प्रतिनिधिसभा बैठक २०८१ असार ५ गतेको प्रत्यक्ष प्रशारण बिसौनीbisouni.com
Author: बिसौनी
सुनकोसीले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई गर्ने
सुनकोसी, ३ जेठ, २०८१ मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकले विदाई गर्ने भएको छ ।। ६० वर्ष उमेर हदका कारण स्वास्थ्य स्वयम्सेविकामा सेवारत १२ महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विदाई गर्ने भएको छ । गाउँकी डक्टर भनेर चिनिएका स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्ना बस्तीहरुमा परिवार नियोजन, खोप लगायत स्वास्थ्य सम्वन्धी चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । बस्र्योनी बढ्दो मातृ तथा शिशु मृत्युदरलाई न्यूनीकरण गर्ने काममा वाहवाही पाएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकारबाट भने खासै कुनै सेवासुविधा प्राप्त गर्ने गरेका छैनन् ।…
आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने
देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने काठमाण्डौं, २९ जेठ, २०८१ आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए । ‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होईन । ‘नयाँ आवाजको खोजी’ भन्ने…
गर्मीका कारण चौताराको कृष्ण रत्नगंगाले दियो बिदा
गर्मीका कारण चौताराको रत्नगंगाले दियो बिदा चौतारा । पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम नै प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ चौतारास्थितश्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रधानाध्यापक हर्ष तामाङले बताउनुभयो । बिसौनीbisouni.com
नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत
नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुतचौतारा, २७ जेठ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका र नगरपालिकाभित्र कार्यरत गैरसरकारी संस्थाबीच छलफल भएको छ । नगरपालिकाभित्र गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आइरहेको कार्यक्रमको अध्ययन तथा आगामी कार्यक्रमको रुपरेखा बारे नगरपालिकाले गैरसरकारी संस्थाहरुसँग छलफल गरिएको हो ।कार्यक्रममा उपमेयर सीता थापाले नगरको नीति तथा कार्यक्रममा गैरसरकारी संघसंस्थाको कामकारवाही र आगामी दिनमा गर्ने योजनाको बारेमा उल्लेख गर्न र कुनै पनि कार्यक्रम डुब्लिेकेशन नहोस् भन्ने हेतुले छलफल कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सामाजिक समितिका संयोजक रामप्रसाद गौतमले कार्यक्रम डुब्लिेकेशनको भएको भन्ने गुनासो बढ्न थालेकाले…
जापान : बसाई, सिकाई र तीतामीठा भोगाई !
सम्झना कार्कि जापानले नेपालीहरूलाई सभ्य बन्न सिकायो , समयसँग चल्न सिकायो , हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो , प्रविधिको प्रयोग गर्न खप्पिस बनाएको देखे । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेको थिएँ । यस क्षेत्रमा लागेर सामान्य सफलता पनि हात नपरेको त होईन । एक्कासि यसलाई त्यागेर धेरै अनुभव लिने र रमाउने सपना बोकेर वैशाख १३ मा जापान आइपुगें । नयाँ यात्रा तय गरेर विदेशिने युवाको जमातमा म पनि एक थिएँ । यहाँको रहनसहन वातावरण बिस्तारै हेर्दै बुझ्दै ,भोग्दै गए । जापान आएपछि भाषा…
उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विविध कार्य गरिने
महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । चौतारा । नसर्ने रोग उच्च रक्तचापबाट प्रभावित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नियन्त्रणका लागि पहलकदमी थालिएको छ । काठमाण्डौं विश्वविद्यालय धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विभिन्न कार्यक्रमहरु तय गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । मंगलबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा…
सुनकोसी, स्याले खोलामाथि झोलुङ्गे पुल बनेपछि स्थानीय खुशी, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन
सुनकोशी सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ । । सोमबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गरेका छन् । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको छ । स्याले खोला माथी निर्माण सम्पन्न भएको पुलको कुल लागत ५६ लाख ७८ हजार १२७ रुपियाँ रहेको छ । यो लागत मध्ये गाउँपालिकाले ७ लाख ३८ हजार १५६, संधिय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम मार्फत…
जेठ १९ गते चौतारामा फूड फेस्टिवल, खानपान र साँकृतिक प्रदर्शन हुने
भोलि जेठ १९ गते चौतारामा फूड फेस्टिवल, जातजातिको खानपान र साँकृतिक प्रदर्शन हुने चौतारा । पाक संस्कृतिको विकाससँगै फूड टुरिजमको सुरुवात गर्ने उदेश्यले भोलि शनिबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा फूड फेस्टिवल हुने भएको छ । चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर परिसर हुने फूड फेस्टिवल कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने आयोजक संस्था म्हसिका पुच, पुरानो बजारले जनाएको छ ।पुचकी अध्यक्ष सीता श्रेष्ठको अनुसार कार्यक्रममा चौतारा नगरपालिकाभित्र रहेको नेवार, तामाङ, घले, शेर्पा, माझी लगायत कम्तिमा ७ जनजातिहरुको मौलिक खाना र साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ । खाना प्रदर्शन एवम विक्री वितरण बजार…
सुनकोसी बाँड्यो ट्याक्टर, १४ हजारमा नै ट्याक्टर पाएपछि किसानहरु दङ्ग
सुनकोसी |कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको छ ।गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको हो ।गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरुले…
