रेसिङ फिल्डबाट नै आफ्नो गाउँ र सिंगो राष्ट्रको नाम विश्वभरि फैलाउने आफनो उदेश्य भएको थापाले बताउनु भयो । चौतारा । राष्ट्रिय रोड रेसिङ प्रतियोगितामा सिन्धुपाल्चोकका युकेश थापा सेकेण्ड रनरअप हुन सफल हुनु भएको छ ।मार्च २५ र २६ तारिखमा पोखरामा आयोजिता नेशनल रोड रेसिङ च्याम्पेनशिप २०२३ मा सहभागी हुनु भएका चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ हाल वडा न ५ का थापा सकेण्ड रनरअप हुन सफल हुनु भएको हो ।नेपाल रोड रेसिङ च्याम्पेनशिप सिजन वानद्वारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा थापाले रु ४४ हजारको चेक र ट्रफि हात पार्नु भयो ।प्रतियोगिताको…
Author: बिसौनी
डक्टर पढ्दै गरेकी सिन्धु चेली बनिन् मिस तामाङ वल्ड
भाषा संस्कृति देशको पहिचान भएको र कसैले पनि आफ्नो मातृभाषा भूल्न नहुने उहाँ बताउनु हुन्छ । पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको बताउँदै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो । चौतारा । त्यसो उहाँको इच्छा डक्टर बन्ने । सोही अनुसारको अध्ययनमा व्यस्त तर मिस तामाङ वल्ड २०२२ मा सहभागि बन्न सिलगुडी पुग्नु भएकी सिन्धु चेली नमूना तामाङ अन्तत मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनु भयो ।१८ प्रतिस्पर्धीमध्य सिन्धुृपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १० की १९ वर्षिय तामाङले भारतको…
पत्रकारिता क्षेत्रको प्रबर्द्धनमा नगरले सहयोग गर्छ : मेयर तामाङ
पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । चिसापानी । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले पर्यटन पत्रकारिताको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्द्ता जनाउनु भएको छ ।आज सिन्धुपाल्चोक र नुवाकोटको सिमामा पर्ने चिसापानीमा सन्चालित पर्यटन पत्रकारिता तालिमको समापन गर्दै नगर प्रमुख तामाङले पर्यटन आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताउनुभयो । पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि…
राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगरको सभापतिमा सानुमाया श्रेष्ठ
बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सानुमाया श्रेष्ठको अध्यक्षतामा बाह्रबिसे नगर कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमशः साङ्बो तामाङ , पासतेम्बा शेर्पा र सुजल श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा नारायण बहादुर प्रधान, सम्देन शेर्पा , सन्तोष श्रेष्ठ , गणेशबहादुर श्रेष्ठ , केशव भण्डारी र बुद्धिबहादुर शेर्पा चयन भएका छन् । भेला केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले उद्घाटन गर्नु भएको थियो । बिसौनीbisouni.com
अर्को चुनावमा देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बज्ने छ – सांसद सोबिता गौतम
सबैसँग समदुरी राख्दै पार्टीका एजेण्डाहरु पुरा गर्नका लागि रास्वपाले सरकार समर्थनको उचित निर्णय लिएको बताउनु भयो । “हामी विचारमा स्वतन्त्र छौं तर पनि पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगिकार गर्दै सदनबाट सरकारलाई उत्तरदायित्व बनाउन पनि हामी सधैं तत्पर छौं ”सांसद गौतमले भन्नु भयो “सिक्दै र गर्दै गएको परिवेश भएको कारण अलि गाह्रो छ, फेरि पनि जनताको एजेण्डाबाट हामी कहिल्यै पनि विमुख हुने छैनौं ” । बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले अर्को निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी मूलुकको पहिलो पार्टी हुने दावी गर्नु भएको छ ।…
मेयर सापकोटाद्वारा विद्युतीय फिल्टर धारा उद्घाटन
मेयर सापकोटाद्वारा फिल्टर जडित धारा उद्घाटन ( १० चैत्र २०७९) चौतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा नगरका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमका बिच बिद्युतीय फिल्टर जडित धाराकाे उद्घाटन गरेका छन् ।उक्त कार्यक्रममा बाेल्दै मेयर सापकोटाले एउटै मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दै उनले भने देख्दा थाेरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बाेकेकाे छ । मेयरले बिद्यालयमा युवाहरूकाे जाेस जाँगर र सवैकाे समान धारणा बिकास भएकाे पाएँ । अझै समाजकाे चेतनशीलहरुकाे पहलमा शिक्षकहरुले याेजना वनाएर समृद्ध नगर बनाउन सहयाेग…
सिन्धुपाल्चोक र नुवाकोटको साँधमा पत्रकारिता तालिम
नुवाकोट । सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिम सुरु भएको छ । पर्यटन पत्रकारितामार्फत समग्र राष्टकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने हेतुले नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिको आयोजनामा दुई दिने पर्यटन पत्रकारिता तालिम शुक्रबारबाट सुरु भएको हो । तालिमकाे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गर्नुभयो । त्यसक्रममा अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार…
स्याउलेमा “एक घर एक धारा ” योजना पुरा ।
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेमा एक ”“घर एक, एक घारा” योजना सम्पन्न भएको छ ।१६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान भएपछि स्याउलेमा सञ्चालित एक घर एक धारा योजना सम्पन्न भएको हो । स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेपछि आज चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच एक घर एक धाराको उद््घाटन तथा समुदायलाई हस्तान्तरण गर्नुभयो ।सो अवसरमा नगरबासीलाई स्वच्छ खानेपानीको पहँुचमा पु¥याउन आफूले गरेको संकल्पको सुरुवात स्याउलेबाट सुुरु भएको मेयर सापकोटाले बताउनु भयो ।आगामी पाँच वर्षभित्र सबै नगरबासीहरुलाई खानेपानीको पहुँचमा पु¥याउने आफ्नो संकल्प रहेका बताउँदै…
इन्द्रावतीले दियो प्रहरीलाई मोटरसाइकल
नवलपुर । इन्द्रावती गाँउपालिकाले इलाका प्रहरी कार्यालय नवलपुरलाई दुईवटा मोटरसाइकल सहयोगस्वरुप उपलब्ध गराएको छ ।बुधबार इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत इटनीलाई १५० सिसिको दुईवटा पल्सर माेटरसाइकल र साेकाे ब्लुबुक, साँचो हस्तान्तरण गर्नु भएको हो । आम नागरिककाे जीउधनको रक्षा र सामाजिक सद्भाव कायम राख्न चाैबिसै घण्टा खटिने प्रहरीलाई छिटाे छरितोरुपमा कार्य सम्पादन गर्न सहज हाेस भन्ने उदेश्यले सवारीसाधन प्रदान गरिएको अध्यक्ष नेपालले बताउनुभयो । । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अधिकृत पुष्पराज न्याैपाने, प्रहरी नायब निरीक्षक कुमार चाैलागाँई लगायतका अधिकारीहरुकाे उपस्थिति रहेको थियोे ।…
चौताराका अधिकाँश आँखा रोगीहरु धामीकहाँ धाउँछन्
आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । एक तथ्याङ्क अनुसार सदरमुकाम चौताराका अधिकाँश आँखा रोगीहरु झारफुकमा नै विश्वास गर्ने गरिएको देखिएको छ ।चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुका टोलिले गरेको एक सर्वेक्षण अनुसार आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजि विभाग महारागञ्ज मेडिकल क्याम्पस, चिकित्सा शास्त्रमा अध्ययनरत ब्याचुलर अफ अप्टोमेट्री एकाइसौ ब्याचका विद्यार्थीहरुले सदरमुकाम चौतारामा ३०० घरधुरीमा शारिरीक, मानसिक र आँखा स्वास्थ्यको अवस्था बारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरुले अधिकाँशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक…
