समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया ।साँगाचोक । समावेशी शिक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्गता भएका बालबालिकालाई बिधालयको पहुँच बढाउँदै समाबेशी शिक्षालाई ब्यवस्थित गर्ने उदेश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ, सिन्धुपाल्चोकको आयोजना र सम नेपाल काठमाडौको सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो ।जनजागृती मावी साँगाचोकमा भएको कार्यक्रममा १४ जना शिक्षक/शिक्षिकाको उपस्थित रहेको संघकी अध्यक्ष जानकी श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रममा सम नेपालकी सुशीला श्रेष्ठले अपाङ्गताका पहिचान, प्रकार, कारण, पुनर्स्थापना र समावेशी शिक्षा र चुनौति विषयमा प्रशिक्षण दिनु भएको थियो । बिसौनीbisouni.com
Author: बिसौनी
लामावगरको अवरोध हट्यो
लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै आयोजनाको बाँधस्थल जाने बाटो खुलेको छ । लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । स्थानीय र आयोजनाबीच जग्गाको क्षतिपुर्ति तत्काल उपलब्ध गराउने, जग्गा फुकुवा गर्ने, तथा लामावगर स्वास्थ्य चौकीलाई भवन उपलब्ध…
पाँच पोखरी डायरी: एक्लै हिँड्दा भेटिएका पाँच छाया
यात्रा लत हो, नशा हो। यात्रा एक मादकता। एक मोह।.. क्रमभंगता। अझ पदयात्रा? यो एउटा कुख्यात लत भन्छु म। खैर, लत जे सुकैको होस्, लागेपछि गाह्रो बनाउनु स्वाभाविक हो। हुन त, कहिलेकाहीँ आफूलाई गाह्रो बनाउनु पनि थेरापी हो। उसो त म परपीडक भन्दा पनि स्वपीडक हुँ। पदयात्रा पनि एक स्वपीडन हो। यद्यपि, जान अन्जानमा परपीडक पनि भए हुँला। एउटा स्वपीडनको बोधार्थ मनोभाव। साथीहरूसँगको योजनामा रहेको पाँचपोखरी पदयात्राले आफैंमा असफलता पाउनु र नेपाल सरकारले सोलो ट्रेकमा बन्देज लगाउनुले केही हतोत्साहित बनाएको त पक्का हो। तर, यसपटक म पछाडि हट्नेवाला थिइनँ। कोही…
उठ्दै कृष्ण मन्दिर !
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित ११४ वर्षपुरानो कृष्ण मन्दिर पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ढलेको चौतारा पूरानो बजारस्थित कृष्ण मन्दिर ढलेको ७ बर्ष पछि बन्न सुरु भएको हो ।पुरातत्व विभाग काठमाडौंले बजेटको विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते शिलान्यास गर्नु भएको थियो ।२०६४ सालमा निर्माण गरिएको कृष्ण मन्दिर पुरानै ढाँचा र शैलीमा बन्ने भएको छ ।पुरातत्त्व विभागले विनियोजित रकम रु १ करोड ३० लाखमा मन्दिर पुनर्निर्माण हुने वरिष्ठ पत्रकार सुरेश कसजूले जानकारी दिनुभयोमन्दिर लगभग असार मसान्तसम्म सम्पन्न…
राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगर सभापतिमा गोकुल ढकाल
मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर भेलाले ढकाललाई सभापतिमा चयन गरेको हो । । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने,…
जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित
जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित बनेपा । पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित हुनु भएको छ ।जनमत वाङमय प्रतिष्ठानको ३९ औं बार्षिकोत्सवको अवसरमा “जनमत जनक प्रधान सेवा सम्मान ” बाट कसजू सम्मानित हुनु भएको हो ।जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार/ प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।२०२९ सालामा सिन्धुपाल्चोक, चौतारामा जन्मनु भएका कसजू ४० को दसकबाट साहित्य र पत्रकारितामा प्रवेश गर्नु भएको हो । उहाँले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो ।…
३१० जनालाई एकैपटक नियुक्ति पत्र प्रदान : शिक्षकहरु उत्साहित ।
आफूले पाएको नियुक्तिपत्र “नियुक्ति पत्र” मात्र नभई समग्र शिक्षा क्षेत्रको विकासका लागि पाएको “उत्साह पत्र” भएको उहाँहरुको भनाई छ । चौतारा । प्राथमिक तह, तृतीय श्रेणी, स्थायी शिक्षक पदमा सफल भएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ ।शिक्षा विकास समन्वय इकाई सिन्धुपाल्चोकले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सिन्धुपाल्चोकबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल ३१० जना शिक्षकलाई एकैपटक नियुक्ति पत्र प्रदान गरेको हो ।गत असार १३ गते भएको शिक्षक सेवा आयोगको परीक्षामा सहभागि ३४८ जना मध्यमा ३१० जनाले उत्तीर्ण गरेको शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । जिल्लाका…
पाँचपोखरी थाङ्पाल बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने
हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् । पाँचपोखरी। सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीबाट एक सय ७९ परिवार प्रभावित…
हिउँ खेल्नेहरुको लर्को लाग्न थाल्यो हेलम्बुमा
बसन्त ऋतुमा पर्यटकको रोजाइ हिँउ र लालीगुराँस हुने गरेको छ । उनीहरु हिउँसँग रमाएका छन् भने गुराँसको सौन्दर्यसँग थप उत्साहित भएका छन् । हेलम्बु । हिमपात भएपछि सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यो वर्षकै पहिलोपटक हिमपात भएपछि हिमाल क्षेत्रका होटल र होमस्टे भरिभराउm हुन थालेका हुन् । हिउँ परेपछि सिन्धुपाल्चोकको हेलम्बु, दुगुनागढी, लिसंखुपाखार र पाँचपोखरी जस्ता पर्यटकीय क्षेत्र पुग्ने पर्यटकको संख्या बढ्न थालेकाे छ । बसन्त ऋतुमा पर्यटकको रोजाइ हिँउ र लालीगुराँस हुने गरेको छ । उनीहरु हिउँसँग रमाएका छन् भने गुराँसको सौन्दर्यसँग थप उत्साहित…
विद्यार्थीलाई अफरः एस.ई.ईमा ३.६ माथिको जिपिए ल्याउ, पन्ध्र हजार लैजाऊ
औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो । सुनकोसी । सुनकोसी गाउँपालिका वडा न ३ ले एस.इ.इ परीक्षामा सहभागि आफ्ना वडाभित्रका विद्यार्थीहरुलाई पन्ध्र हजार रुपैयाँ दिने घोषणा गरेको छ ।चालु एसइइ परीक्षामा उतीर्ण गरि औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो ।वडाभित्र महेन्द्र कान्ति माध्यमिक विद्यालय र जनजागृति मावि गरि दूई विद्यालयका विद्यार्थीहरु यसपटकको एसइइ परीक्षामा सहभागी छन् । परीक्षार्थीहरुलाई प्रोत्सहनस्वरुप यस्तो घोषणा गरेको वडा अध्यक्ष…
