सिन्धुपाल्चोक । समुद्री सतहबाट दुई हजार एकसय मिटरको उचाइमा रहेको थली परेको जमिन ! वरिपरि ढुङ्गाले घेरिएको पौराणिक किल्ला ! उत्तरतिरका सेताम्मे हिम शृङ्खला । सहजै देख्न सकिने चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजार ! यार्मासिंग गाउँका सुन्दर बस्तीहरू ! अलिपर पूर्वतिर फुल्पिङकट्टिका छिटपुट गाउँहरू, पश्चिममा धारापानी र लिस्तिकोट ! तलतल आफ्नै सुरमा हस्याङफस्याङ बग्दै गरेको भोटेकोसी नदी ! प्राकृतिक सुन्दरताका अनुपम घुम्टो ओढेर वर्षोदेखि पर्यटकको पर्खाइमा बसेको सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी पुग्ने जो कोहीलाई पनि यी र यस्तै दृश्यहरूले स्वर्गानुभूति हुन सक्छ । परन्तु सुन्दरताले भरिभराउ, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका, वडा न…
Category: अर्थ / पर्यटन
अर्थ / पर्यटन
नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली
काठमाडौं, १४ माघ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौं हो । काठमाडौंको भूभाग बिचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो । लामो समयदेखि नुवाकोटबाट बिजुली पुराएपनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुराउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुराए पनि लोड पर्ने खालको लागि बत्ति नपुगे पछि डाडाँगाउँले…
हिउँभित्रको हुम्ला (फोटो फिचर)
सिमिकोट । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । आइतबार राती सम्म सफा रहेको मौसममा हावाहुरी सुरु भए सँगै सोमबार बिहानबाट हिमपात सुरु भएको हो । जिल्लामा बिहानबाट हिमपात सुरु भएसँगै किसान खुसी भएका छन् । हुम्लावासीहरूले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपात सुरु हुनु अगावै हुम्लावासीहरू चिसो छल्न बेसी झरिसकेका छन् भने नाम्खाको लिमिवासि सहरी क्षेत्र झरिसकेका छन् । जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी नाकामै रहेका छन् । हिमपातले सदरमुकाम सिमिकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन्…
मैत्री सहकारी साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल
मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल चौतारा । चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको गठन गर्नु महत्वपूर्ण कुरा नभएको बताउनु भयो । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण…
दोलालघाटको आकाशमा रंगिचंगी छाताको दाइँ
दोलालघाट / पर्यटकीय क्षेत्र दोलालघाटको आकाशमा रंगिचंगी छाताले ढाकिएको छ ।आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको हो । रंगीचंगी छाताहरु राखेर बनाइएको स्थानमा पर्यटक लोभिने र सो स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको भुम्लु गाउँपालिकाले जनाएको छ ।भुम्लु गाउँपालिकाले वडा नं ८ स्थित बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनाएको हो । पिकनिक, घुमघामको लागि दोलालघाट क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । सो क्षेत्रमा थप पर्यटक भित्राउन गाउँपालिकाले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए । बिसौनीbisouni.com
उद्योग बाणिज्य संघको स्थापना दिवसमा बिद्यार्थीहरुलाई सहयोग
निर्मल बस्नेत (३० साउन २०८०) सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २९ औँ बर्षमा प्रबेश गरेको छ । स्थापना दिवशको अवसरमा बाह्रबिसे नगरपालिका रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई शैक्षिक पोषाक र खाद्यन्न सहयोग गरिएको संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार )ले बताए । उनका अनुसार २०५२ सालमा स्थापना भएको संघ जसको मूख्य कार्यालय बाह्रबिसेमा रहेको छ । जस अन्तरगत जिल्लाको सदरमुकाम चौतारा र मेलम्चीमा शाखा कार्यालय सञ्चालन गरि सामाजिक क्षेत्रमा विविध कामहरु गर्दै आईरहेको छ । संघ स्थापना दिवशको अवसरमा मूख्य कार्यालय बाह्रबिसेमा केक काटेर सिन्धु बहिरा आधारभूत…
तातोपानी नाका : निर्यात ठप्प, आयात फाट्टफुट्ट
गत वैशाख १८ गते नेपाली सामाग्री बोकेको कण्टेनरलाई चिनियाँ अधिकारीहरुले दुई मुलुकबीचको सबैभन्दा पुरानो नाकामा बडो धुमधामका साथ भव्य स्वागत गरे । त्यसपछि धेरैलाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाका पुरानै अवस्थामा फर्कने विश्वास जागेको थियो । २०७२ सालको भूकम्पलगत्तै एकतर्फीरुपमा मात्र सञ्चालनमा आएको उत्तरको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताइयो । औपचारिकरुपमा नाका पुन सञ्चालनमा आएपछि यहाँका व्यापारी, राजनीतिकर्मी र स्थानीय खुशील गद्गद् भए । तातोपानी नाका पुरानै लयमा फर्कने सबैले विश्वास गरे । तर सो दिन बाहेक एक कण्टेनर सामान पनि नेपालबाट उता नगएको तातोपानी…
कठै ! नारायणस्थान, फोहोरमा भगवान(भिडियोसहित)
धार्मिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित नारायणस्थान यतिखेर फोहोरको डंगुरमा रुपान्तरित भएको छ। स्थानीय सरोकारवालाहरुले बेवास्ता गर्दा नारायणस्थानमा दिनप्रतिदिन फोहोर बढ्न थालेको हो ।एकातिर लाखौं लगानी गरेको बालउद्यानको हालत बेहाल भएको छ भने अर्कोतिर हिन्दूहरुको महान आस्थासँग जोडिएको भगवान नारायण फोहोरको तलाउमा शैयन गर्न विवश छ। हुन त हरेक दिन धार्मिक आस्था बोकेर हातमा फूल,अक्षता, सिन्दुर, धुपबत्ति बोकेर भक्तजनहरु त्यहाँ भगवान नारायणको दर्शन गर्न जान्छन् तर दुर्भाग्य आफूले शीर निहुरिएर भगवान नारायणको दर्शन गरिरहँदा त्यहीको तलाउमा फोहरको लेदोले कालो भएको पानी…
बलेफी गाउँसभा सम्पन्न । ओरियन्ट म्याग्नेसाइट छिट्टै नै सञ्चालन हुन्छ – सांसद सापकोटा
खाडीचौर, सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले दसकौंदेखि धरासायीरुपमा रहेको आरेन्ट म्याग्नेसाइट उद्योग सञ्चालन छिट्टै नै हुने बताउनु भएको छ ।सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको १३ औं गाउँसभाको उद्घाटन गर्दै सांसद सापकोटाले सो उद्योग सञ्चालनका लागि निजी क्षेत्रले जिम्मेवारी पाइरहेको र निजी क्षेत्रले पुन सञ्चालनको जिम्मेवारी नलिए यसअघि भएका सम्झौताहरु खारेज गर्दै खानी तथा भूगर्भ विभागद्वारा नयाँ टेण्डरको आव्हान गर्दै सञ्चालन हुने जानकारी दिनुभयो ।आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीजी क्षेत्रसँग वार्ता गरि ठोस निर्णय आउने पनि उहाँले खुलासा गर्नुभयो । सञ्चालनको जिम्मेवारी पाउँदै आएका नीजी क्षेत्रले पुन सञ्चालनमा सहमाति…
आठ बर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात
आठ बर्षपछि उत्तरी नाका तातोपानीबाट नेपाली सामान निर्यात ! व्यावसायी उत्साह ! मानवीय आगमन भने निषेध ! नेपाल–चीन प्रमुख व्यापारिक उत्तरी नाका तातोपानीबाट नेपाली सामान निर्यात भएको छ। सोमबार नेपाली पक्ष र चिनियाँ अधिकारी मितेरी पुलमा उपस्थिति भइ नेपाली समान निर्यात गरिएको हो। बिहान् ९ बजे नेपाली सामन लिएर गएको कन्टेनरलाई चीनिया पक्षले स्वागत गर्दै कन्टेनर भित्र्याएको हो। २०७२ को भुकम्प र भोटेकोसी बाढीबाट क्षति पुगेपछि निर्यात रोकिएको आठ बर्षपछि नेपाली सामान निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। तर मानवीय…
