कठै ! नारायणस्थान, फोहोरमा भगवान(भिडियोसहित)

धार्मिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित नारायणस्थान यतिखेर फोहोरको डंगुरमा रुपान्तरित भएको छ। स्थानीय सरोकारवालाहरुले बेवास्ता गर्दा नारायणस्थानमा दिनप्रतिदिन फोहोर बढ्न थालेको हो ।एकातिर लाखौं लगानी गरेको बालउद्यानको हालत बेहाल भएको छ भने अर्कोतिर हिन्दूहरुको महान आस्थासँग जोडिएको भगवान नारायण फोहोरको तलाउमा शैयन गर्न विवश छ। हुन त हरेक दिन धार्मिक आस्था बोकेर हातमा फूल,अक्षता, सिन्दुर, धुपबत्ति बोकेर भक्तजनहरु त्यहाँ भगवान नारायणको दर्शन गर्न जान्छन् तर दुर्भाग्य आफूले शीर निहुरिएर भगवान नारायणको दर्शन गरिरहँदा त्यहीको तलाउमा फोहरको लेदोले कालो भएको पानी…

सिन्धुपाल्चोकको जनसंख्या घट्दो

सिन्धुपाल्चोक । राष्ट्रिय जनगणना २०७८ जिल्ला स्तरीय नतिजा सार्वजनिक भएको छ ।तथ्यांक कार्यलय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको हो । जसमा सिन्धुपाल्चोकको जनसंख्या घट्दो गतिमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ मा सिन्धुपाल्चोकको जनसंख्या २ लाख ६२ हजार ६ सय २४ छ । यसअघि भएको राष्ट्रिय जनगणना २०६८ अनुसार २ लाख ८७ हजार ७ सय ९८ जनसंख्या थियो ।तथ्याङ्क अनुसार १० वर्षको अवधिमा सिन्धुपाल्चोकको जनसंख्या २५ हजार १ सय ७४ जनसंख्या घटेको देखिन्छ । सिन्धुपाल्चोकमा महिलाको जनसंख्या बढी रहेको छ । कूल जनसंख्या मध्य १ लाख…

निर्वतमान सभापति लामाको निधन

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवम् निर्वतमान सभापति विकास लामाको निधन भएको छ ।विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा गए राति बीर अस्पताल, काठमाण्डौंमा निधन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिनुभयो ।विद्यार्थीकालदेखि नेपाली काँग्रेससँग आवद्ध रही राजनीति गर्नु भएका ६४ वर्षिय लामा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित हुनु भएको थियो ।लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार दिनभरि काठमाण्डौं बौद्धस्थित तीनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र भोलि आइतबार मात्र लामा संस्कार अनुसार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकाले जनाएको छ । बिसौनीbisouni.com

बलेफी गाउँसभा सम्पन्न । ओरियन्ट म्याग्नेसाइट छिट्टै नै सञ्चालन हुन्छ – सांसद सापकोटा

खाडीचौर, सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले दसकौंदेखि धरासायीरुपमा रहेको आरेन्ट म्याग्नेसाइट उद्योग सञ्चालन छिट्टै नै हुने बताउनु भएको छ ।सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको १३ औं गाउँसभाको उद्घाटन गर्दै सांसद सापकोटाले सो उद्योग सञ्चालनका लागि निजी क्षेत्रले जिम्मेवारी पाइरहेको र निजी क्षेत्रले पुन सञ्चालनको जिम्मेवारी नलिए यसअघि भएका सम्झौताहरु खारेज गर्दै खानी तथा भूगर्भ विभागद्वारा नयाँ टेण्डरको आव्हान गर्दै सञ्चालन हुने जानकारी दिनुभयो ।आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीजी क्षेत्रसँग वार्ता गरि ठोस निर्णय आउने पनि उहाँले खुलासा गर्नुभयो । सञ्चालनको जिम्मेवारी पाउँदै आएका नीजी क्षेत्रले पुन सञ्चालनमा सहमाति…

ब्रिटिश काउन्सिल IELTS पुरस्कार जीत्ने हैन त ? यस्तो छ प्रकृया

कमला पाख्रिन प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत कुल तीन विजेताहरूलाई उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउन नगद पुरस्कार दिन चुनिने छ। काठमाण्डौं । ब्रिटिश काउन्सिल IELTS पुरस्कार २०२३ को लागि आवेदन खुला गरेको छ । दक्षिण एशियामा ब्रिटिश काउन्सिल IELTS पुरस्कार २०२३ को वार्षिक प्रतियोगिताले IELTS परीक्षामा सफल भएका छात्रहरूलाई विश्वविद्यालयहरूमा विद्यार्थी शुल्क रूपमा £५,००० सम्मको सहयोग प्रदान गर्ने हेतुले वर्ष, IELTS पुरस्कारको आवेदन चीन, जापान, हङ्कङ, इन्डोनेशिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, वियतनाम, बङ्गलादेश, पाकिस्तान, नेपाल, र श्रीलङ्कामा बसोबास गर्ने छात्रहरूलाई खुला गरिएको हो । यो IELTS मार्फत स्थानीय…

एमाले मुख्यालयमा वामदेवको वार्ता, ६० लाख मतको वाचा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।  ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा उहाँहरुले आज दिउँसो भेट गर्नुभएको हो । तत्कालीन नेकपा र एमाले विभाजनपछि कतै नलागी तटस्थ रहनुभएका गौतम पछिल्लो समय एमालेमै फर्किन लागेको चर्चा छ ।  एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई पुरानै घर फर्किन बाटो खुला भएको भनिएका बेला पछिल्लो भेटलाई चासोका साथ हेरिएको छ । केही दिनअघि उहाँले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको प्रतिक्रियासमेत दिनुभएको थियो । आजको भेटपछि गौतमले आगामी निर्वाचनमा एमालेको लोकप्रिय मत संख्या…

काठमाडौं महानगरद्वारा सबै भारतीय चलचित्रमा रोक

काठमाडौं महानगरपालिकाले सम्पूर्ण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । महानगरपालिकाले भोलिदेखि आफ्नो कार्य क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको जानकारी दिएको छ । चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउन तीन दिन पहिले आग्रह गर्दा पनि अटेर गरेपछि सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको मेयर बालेन साहले बताए ।  उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उल्लेख गर्दै उनले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई…

भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै चौतारा

चन्द्रकला खत्री काठमाडौँ- आफ्‍नो नगरभित्रका निर्माण कार्यका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थुप्रै कामहरू अघि बढाएको छ । नयाँ सडक बनाउनेदेखि सडक कालोपत्रे गर्नका नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाले गौरवको आयोजनामा पनि हात हालेको छ । त्यसैगरी मन्दिर, गुम्बा, शहिद स्मृति पार्कलगायत निर्माणका लागि काम गरिरहेको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले जानकारी दिए । ‘चौतारा नगरवासीको हितका लागि हामीले भौतिक पूर्वाधारमा ध्यान दिइरहेका छौँ’ नगर प्रमुख सापकोटाले भने ‘यहाँका जनतालाई सहजताका लागि हामीले काम गरिरहेका छौँ । कतिपय टोलमा हामीले बाटो निर्माण गरेका छौँ । सुरुमा बाटोको अभाव हुन्छ…

डिएसपीमा गोर्खा र अर्घाखाँचीका छपक्कै

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवा सतप्रतिशत पारदर्शी गर्छु, कसैले गलत गरे कारबाही ठोक्छु भनी सार्वजनिक कार्यक्रममा सुशासनको भाषण गरेको पर्सिपल्ट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा निस्कियो । यही बढुवा विभेदपूर्ण, अन्यायपूर्ण, सामाजिक न्यायको सिद्धान्तविपरीत छ भन्ने आरोप लाग्न थालेको छ । आइजिपी वसन्त कुँवरले आफ्नो जिल्ला अर्घाखाँचीबासी वरीयता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा राखी पहिले लामो समय सचिवालयभित्र काम गरेका वरीयता नम्बर २ का रञ्जन अवालाई १ नम्बरमा उकालेका छन् । आफ्ना अंगरक्षक वरीयता नम्बर २६ का इन्स्पेक्टर यमकुमार श्रेष्ठलाई ३ नम्बरमा, जिल्लावासी वरीयता नम्बर १११ का शङ्कर पोखरेललाई ४५…