मेलम्ची । मेलम्ची नगरपालिका ९ ज्यामिरेमा गाई चोरी गरि हत्या गरिएको छ । ज्यामिरेका रामचन्द्र गिरीको गोठमा बाँधिरहेको गाई चोरी गरि हत्या गरिएको प्रहरीले जनाएको छ । शनिबार बेलुका गोठमा बाँधेर छोडेको गाई बिहान खोलेपानि गर्न जाँदा नभएपछि गिरी सहित स्थानियले गाईको पाइला पछ्याउँदै खोजि गरेका थिए ।खोजि गर्ने क्रममा ज्यामिरे डबल्याङ नजिकै जंगलमा गाई काटेको फेला पारेपछि स्थानियले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा मासुका टुक्रा, हसियाँ लगायको बस्तु भेटिएको गाईधनी गिरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक नवराज सापकोटाले घटनाको स्थलगत रुपमा अनुसन्धान…
Author: बिसौनी
सुनकोसी गाउँपालिकाद्वारा स्वास्थ्य शिविरसँगै निशुल्क औषधी वितरण
औषधी उपलब्ध गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनुभयो । खाडीचौर । सुनकोशी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरुवात गरेको छ । सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी वितरण गरेको हो । सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । दिर्घरोगीहरुलाई उहाँहरुले सेवन गर्दे आउनु भएको औषधी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गर्नु भएको हो ।गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत्त स्वास्थ्य शिबिरसमेत आयोजना…
प्रेस सेन्टरको आयोजनामा पत्रकारिता तालिम सुरु
निर्मल बस्नेत/ चौतारा(१७ चैत्र २०७९)प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले पत्रकारिता तालिम संचालन गरेकाे छ । २ दिनसम्म चल्ने उद्यमशीलता एवम् बिकास पत्रकारीता तालिम चाैतारामा शुक्रबारबाट सुरु भएको हो ।चाैतारा साँगाचाेकगढी नगरपालिकाे सहयाेगमा संचालित तालिमको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्दै नयाँ व्यक्तिहरुले नयाँ अनुभव र सिकाईकासाथ पत्रकारीता क्षेत्रमा उभार ल्याउन आग्रह गरे । उनले तालिममा सहभागीहरुलाई नयाँपनसहित खाेजमुलक र शिक्षामूलक सन्देश प्रवाहकाे लागि शुभकामना व्यक्त गरे ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुकाे खडेरी परेकाे बखत तालिममा महिला सहभागीता रहेकाेमा खुसि व्यक्त गरे । उनले सहभागि मध्ये १०…
पत्रकार जीवन कुँवर उत्कृष्ट युवा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत
काठमाडौँ – नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य जीवन कुँवरलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको छ ।रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार १५ हजार रुपैयाँ राशीसहित उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुँवरलाई प्रदान गर्नु भएको हो । एक दशक लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय कुँवरले जनतालाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै रिपोर्टर्स क्लबले उक्त पुरस्कार दिएको सभापति ऋषि धमलाले बताउनु भएको छ । ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६, पीपलडाँडाका कुँवरले जिल्लाबाट प्रकाशित सिन्धु संग्राम साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्दै, सिन्धु पत्रिका,…
सुनकोसी गाउँपालिकाले निशुल्क औषधि वितरण गर्दै
खाडीचौर । स्वस्थ नागरिक नै सुखी नागरिक हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकले आफ्ना नागरिकहरूका लागि निःशुल्क औषधी वितरण गरिने भएको छ ।सुनकोशी गाउँपालिकाले भोलि शुक्रबारबाट निःशुल्क औषधी वितरण कार्यक्रम संचालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले जानकारी दिनुभएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गरिन लागेको हो । गाउँपालिकाभित्रका सम्पूर्ण वडामा निःशुल्क औषधी वितरण गरिने छ ।निशुल्क औषधि वितरण कार्यक्रम भोलि बिहान १० बजेबाट सुनकोशी गाउँपालिका, सुनखानीस्थित वडा न ५ को कार्यालयबाट औपचारिकरुपमा सुरुवात हुनेछ । बिसौनीbisouni.com
घरघरमा धारा बनेपछि हुन्द्रुङबासी खुसी
खानेपानी आयोजनामा २१ घरधुरीका ४७ महिला र ६८ पुरुष गरि १ सय १५ जना र वालकल्याण आधारभूत विद्यालयका ३९ बिद्यार्थी र ५ जना शिक्षकहरु लावान्वित भएका छन् । चौतारा (१५ चैत्र २०७९) चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयले गाग्री बोकेर पधेरा धाउन नपर्ने भएको छ । उनिहरुले सदैव खानेपानीको लागि बस्ती नजिकैको छाँगाखोला धाउने गरेका थिए । अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्नेे दिन अन्त्य भएकोमा उनिहरु खुसी भएका छन् । ६५ बर्षिया बुद्धिमाया घले भन्छिन् “काँधमा बच्चा र आङमा पानीको गाग्रा बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको…
राष्ट्रिय रोड रेसिङ प्रतियोगितामा चौताराका युकेश थापा सेकेण्ड रनरअप हुन सफल
रेसिङ फिल्डबाट नै आफ्नो गाउँ र सिंगो राष्ट्रको नाम विश्वभरि फैलाउने आफनो उदेश्य भएको थापाले बताउनु भयो । चौतारा । राष्ट्रिय रोड रेसिङ प्रतियोगितामा सिन्धुपाल्चोकका युकेश थापा सेकेण्ड रनरअप हुन सफल हुनु भएको छ ।मार्च २५ र २६ तारिखमा पोखरामा आयोजिता नेशनल रोड रेसिङ च्याम्पेनशिप २०२३ मा सहभागी हुनु भएका चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ हाल वडा न ५ का थापा सकेण्ड रनरअप हुन सफल हुनु भएको हो ।नेपाल रोड रेसिङ च्याम्पेनशिप सिजन वानद्वारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा थापाले रु ४४ हजारको चेक र ट्रफि हात पार्नु भयो ।प्रतियोगिताको…
डक्टर पढ्दै गरेकी सिन्धु चेली बनिन् मिस तामाङ वल्ड
भाषा संस्कृति देशको पहिचान भएको र कसैले पनि आफ्नो मातृभाषा भूल्न नहुने उहाँ बताउनु हुन्छ । पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको बताउँदै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो । चौतारा । त्यसो उहाँको इच्छा डक्टर बन्ने । सोही अनुसारको अध्ययनमा व्यस्त तर मिस तामाङ वल्ड २०२२ मा सहभागि बन्न सिलगुडी पुग्नु भएकी सिन्धु चेली नमूना तामाङ अन्तत मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनु भयो ।१८ प्रतिस्पर्धीमध्य सिन्धुृपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १० की १९ वर्षिय तामाङले भारतको…
पत्रकारिता क्षेत्रको प्रबर्द्धनमा नगरले सहयोग गर्छ : मेयर तामाङ
पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । चिसापानी । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले पर्यटन पत्रकारिताको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्द्ता जनाउनु भएको छ ।आज सिन्धुपाल्चोक र नुवाकोटको सिमामा पर्ने चिसापानीमा सन्चालित पर्यटन पत्रकारिता तालिमको समापन गर्दै नगर प्रमुख तामाङले पर्यटन आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताउनुभयो । पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि…
राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगरको सभापतिमा सानुमाया श्रेष्ठ
बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सानुमाया श्रेष्ठको अध्यक्षतामा बाह्रबिसे नगर कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमशः साङ्बो तामाङ , पासतेम्बा शेर्पा र सुजल श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा नारायण बहादुर प्रधान, सम्देन शेर्पा , सन्तोष श्रेष्ठ , गणेशबहादुर श्रेष्ठ , केशव भण्डारी र बुद्धिबहादुर शेर्पा चयन भएका छन् । भेला केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले उद्घाटन गर्नु भएको थियो । बिसौनीbisouni.com
