समयमै एकमुष्ट सबै योजना सम्झौता गरिदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानीयको भनाई छ । मेलम्ची । हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगेर उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ५ का योजनाहरूको नगरबाट सम्बन्धित वडा कार्यालयमै पुगेर अनलाइन सिस्टम बाट उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको योजना शाखाका प्रमुख रामकुमार…
Author: बिसौनी
अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखियो : सांसद सापकोटा
करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने परम्परा अन्त्य गरिनु पर्नेमा जोड दिएका हुन् । २३ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखिएको बताएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै सासद सापकाेटाले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक…
रत्नराज्य मावि, जुगलको टिसर्टसहित मानव कंकाल फेला
दोलखा । दोलखाको कालिन्चोकमा मानव कङ्काल फेला परेको छ । कालिञ्चोक गाउँपालिका वडा नं. १ को ३ हजार मिटरको उचाईमा पर्ने भैसे पात्लेखोलाको शिरमा बेवारिसे अवस्थामा मानव कङ्काल भेटिएको हो । मानव कङ्कालसंगै सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित रत्न राज्य मा.वि. चनौटेको टिसर्ट पनि फेला पारेको छ । मानव कङ्काललाई पोष्ट्मर्टमका लागि चरिकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार रत्नराज्य मावि, जुगल गाउँपालिका ५ चनाैटे, सिन्धुपापाल्चाेक लेखिएको नीलो रंगको टिर्सट र पानीबुट पनि कंकालसँगै भेटिएको छ । (फोटो ः जन्मभूमि पोष्ट) बिसौनीbisouni.com
विद्यालय व्यवस्थापन समिति महासंघको राष्ट्रिय सम्मेलन:उपाध्यक्षसहित सिन्धुका ३ जना निर्वाचित
समितिकाहरुको पहिलोपटक भएको सम्मेलनले समुदायिक विद्यालयहरुमा उल्लेखनीय सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । चौतारा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको राष्टिय सम्मेलनबाट सिन्धुपाल्चोकका ३ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।कठमाण्डौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा चैत २१ र २२ गते भएको सम्मेलनबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा ६ स्थित श्री सिद्धिकमला माध्यमिक विद्यालय, व्यवस्थाप समितिका अध्यक्ष सोम सापकोटा समितिको केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।त्यस्तै मेहेन्द्र कान्ति माध्यमिक विद्यालय, कालिकाकाकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मञ्जु भण्डारी केन्द्रीय महिला सचिवमा निर्वाचित हुनु भएको छ । जिल्लाकै जेठा विद्यालय श्री कृष्ण…
एम्बुलेन्स मर्मत नहुँदा बिरामी मर्कामा
स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था भने नाजुक छ ।१०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन । त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधै सास्ती भोग्नुपरेको छ । कमला पाख्रिन / चौतारा । सिन्धुपाल्चोकका १२ स्थानीय तह र स्वास्थ्य एकाइ सबैसँग एम्बुलेन्स रहेका छ्न । तर सबै सञ्चालनमा भने छैनन् ।इन्जिनमा समस्या आएका कारण बिग्रिएर थन्किएका एम्बुलेन्सहरु समयमै मर्मत नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको छ ।जिल्लाका आधा दर्जनभन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको बर्षौं सक्दा…
रंगशाला निर्माणमा ढिलासुस्ती ः खेलाडी आफैले तयार गरे खेलमैदान
खेलमैदान नहुँदा यहाँका खेलाडीहरुले कहिले स्याउले, इर्खु त कहिले लामोसाँघुकोस्थित बसन्तपुर खेलमैदानसम्म पुगेर अभ्यास गर्ने गरेका छन् । खासगरि सी डिभिजन फूटबल छनौट प्रतियोगितामा वस्र्योनी सहभागि हुँदै आएको चौतारा स्र्पोटिङ क्लबका खेलाडीलाई अभ्यास गर्न नै धौ धौ पर्दै आएको छ । यसक्रममा क्लबका खेलाडीहरुलाई लामोसाँघुसम्म लगेर अभ्यास गराउँदा समय अपुग मात्र हैन अनावश्यक खर्च पनि व्यहोर्नु परेको तीतो अनुभव क्लबका पदाधिकारीहरुको छ । चौतारा । सदरमुकाम चौतारास्थित निर्माणधिन रंगशालाभित्र सेभेन ए साइड मापदण्ड अनुसारको मैदान तयार भएको छ । मिनि रंगशालाको निर्माण कार्य ढिलासुस्ती भएपछि चौतारा स्पोर्टिङ क्लबको अगुवाईमा खेल…
सिन्धु अन्तराष्ट्रिय समाज गठन : विश्वभरका सिन्धुपालचोके एक हुने
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने चौतारा ।‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ । चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य राखेको छ । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका बारे भने ‘सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै…
एमालेको मिशन ग्रासरूट कार्यक्रममा चार ब्यक्तित्व सम्मानित
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा राजनीतिक,सामाजिक र शैक्षिक क्षेत्रका चार ब्यक्तित्वलाई सम्मान गरिएको छ ।पूर्व प्रतिनिधिसभा सदस्य कृष्णराज श्रेष्ठ, समाजसेवी रामबहादुर कार्की, माधवलाल कर्माचार्य र पूर्व शिक्षक नरबहदुर मास्केलाई नेकपा एमाले चौतारा साँगचोकगढी वडा न ५ को कमिटीले सम्मान गरेको हो ।नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाड नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी…
सुनकोसीले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने
खाडीचौर ।सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो ।गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको छ ।गाउँपालिका भित्र रहेको सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय…
बैशाख १८ बाट तातोपानी नाका पूर्णरुपमा खुल्ने
बैशाख १८ गतेदेखि पूर्ववतरुपमा नै खुल्ने भयो तातोपानी नाका ।चौतारा । कहिले बन्द त खुल्दै आएको उत्तरी तातोपानी नाका अन्ततः पूर्णरुपले सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि तातोपानी नाका बैशाख १८ गतेदेखिपूर्ववतरुपमा नै सञ्चालनमा आउने भएको हो । सहमति अनुसार रसुवा केरुङ नाका भने चैत १८ बाट सन्चालनमा आइसकेको छ । दुई पक्षबीच भएको छलफलपछि नेपाली बाणिज्यमहादुतावासले जारी गरेको बिज्ञप्तिमा दुबै पक्ष तातोपानी र केरुङ नाका सञ्चालनमा सहमति भएको उल्लेख गरिएको छ । तिब्बतको ल्हासामा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी…
