यस्तो बन्दै छ जुगल गाउँपालिकाको प्रवेशद्वार(टेण्डरको सूचनासहित)

कलात्मक र सुन्दर प्रवेशद्वारले जुगल गाउँपालिकालाई थप पहिचान दिने अध्यक्ष स्याङ्बोको विश्वास छ ।


चौतारा । जिल्लाकै कर्णाल भनेर चिनिने जुगल गाउपालिका प्रवेशका लागि भव्य द्वार बन्ने भएको छ । गाउँपालिकाले आज एक टेण्डर आव्हान गरेपछि गाउँपालिका प्रवेश द्वार बन्न लागेको हो ।

प्रवेशद्वार निर्माणार्थ सूचना


५७ लाख ७ हजार पाँचसय उनानब्बे बराबर लागतको टेण्डर आव्हान भएको जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङबोले जानकारी दिनु भयो ।
बलेफी र जुगलको सीमाना ढाडेको पुल छिचोलिसकेपछि वडा न ५ को सीमानामा सो पुल बन्ने छ । कलात्मक र सुन्दर प्रवेशद्वारले जुगल गाउँपालिकालाई थप पहिचान दिने अध्यक्ष स्याङ्बोको विश्वास छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्