उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विविध कार्य गरिने

स्वयमसेविकाहरुको

महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । चौतारा । नसर्ने रोग उच्च रक्तचापबाट प्रभावित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नियन्त्रणका लागि पहलकदमी थालिएको छ । काठमाण्डौं विश्वविद्यालय धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विभिन्न कार्यक्रमहरु तय गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । मंगलबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा…

सुनकोसी, स्याले खोलामाथि झोलुङ्गे पुल बनेपछि स्थानीय खुशी, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन

सुनकोसी, स्याले खोलामाथि पुल बनेपछि स्थानीय खुशी, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन

सुनकोशी सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ । । सोमबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गरेका छन् । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको छ । स्याले खोला माथी निर्माण सम्पन्न भएको पुलको कुल लागत ५६ लाख ७८ हजार १२७ रुपियाँ रहेको छ । यो लागत मध्ये गाउँपालिकाले ७ लाख ३८ हजार १५६, संधिय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम मार्फत…

जेठ १९ गते चौतारामा फूड फेस्टिवल, खानपान र साँकृतिक प्रदर्शन हुने

जेठ १९ गते चौतारामा फूड फेस्टिवल, जातजातिको खानपान र साँकृतिक

भोलि जेठ १९ गते चौतारामा फूड फेस्टिवल, जातजातिको खानपान र साँकृतिक प्रदर्शन हुने चौतारा । पाक संस्कृतिको विकाससँगै फूड टुरिजमको सुरुवात गर्ने उदेश्यले भोलि शनिबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा फूड फेस्टिवल हुने भएको छ । चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर परिसर हुने फूड फेस्टिवल कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने आयोजक संस्था म्हसिका पुच, पुरानो बजारले जनाएको छ ।पुचकी अध्यक्ष सीता श्रेष्ठको अनुसार कार्यक्रममा चौतारा नगरपालिकाभित्र रहेको नेवार, तामाङ, घले, शेर्पा, माझी लगायत कम्तिमा ७ जनजातिहरुको मौलिक खाना र साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ । खाना प्रदर्शन एवम विक्री वितरण बजार…

सुनकोसी बाँड्यो ट्याक्टर, १४ हजारमा नै ट्याक्टर पाएपछि किसानहरु दङ्ग

सुनकोसी |कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको छ ।गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको हो ।गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरुले…

क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदै

क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदै

क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदैजेठ–१७, काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्षदेखि क्यान्सर रोगसंग लडिरहेका कवि न्यौपानेको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो । ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु…

बैंक तथा वित्तीय संस्था विजयी

गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय कर्मचारी विजयी भएका हुन । चौताराको टुँडिखेलमा भएको प्रतियोगितामा वित्तीय संस्थाका कर्मचारीले २ गोल गरेका थिए भने स्थानीय कर्मचारीले कुनै पनि गोल गर्न सकेनन् । प्रतियोगितामा ५ टीम सहभागी रहेको थियो । विजयी खेलाडीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले शिल्ड र मेडल प्रदान गर्नुभयो । पुरस्कार वितरण कार्यक्रम केन्द्रका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको थियो । बिसौनीbisouni.com

भोलि बिहान चौतारा टुँडिखेलमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता, को को भिड्दैछन् ?

फूटबल

गणतन्त्र दिवस २०८१ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो। मिलन केन्द्रका अध्यक्ष एवं उद्योग वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख विश्वनाथ काफ्लेका अनुसार भोलि १५ गते बिहान ७ बजेबाट चौताराको टुँडिखेलमा मैत्रीपूर्ण खेल सुरु हुनेछ। जम्मा ५ टिम सहभागी रहेको प्रतियोगितामा पहिलो खेल जिल्लास्थित संघीय कार्यालयका कर्मचारी र प्रदेश कर्मचारीबीच भिडन्त हुनेछ ।यो भिडन्तबाट विजयी टीम सोझै सेमिफाइनलमा प्रवेश गर्दै ९ बजेर ३० मिनेटमा स्थानीय तहका कर्मचारीसँग भिड्नेछन् । त्यसभन्दा अगाडि ८ बजेर ३० मिनेटमा दोस्रो खेल नेपाल पत्रकार महासङ्घ…

माओवादी फेरि फुट्ने खतरा बढ्यो

माओवादी फेरि फुट्ने खतरा बढ्यो

कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयास निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नतामा जसपा, नेपाल टुक्र्याइएको एकथरीले दावी गरिरहँदा ठूला पार्टी आफैँ भने कति सुरक्षित होलान् ?  के सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि विभाजन हुँदैछ ? गोप्य सूचना स्रोतको दावीलाई मान्ने हो भने आगामी निर्वाचनअघि माओवादीलाई सग्लो नराख्ने योजनासाथ बाह्य शक्तिकेन्द्र भित्रभित्रै सक्रिय हुन थालेको छ । नेपालमा वामपन्थी गठबन्धन आफू प्रतिकूल हुने बुझाइमा रहेको दक्षिणको छिमेकी भारत कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा रहेको चर्चा चलिरहेको थियो ।  त्यसनिम्ति कांग्रेस,…

श्री र सुवासको “आधा विर्को” सार्वजनिक (भिडियो लिंकसहित)

श्री र सुवासको आधा विर्को सार्वजनिक

काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र   दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ  । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ । गीतको…

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणा

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणा

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणाचौतारा । अन्तत लामो प्रयासपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकले अनिवार्य र निशुल्क शिक्षा घोषणा गरेको छ ।बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा आइतबार नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य र निशुल्क शिक्षा कार्यान्वय पालिका घोषणा गरिएको हो ।यो घोषणासँगै चौतारा साँगाचोकगढी नगरपालिका जिल्लामा नै औपचारिकरुपमा अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्ने पहिलो स्थानीयतह बनेको छ ।चौतारा साँगाचोकगढीभित्र ३४ जना बालबालिकाहरु विद्यालय पहुँच बाहिर रहेकोमा ती बालबालिकालाई पनि विद्यालयमा जोड्दै सबै मापदण्डहरु पुरा…