घोषणापत्र अनुरुप अगाडी बढ्दै मेयर कृष्णप्रसाद सापकोटा


चौतारा । जिविकोपार्जनमार्फत नगरलाई समृद्ध बनाउने प्रतिवद्धतासहित चुनावी महासंग्राममा होमिएका चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा देशवन्धुले पदभार ग्रहणकै दिनबाट घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुलाई कार्यान्वय गर्न थालेका छन् ।
नगरबासीहरुको आर्थिक अवस्थामा सुधार नआएसम्म समृद्ध नगरको सपना साकार हुन नसक्ने भन्दै मेयर सापकोटाले कृषि क्षेत्रसँग जोडिएर नगरबासीको जीविकोपार्जनमा सुधार ल्याउनु आफ्नो पहिलो कर्तव्य भएको बताउनु भएको छ । आफू मेयर भएपछिको पहिलो प्राथमिकता स्वास्थ्य, जिविकोपार्जन र शिक्षा रहेको उल्लेख गर्दै नगरबासीको स्वास्थ्य विमा गर्ने नीतिगत निर्णय गरेको जानकारी दिए । हाललाई द्वन्द्वपीडित, अल्पसंख्यक, सीमान्तकृत,दीर्घरोगी र निम्न आय भएका नगरबासीहरुको नगरपालिकाको खर्चमा अनिवार्य स्वास्थ्य विमा गरिने मेयर सापकोटाले बताए ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वतमान मेयर अमानसिं तामाङको लोकप्रिय कार्यक्रमलाई पनि नवनिर्वाचित मेयर सापकोटाले निरन्तरता दिएका छन् ।

Open photo


निर्वतमान मेयर तामाङले सुरु गरेको किरियापुत्री भेटघाट र किरिया खर्च वितरण कार्यक्रमलाई नवनिर्वाचित मेयर सापकोटाले निरन्तता दिएका हुन् । जुन कार्यक्रम नगरबासीका बीच लोकप्रिय हुँदै आएको थियो ।
शुक्रबार पदभारग्रहण गरेकै दिन आमा गुमाउनु भएको चौतारा साँगाचोकगढी वडा न ४ का किरियापुत्री भुजुङ लामालाई भेटघाट गरि किरिया खर्चका लागि रु पाँचहजार हाललाई वडा कार्यालयमार्फत उपलव्ध हुने मेयर सापकोटाले बताए । त्यसो त घोषणापत्रमार्फत नै प्रथम मेयरको कार्यकालमा भए गरेको संपूर्ण काम कारबाहीको अपनत्व ग्रहण गर्ने प्रतिवद्धता जाहेर गरेका मेयर सापकोटाले अघिल्लो कार्याकालका अपुरा योजनाहरु पनि पुरा गर्दै जाने बताउनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्