आज रंगिन उल्का वर्षा हुने । यो समयमा हेर्न सकिन्छ नेपालबाट

आज रंगिन उल्का वर्षा हुने । यो समयमा हेर्न सकिन्छ नेपालबाट

आज रंगिन उल्का वर्षा हुने । यो समयमा हेर्न सकिन्छ नेपालबाट
काठमाण्डौं । आज विहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्ण् अवोलकन गर्न सकिने भएको छ ।
यदि आकाश सफासँग खुलेको रहेछ भने आज विहीबार मध्यरातपछि उल्का वर्षाको उत्कृष्ट र चित्ताकर्षक दृष्य नेपाली आकाशमा जुनसुकै ठाउँबाट विना कुनै टेलिस्कोप नाङ्गै आँखाले हेर्न सकिनेछ ।
जेमिनिड्स नाम दिइएको यो उल्का वर्षा शुक्रबार विहानीपख ३ देखि ४ बजेसम्म राम्रो देखिने खगोलविदहरुको भनाईछ । अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाका अनुसार यो उल्का विभिन्न रंगमा देखिनेछ । आगोको गोला जस्तै रंगीचंगी बस्तु आकाशबाट पृथ्वीतिर खसिरहेको देखिनेछ ।
बैज्ञानिकहरुका अनुसार यो वर्षा डिसिम्बर २० सम्म चल्नेछ । यदपी विहीबार र शुक्रबार भने यसलाई राम्रोसँग अवोलनक गर्न सकिनेछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्