मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण

मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण

शिक्षण अस्पतालमा उपचारत चौतारा साँगचोकगढी नगरपालिका ८, चिलाउनेका सुरेश नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
दुबै मृगौलाले काम गर्न छाडेपछि विगत लामो समयदेखि अस्पतालमा उपचारत नेपालीलाई सामाजिक अभियन्ता राजेश श्रेष्ठ प्रयास लगायतको टोलिले १ लाख ७१ हजार ९ सय ४२ रुपैयाँ निवासमा नै पुगि हस्तान्तरण गरिएको हो । चौतारा साँगाचाोकगढी घर भएका श्रेष्ठ रेडियो नेपालमा कार्यारत हुनुहुन्छ र उहाँको नेतृत्वमा नेपालीको जीवन रक्षाका लागि बचाऔं अभियान सञ्चालन हुँदै आएको छ ।
आर्थिक अवस्था कमजोर रहेको नेपालीको जीवन रक्षाका लागि बचाऔ अभियानमार्फत श्रेष्ठद्वारा संकलित १ लाख ७ हजार ३ सय नौ रुपैया ँ। अर्का अभियन्ता सन्तोष दंगालबाट ४० हजार ६० र रविकुमार बर्देवाबाट संकलित २४ हजार ५ सय त्रिहत्तर गरि जम्मा १ लाख ७१ हजार ९ सय ४२ रुपैयाँ हस्तान्तरण गरिएको अभियान्ता श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको मृगौला प्रत्यारोपण एवम् औषधोपचार गर्न निक्कै खर्च लाग्ने भएकाले थप सहयोगका लागि अभियान्त सन्तोष दंगालले सबैलाई आग्रह पनि गुर्न भएको छ । हामीले पहिलो चरणमा संकलित रकम हस्तान्तरण गरिसक्यौं तर पीडितको आर्थिक अवस्था ज्यादै नै नाजुक रहेको हुँदा थप सहयोगका लागि अपिल गर्दछु अभियान्ता दंगालले आग्रह गर्नुभयो ।
थप सहयोग गर्न चहानेहरुले फोन न ९८२३७६५६५८, ९७४२२६७६०६,९७६२२६५५०५, ९८१३५१५२०९,९८६१८४२४५१ सम्पर्क गरि वा सुरेश नेपालीको कृषि विकास बैंकको खातामा न ०२१३५०५२१५६२००१६ जम्मा गरि सहयोग गर्न सकिने पनि अभियान्त श्रेष्ठले जानकारी दिनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्