नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा उहाँहरुले आज दिउँसो भेट गर्नुभएको हो । तत्कालीन नेकपा र एमाले विभाजनपछि कतै नलागी तटस्थ रहनुभएका गौतम पछिल्लो समय एमालेमै फर्किन लागेको चर्चा छ । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई पुरानै घर फर्किन बाटो खुला भएको भनिएका बेला पछिल्लो भेटलाई चासोका साथ हेरिएको छ । केही दिनअघि उहाँले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको प्रतिक्रियासमेत दिनुभएको थियो । आजको भेटपछि गौतमले आगामी निर्वाचनमा एमालेको लोकप्रिय मत संख्या…
Author: बिसौनी
काठमाडौं महानगरद्वारा सबै भारतीय चलचित्रमा रोक
काठमाडौं महानगरपालिकाले सम्पूर्ण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । महानगरपालिकाले भोलिदेखि आफ्नो कार्य क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको जानकारी दिएको छ । चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउन तीन दिन पहिले आग्रह गर्दा पनि अटेर गरेपछि सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको मेयर बालेन साहले बताए । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उल्लेख गर्दै उनले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई…
भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै चौतारा
चन्द्रकला खत्री काठमाडौँ- आफ्नो नगरभित्रका निर्माण कार्यका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थुप्रै कामहरू अघि बढाएको छ । नयाँ सडक बनाउनेदेखि सडक कालोपत्रे गर्नका नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाले गौरवको आयोजनामा पनि हात हालेको छ । त्यसैगरी मन्दिर, गुम्बा, शहिद स्मृति पार्कलगायत निर्माणका लागि काम गरिरहेको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले जानकारी दिए । ‘चौतारा नगरवासीको हितका लागि हामीले भौतिक पूर्वाधारमा ध्यान दिइरहेका छौँ’ नगर प्रमुख सापकोटाले भने ‘यहाँका जनतालाई सहजताका लागि हामीले काम गरिरहेका छौँ । कतिपय टोलमा हामीले बाटो निर्माण गरेका छौँ । सुरुमा बाटोको अभाव हुन्छ…
डिएसपीमा गोर्खा र अर्घाखाँचीका छपक्कै
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवा सतप्रतिशत पारदर्शी गर्छु, कसैले गलत गरे कारबाही ठोक्छु भनी सार्वजनिक कार्यक्रममा सुशासनको भाषण गरेको पर्सिपल्ट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा निस्कियो । यही बढुवा विभेदपूर्ण, अन्यायपूर्ण, सामाजिक न्यायको सिद्धान्तविपरीत छ भन्ने आरोप लाग्न थालेको छ । आइजिपी वसन्त कुँवरले आफ्नो जिल्ला अर्घाखाँचीबासी वरीयता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा राखी पहिले लामो समय सचिवालयभित्र काम गरेका वरीयता नम्बर २ का रञ्जन अवालाई १ नम्बरमा उकालेका छन् । आफ्ना अंगरक्षक वरीयता नम्बर २६ का इन्स्पेक्टर यमकुमार श्रेष्ठलाई ३ नम्बरमा, जिल्लावासी वरीयता नम्बर १११ का शङ्कर पोखरेललाई ४५…
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो :१७ मजदुर सम्पर्कविहीन
किमाथाङ्का।सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले…
नगर मावि स्तरीय फूटबल प्रतियोगिता सुरु : कृष्ण र सिद्धि विजयी
चौतारा साँगाचोकगढी नगरपालिका मावि स्तरीय फूटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । चौतारास्थित टँुडिखेलमा सुरु भएको सेभन ए साइट फूटबल प्रतियोगिताको उद्घाटन खेलमा श्री कृष्ण रत्नगंगा मावि चौताराले विजय हासिल गरेको छ । खेलको अन्तिम समयसम्म प्रतिद्वन्द्वि कुण्डलादेवी मावि ठूलोरिुबारीलाई दबदबामा राखेको श्री कृष्ण माविले कुण्डला विरुद्ध ४ – ० ले विजयी भएको हो । त्यस्तै इर्खु मावि इर्खु र सिद्धिगणेश मावि सानोसिरुबारी बीच भएको प्रतियोगितामा कसैले गोल हान्न नसकेपछि पेनाल्टि सुटआउटमा सिद्धिगणेशले ७ गोल हानेर विजयी भ भने इर्खुले ३ गोल मात्र गरे । १७ विद्यालय सहभागि रहेको खेलको…
उद्योगमा अग्राधिकार जमाउँदै महिला
महिलाको छलाङः चुल्होचौकामा हैन अब उद्योगमा एकाधिकार विनिशा विक / चौतारा । यस्तो समय पनि थियो जतिबेला घरको चौघेराबाट पाइला झिक्न डराउनुपथ्र्याे उनलाई । परिवारका अभिभावक अनि समाजकै डरले उनले आफूलाई घरभित्रकै चुल्होचौकाका सिमित राखेकी थिइन् । यो उनको बाध्यता थियो ।तर, अहिले उनको जीवन उतिबेलाको जस्तो छैन । उनी अहिले खुला छिन् र सबैको प्रिय पनि । कारण उनी अहिले उद्यमी बनेकी छन् । हो, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाकी लक्ष्मी पुरी अहिले गाउँमै खेर गइरहेको बाँसको प्रयोगले व्यवसायी बनेकी छन् । उनले बनाएको बाँसले बनाएका सामग्री छिमेकी मुलुक…
कलाकारद्वय ‘बल्छी’ र ‘मास्टर’ पक्राउ
अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू पक्राउ परेका छन् । बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर उपनामका राजु पौडेललगायतका कलाकारलाई प्रहरीले आज पक्राउ गरेका हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन । अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो…
पीपलाको घुम्टो खोली साइत असार २ गते शनिबार
टँडी उपनामले चिरपरिचित विमल नेपाल सिन्धु साहित्य र पत्रकारिता जगतका एक नक्षत्र हुन् । कविता विधामा छुट्टै पहिचान बनाउन सफल नेपालको “पिपला” उपन्यास विधा हो । चौतारा । मानौ जूनै जूनले नुहाएकी, फूलैफूलले कुदेकी – अद्धितीय रुपवती अर्थात” पिपला” ! केही चञ्चल केही शान्त !शालिन र शुशिल ! अपरिमित तर सकारात्क विशेषणवाली – पीपला ! यस्तै यस्तै विशेषणले भरिपूर्ण पीपलालाई बेहुली झैं सिंगरिँदै छ प्रज्ञा प्रतिष्ठान, लेखनाथ हलमा मनसाङ्लो मण्डप बनाएर अनि घुम्टो खोलीको शुभमूर्हत जुराइएको छ कवि, साहित्यकार एवम् पत्रकार विमल नेपालले । शुभ साईत असार दुई गते, घडी…
बाघले मार्यो बाख्रा
आफ्ना खेतबारीमा लगाएका बाली हरिण, मृग, बदेल, बादर जस्ता वन्यजन्तुले नास गरेर हैरान भएका किसानहरु दुखजिलो गरेर पालेको आफ्ना चौपायमाथि पनि वन्यजन्तुबाट नै असुरक्षित हुन थालेपछि झन चिन्तित भएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका धुसेनीमा बुधबार राति बाघले एक किसानको खोर नै रित्तिने गरि बाख्रा मारेको छ ।इन्द्रावती गाउँपालिका ५ धुसेनीकी चमेली विकको खोरमा नै पसेर बाघले ९ वटा बाख्रा मारेको हो । विकको कटेरोको गरोमा लगाएको ढुङ्गा पन्साएर गोठमा पसि बाघले बाख्रा मारेको थियो ।आयआर्जनको अन्य केही स्रोत नभएको र बाख्रापालनबाट नै आफ्नो जिविकोपार्जन गर्दै आइरहेकी विकको भएभरको बाख्रा…
