प्रेस सेन्टरको आयोजनामा पत्रकारिता तालिम सुरु


निर्मल बस्नेत/ चौतारा
(१७ चैत्र २०७९)
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले पत्रकारिता तालिम संचालन गरेकाे छ । २ दिनसम्म चल्ने उद्यमशीलता एवम् बिकास पत्रकारीता तालिम चाैतारामा शुक्रबारबाट सुरु भएको हो ।
चाैतारा साँगाचाेकगढी नगरपालिकाे सहयाेगमा संचालित तालिमको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्दै नयाँ व्यक्तिहरुले नयाँ अनुभव र सिकाईकासाथ पत्रकारीता क्षेत्रमा उभार ल्याउन आग्रह गरे । उनले तालिममा सहभागीहरुलाई नयाँपनसहित खाेजमुलक र शिक्षामूलक सन्देश प्रवाहकाे लागि शुभकामना व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुकाे खडेरी परेकाे बखत तालिममा महिला सहभागीता रहेकाेमा खुसि व्यक्त गरे । उनले सहभागि मध्ये १० प्रतिशत सक्रिय पत्रकारीता अाए आफुले महासंघको तर्फबाट सहयाेग गर्ने प्रतिबद्धता जनाए ।
तालिममा नगरभरीका ४४ जना सहभागि रहेकाे प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका अध्यक्ष सुन्दर शिरिषले जानकारी दिए । उनका अनुसार पुरानाहरुले पत्रकारीता छाडदै गएकाले नयाँ उत्पादन गर्न तालिमकाे आयाेजना गरिएकाे बताए ।

सिफारिस

प्रतिकृया दिनुहोस्