टिकटक भाइरल बनाउने हो ? यस्तो गर्नुहोस :

काठमाडौं । यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा भाइरल बन्न चाहनुहुन्छ भने त्यसका लागि यस्तो गर्नुहोस् ।

१) ह्यासट्यागको प्रयोग गर्नुहोस् स् टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ ।

२) भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् स् तपाईंलाई यदि टिकटकमा आफ्नो भिडियोलाई अझै प्रभावकारी बनाउने मन छ भने टिकटकमा उपलब्ध तमाम खालका फिल्टर तथा इफेक्टहरुको प्रयोग गर्न सक्नुहुन्छ । यस्ता फिल्टर तथा इफेक्टले टिकटक भिडियोलाई थप सिर्जनात्मक र प्रभावशाली बनाउन सहयोग गर्छन् । भिडियोमा फिल्टर तथा इफेक्ट हाल्न स्क्रिनमा देखिने ँष्तिभचक तथा भाभअतक बटनमा थिचेर आफूलाई मनपर्ने प्रकार छान्न सकिन्छ ।

३) भिडियोमा स्टिकर तथा टेक्स्ट थप्नुहोस् स् तपाईंले टिकटकमा अपलोड गर्ने भिडियोका बारेमा जति प्रष्टसँग जानकारी दिनुभयो दर्शकलाई उति नै फाइदा पुग्छ । त्यसैले आफ्नो टिकटक भिडियोलाई धेरैभन्दा धेरैले हेरुन् वा जानकारीमूलक होस् भन्ने चाहनुहुन्छ भने त्यसमा टेक्स्ट तथा स्टिकर थप्न सक्नुहुन्छ । सन्दर्भका बारेमा जानकारी दिन, क्याप्सन हाल्न तथा कुनै सन्देश प्रवाह गर्न तपाईंले टेक्स्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै भिडियोलाई फन्नी बनाउन वा विषयवस्तुसँग मिल्ने सिर्जनात्मक कुरा थप्न स्टिकर राख्न सकिन्छ ।

४) ड्वेट फिचरको प्रयोग गर्नुहोस् स् टिकटक प्लेटफर्ममा आफ्नो एक्सपोजर बढाउन अन्य टिकटक प्रयोगकर्तासँगको सहकार्य निकै महत्वपूर्ण हुन्छ । अरु प्रयोगकर्तासँग सहकार्य गर्दा उसका दर्शकलाई पनि आफूतिर तान्ने र नयाँ फलोअर्स थप्ने मौका हुन सक्छ । टिकटकमा खासगरी ड्वेट तथा रियाक्सन भिडियो बनाएर अन्य प्रयोगकर्तासँग सहकार्य गर्न सकिन्छ । टिकटकको म्गभत फिचरको सहयोगमा कुनै पनि अरु प्रयोगकर्तासँग स्क्रिन विभाजित गरेर युगल भिडियो बनाउन सकिन्छ । खासगरी रियाक्सन भिडियो, कमेडीका साथै कुनै सांगीतिक भिडियो तयार गर्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले ड्वेट बनाउन चाहेको भिडियोमा गएर म्गभत बटनमा ट्याप गरेर आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ ।

एजेन्सी

सिफारिस

प्रतिकृया दिनुहोस्