पत्रकार जीवन कुँवर उत्कृष्ट युवा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

काठमाडौँ – नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य जीवन कुँवरलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार १५ हजार रुपैयाँ राशीसहित उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुँवरलाई प्रदान गर्नु भएको हो ।

एक दशक लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय कुँवरले जनतालाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रिपोर्टर्स क्लबले उक्त पुरस्कार दिएको सभापति ऋषि धमलाले बताउनु भएको छ । ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६, पीपलडाँडाका कुँवरले जिल्लाबाट प्रकाशित सिन्धु संग्राम साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्दै, सिन्धु पत्रिका, अन्नपूर्ण पोष्ट दैनिक,खबर डवली हुँदै हाल इकागजका डेस्क कोअर्डिनेटरको रुपमा कार्यरत हुनुहुन्छ ।

कुँवरसँगै रिपोर्टर्स क्लब नेपाल विभिन्न विधामा दर्जन बढी पत्रकारलाई पुरस्कृत गरेको छ । एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ ।

यस्तै, तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवम् न्यू विजनेश एज (मासिक) का प्रधान सम्पादक मदन लम्साललाई प्रदान गरिएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्