मेलम्ची । मेलम्ची नगरपालिकाले नगरभित्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानी विकास समितिसँगआग्रह गरेको छ । सोमवार मेलम्ची नगरपालिकामा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको हो ।
मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको छ । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।