सिन्धु अन्तराष्ट्रिय समाज गठन : विश्वभरका सिन्धुपालचोके एक हुने

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने चौतारा ।‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ । चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य राखेको छ । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका बारे भने ‘सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै…

एमालेको मिशन ग्रासरूट कार्यक्रममा चार ब्यक्तित्व सम्मानित

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा राजनीतिक,सामाजिक र शैक्षिक क्षेत्रका चार ब्यक्तित्वलाई सम्मान गरिएको छ ।पूर्व प्रतिनिधिसभा सदस्य कृष्णराज श्रेष्ठ, समाजसेवी रामबहादुर कार्की, माधवलाल कर्माचार्य र पूर्व शिक्षक नरबहदुर मास्केलाई नेकपा एमाले चौतारा साँगचोकगढी वडा न ५ को कमिटीले सम्मान गरेको हो ।नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाड नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी…

सुनकोसीले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने

खाडीचौर ।सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो ।गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको छ ।गाउँपालिका भित्र रहेको सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय…

बैशाख १८ बाट तातोपानी नाका पूर्णरुपमा खुल्ने

बैशाख १८ गतेदेखि पूर्ववतरुपमा नै खुल्ने भयो तातोपानी नाका ।चौतारा । कहिले बन्द त खुल्दै आएको उत्तरी तातोपानी नाका अन्ततः पूर्णरुपले सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि तातोपानी नाका बैशाख १८ गतेदेखिपूर्ववतरुपमा नै सञ्चालनमा आउने भएको हो । सहमति अनुसार रसुवा केरुङ नाका भने चैत १८ बाट सन्चालनमा आइसकेको छ । दुई पक्षबीच भएको छलफलपछि नेपाली बाणिज्यमहादुतावासले जारी गरेको बिज्ञप्तिमा दुबै पक्ष तातोपानी र केरुङ नाका सञ्चालनमा सहमति भएको उल्लेख गरिएको छ । तिब्बतको ल्हासामा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी…

चोरी पश्चात हत्या

मेलम्ची । मेलम्ची नगरपालिका ९ ज्यामिरेमा गाई चोरी गरि हत्या गरिएको छ । ज्यामिरेका रामचन्द्र गिरीको गोठमा बाँधिरहेको गाई चोरी गरि हत्या गरिएको प्रहरीले जनाएको छ । शनिबार बेलुका गोठमा बाँधेर छोडेको गाई बिहान खोलेपानि गर्न जाँदा नभएपछि गिरी सहित स्थानियले गाईको पाइला पछ्याउँदै खोजि गरेका थिए ।खोजि गर्ने क्रममा ज्यामिरे डबल्याङ नजिकै जंगलमा गाई काटेको फेला पारेपछि स्थानियले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा मासुका टुक्रा, हसियाँ लगायको बस्तु भेटिएको गाईधनी गिरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक नवराज सापकोटाले घटनाको स्थलगत रुपमा अनुसन्धान…

सुनकोसी गाउँपालिकाद्वारा स्वास्थ्य शिविरसँगै निशुल्क औषधी वितरण

औषधी उपलब्ध गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनुभयो । खाडीचौर । सुनकोशी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरुवात गरेको छ । सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी वितरण गरेको हो । सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । दिर्घरोगीहरुलाई उहाँहरुले सेवन गर्दे आउनु भएको औषधी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गर्नु भएको हो ।गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत्त स्वास्थ्य शिबिरसमेत आयोजना…

प्रेस सेन्टरको आयोजनामा पत्रकारिता तालिम सुरु

निर्मल बस्नेत/ चौतारा(१७ चैत्र २०७९)प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले पत्रकारिता तालिम संचालन गरेकाे छ । २ दिनसम्म चल्ने उद्यमशीलता एवम् बिकास पत्रकारीता तालिम चाैतारामा शुक्रबारबाट सुरु भएको हो ।चाैतारा साँगाचाेकगढी नगरपालिकाे सहयाेगमा संचालित तालिमको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्दै नयाँ व्यक्तिहरुले नयाँ अनुभव र सिकाईकासाथ पत्रकारीता क्षेत्रमा उभार ल्याउन आग्रह गरे । उनले तालिममा सहभागीहरुलाई नयाँपनसहित खाेजमुलक र शिक्षामूलक सन्देश प्रवाहकाे लागि शुभकामना व्यक्त गरे ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुकाे खडेरी परेकाे बखत तालिममा महिला सहभागीता रहेकाेमा खुसि व्यक्त गरे । उनले सहभागि मध्ये १०…

पत्रकार जीवन कुँवर उत्कृष्ट युवा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

काठमाडौँ – नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य जीवन कुँवरलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको छ ।रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार १५ हजार रुपैयाँ राशीसहित उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुँवरलाई प्रदान गर्नु भएको हो । एक दशक लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय कुँवरले जनतालाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रिपोर्टर्स क्लबले उक्त पुरस्कार दिएको सभापति ऋषि धमलाले बताउनु भएको छ । ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६, पीपलडाँडाका कुँवरले जिल्लाबाट प्रकाशित सिन्धु संग्राम साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्दै, सिन्धु पत्रिका,…

सुनकोसी गाउँपालिकाले निशुल्क औषधि वितरण गर्दै

खाडीचौर । स्वस्थ नागरिक नै सुखी नागरिक हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकले आफ्ना नागरिकहरूका लागि निःशुल्क औषधी वितरण गरिने भएको छ ।सुनकोशी गाउँपालिकाले भोलि शुक्रबारबाट निःशुल्क औषधी वितरण कार्यक्रम संचालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले जानकारी दिनुभएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गरिन लागेको हो । गाउँपालिकाभित्रका सम्पूर्ण वडामा निःशुल्क औषधी वितरण गरिने छ ।निशुल्क औषधि वितरण कार्यक्रम भोलि बिहान १० बजेबाट सुनकोशी गाउँपालिका, सुनखानीस्थित वडा न ५ को कार्यालयबाट औपचारिकरुपमा सुरुवात हुनेछ । बिसौनीbisouni.com

घरघरमा धारा बनेपछि हुन्द्रुङबासी खुसी

खानेपानी आयोजनामा २१ घरधुरीका ४७ महिला र ६८ पुरुष गरि १ सय १५ जना र वालकल्याण आधारभूत विद्यालयका ३९ बिद्यार्थी र ५ जना शिक्षकहरु लावान्वित भएका छन् । चौतारा (१५ चैत्र २०७९) चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयले गाग्री बोकेर पधेरा धाउन नपर्ने भएको छ । उनिहरुले सदैव खानेपानीको लागि बस्ती नजिकैको छाँगाखोला धाउने गरेका थिए । अहिले घरघरमा धारा निर्माण भएपछि  टाढासम्म जानुपर्नेे दिन अन्त्य भएकोमा उनिहरु खुसी भएका छन् । ६५ बर्षिया बुद्धिमाया घले भन्छिन् “काँधमा बच्चा र आङमा पानीको गाग्रा बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको…