा सशक्त भूमिका निर्वाह गरेको छु – सांसद सापकोटा

निर्मल बस्नेत (२०८० पौष २५) चौतारा । सेतीदेबी माध्यमिक बिद्यालयको ७१ बार्षिकोत्सव, अभिभावक भेला, २४ औँ भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोह एक कार्यक्रमकाबिच सम्पन्न भएको छ । बार्षिककोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमूख अतिथी सिन्धुपाल्चोक क्षेत्र नं १ प्रनिनिधीसभा सदस्य माधब सापकोटा सुबोधले स्याउलेबासीले आफुलाई राजनीतिको उचाईमा पुर्याउन सामाजिक रुपमा अहम् भूमिका खेलेको भन्दै स्याउलेबासीलाई धन्यबाद व्यक्त गरे । उनले स्याउलेको जनमत लिन नपाएपनि बिगतको सहयोग र टिकट प्राप्तीको क्षणमा रचनात्मक उत्प्रेरणा र हौसला दिएर सहयोग गरेको स्मरण गरे । बर्तमान बिद्यालय शिक्षा बिद्येयक ऐन संसदमा पेश भएको छ जानकारी दिदै संसद…

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  मङ्गलवार साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै घरबाट मङ्गलवार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड…

सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने

सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने

किशोरी बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । आज न्यायाधीश शिशिरराज ढकालको इजलासले सो सजाय तोकेको हो । अदालतले सन्दीपबाट पीडित किशोरीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।  सन्दीपविरुद्धको मुद्दामा ढकालकै इजलासले पुस १३ गते दोषी ठहर गरेको थियो । फैसलामा उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको उल्लेख छ । यसैबीच फैसला चित्तबुझ्दो नभएको भन्दै सन्दीप उच्च अदालत जाने भएका छन् । उनका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र…

संभावित जोखिम बारे ध्यान दिऔं – प्रजिअ आचार्य

संभावित जोखिम बारे ध्यान दिऔं - प्रजिअ आचार्य

निर्मल बस्नेत (२०८० पाैष २५) सिन्धुपाल्चोक जिल्लाकाे प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जलबायु परिवर्तनसंगै हुजे सितलहर, हिमपात र जाडाेकाे कारण हुन सक्ने संभावित जाेखिमकाे बारेमा बिशेष ध्यान दिनुपर्ने बताएका छन् । प्रजिअ आचार्यले जिल्ला बिपद् ब्यवस्थापन समितिकाे बैठककाे अध्यक्षता गर्दै समिति समक्ष यस्तो भनेका हुन् । उनले स्थानीय र जिल्ला बिवद् व्यवस्थापन समितिकाे समन्वय सहितको आपसी तालमेल निरन्तर रहनुपर्ने र साेकाे लागि स्थानीय तहले बिशेष ख्याल गर्नुपर्ने कुरामा जाेड दिएका छन् । मंगलबार सम्पन्न बैठकमा बिपद् पुर्व अनुमान पूर्व सुचना प्रणाली , प्रतिकार्य याेजनाकाे बारेमा केन्द्रित रहेर छलफल भएकाे थियाे…