MDMS प्रणलीमा दर्ता भएको SMS आयो ?
“यो मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भएको छ” । नेपाल दुर सञ्चार प्राधिकरण । यस्तै मेसेज आयो होला आज तपाईको मोबाइलमा । र जसको मोबाइलमा यस्तो मेसेज आएको छ त्यो मोबाइल सेट ब्लक हुने छैन र जसकोमा यस्तो मेसेज आएको छैन त्यस्ता मोबाइल ब्लक पनि हुन सक्छ ।
नेपाल दुर सञ्चार प्राधिकरणले विहीबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागु गरेको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, विक्री विगरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी एवम् हराएका मोबाइल सेटको ट्रायाकिङ/ ब्लकिङ गरि नेपालभित्र त्यस्तो मोबाइल नचल्ने व्यवस्था गरिए अनुरुप यो एमडिएमएस प्रणाली लागु गरेको हो । यदपी भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वत एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाए अनुरुप अहिले यस्ता मेसेज आउन थालेको हो ।
३० भदौ पश्चात भने मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दुर सञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्नुपर्छ । यदि उक्त दर्ता भएको छैन भने त्यो मोबाइल ब्लक हुन सक्छ ।
त्यसैले पनि नेपाल दुर सञ्चार प्राधिकरणले आयातकर्ता एवम् विक्रेताहरुलाई मोबाइल आयात गर्नु अघि अनिवार्यरुपमा प्राधिकरणको स्वीकृत लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गर्न अनुरोध गरिएको छ ।
MDMS प्रणलीमा दर्ता भएको SMS आयो ?
