चौतारा क्याम्पसले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

चौतारा क्याम्पसले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ।
चौतरा । सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पस चौताराले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई आज चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो ।


सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गरे
मेयर सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप बिकास गर्नका लागि बृहत् छलफल र अन्तर्कृया कार्यक्रम गरि एउटा निष्कर्षमा शैक्षिक अभियान सन्चालन गर्ने आफ्नो योजना रहेको भन्दै उनले छलफल कार्यक्रममा सबैको सहभागिता रहने विश्वास प्रकट गरे ।
उपप्रमुख सीता थापाले शैक्षिक क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको बिकास निष्कर्षबिहीन र अधुरो हुने बताइन
साझेदरीमार्फत शैक्षिक समुन्नतिका लागि नगरपालिका सधैं तत्पर रहने उपप्रमुख थापाको भनाई थियो ।

No description available.


त्यस्तै ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, वडा न ८ का वडा अध्यक्ष अमृत दंगाल, वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले क्याम्पसको चौतर्फी बिकासका लागि आफूहरु सधैं गम्भीर भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गरे ।

No description available.


चौतारा क्याम्पस, सञ्चालक समितिका निवर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठले सिन्धुपाल्चोकलाई शैक्षिक समृद्धिमा रुपान्तरण गर्नका लागि चौतारा क्याम्पसले खेलेको भूमिकामाथी प्रकाश पार्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिए । सञ्चालक समितिका सदस्य श्यामकृष्ण श्रेष्ठले बिद्यालय अनुदान वृद्धि गर्नु पर्ने बताए

No description available.


क्याम्पस प्रमुख नेगेन्द्रप्रसाद दंगालले क्याम्पसको अवस्था बारे प्रकाश पारेका थिए ।

No description available.


कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

No description available.
No description available.No description available.No description available.No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्