सिन्धुमा १ लाख ६३ हजार जनाले गरे राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

मोनिका विक/ चौतारा, राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा १ लाख ६३ हजार ४ सय ४३ जना सेवाग्राहीले सेवा पाएका छन् ।गएको मंसिर २ गतेबाट जिल्लाको १२ वटा पालिकाको १०३ वटै वडामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भएको थियो ।
अभियान अन्तर्गत लक्ष्यभन्दा तीन प्रतिशत बढी विवरण दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनु भयो । उहाँका अनुसार सबै भन्दा कम भोटेकोसी गाउँपालिकाबाट ६ हजार ८ सय ४८ र सबैभन्दा बढी मेलम्ची नगरपालिकाबाट २४ हजार ६ सय ३५ जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक


त्यस्तै नियमितरुपमा जिल्ला प्रशासन कार्यालयबाट २० हजार जना भन्दा बढीले विवरण दर्ता गरेका छन् ।
डिजिटल नेपालको आधारस्तम्भ तयार गर्दै सुशासन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सुरु भएको यो अभियानमा छुटेका र लिन बाँकीहरुका लागि भने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नियमितरुपमा सेवा प्रवाह भइरहेको पनि अधिकारी खनालले जानकारी दिनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्