गायक रवि ओडको देउकी प्रथामाआधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक

गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामाआधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड रअस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेशताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपासुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्डगरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेकोनकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्नसकिन्छ । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्मछायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो…

चौतारामा सुरु भयो इभी चार्जिङ सेवा

चाहेका भए वैदेशिक रोजगारीको नाममा उनीहरु पनि अरु युवाहरु जस्तै विदेश हानिन सक्थे । तर आफनै थलोमा नै केही गरौं भन्ने भावनाले ओतप्रोत भएका उनीहरुले केही नयाँ कामको थालनी गर्ने सोच बनाए । चौतारा इभी माइक्रो सेवालाई विधिवत दर्ता गरे अनि ऋणधन गरेरै भए पनि विद्युतीय माइक्रो बस सञ्चालन गर्न थाले । चौताराका युवाहरुको यो सह्रानीय कामको अहिले प्रशंसा मात्र भएको छैन, रोजगारको अन्तिम विकल्प विदेश हो भन्ने गलत मानसिकता तोड्न पनि उनीहरु सफल भएका छन् । चौतारा इभि माइक्रो सेवा प्रालिका अध्यक्ष निमेश श्रेष्ठ भन्छन् हामी हाम्रो कामबाट सन्तुष्ट छौं । विद्युतीय गाडीमा लाखौ लगानी गरेका यी युवाहरुले चौतारामा नै चार्जिङ स्टेशन सञ्चालन गरेर अर्को प्रशंसनीय कार्य गरेका छन् ।

चाहेका भए वैदेशिक रोजगारीको नाममा उनीहरु पनि अरु युवाहरु जस्तै विदेश हानिन सक्थे । तर आफनै थलोमा नै केही गरौं भन्ने भावनाले ओतप्रोत भएका उनीहरुले केही नयाँ कामको थालनी गर्ने सोच बनाए । चौतारा इभी माइक्रो सेवालाई विधिवत दर्ता गरे अनि ऋणधन गरेरै भए पनि विद्युतीय माइक्रो बस सञ्चालन गर्न थाले । चौताराका युवाहरुको यो सह्रानीय कामको अहिले प्रशंसा मात्र भएको छैन, रोजगारको अन्तिम विकल्प विदेश हो भन्ने गलत मानसिकता तोड्न पनि उनीहरु सफल भएका छन् । चौतारा इभि माइक्रो सेवा प्रालिका अध्यक्ष निमेश श्रेष्ठ भन्छन् हामी हाम्रो कामबाट सन्तुष्ट…

सडकमा नै लम्पसार परे शिक्षकहरु

८ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडकमा सुतेत आफ्नो आन्दोलनलाई जारी राखेका छ्न । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा भएको आन्दोलन अन्तर्गत राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्नका साथै नयाँ वानेश्वरको सडकमा लम्पसार परेर विरोध जनाएका हुन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म…

सरकार शिक्षकबीच सहमति ! आन्दोलन स्थगित । के मा भयो सहमति ?

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ ।यस्तै शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको…

टेबुल टेनिस संघको अध्यक्षमा मिलन लामा

जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा मिलन लामाचौतारा । सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन भएको छ ।टेबुल टेनिस खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले जिल्ला सदरमुकाम चौतारामा आज भएको भेलाले मिलन लामाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला टेबुल टेनिस संघ सिन्धुपाल्चोक गठन भएको हो ।होटल अरनिकोमा भएको भेलाले उपाध्यक्षमा प्रविण खड्का चयन हुनु भएको छ । सचिब र कोषाध्यक्षमा क्रमश : कमल श्रेष्ठ र दीपेन्द्र घले चयन भएको संघले जनाएको छ ।सदस्यहरुमा भने विकास काफ्ले, जिगिषा श्रेष्ठ र पुकार उप्रेती चयन हुनुभएको छ…

सञ्चारकर्मी दुर्गा आचार्यलाई महिला सशक्तीकरण पत्रकारिता पुरस्कार

सिन्धुपाल्चोककी दुर्गा आचार्यलाई महिला सशक्तीकरण पत्रकारिता पुरस्कारकाठमाडौ । प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट यो बर्ष सिन्धुपाल्चोककी दुर्गा आचार्य पुरस्कृत हुने भएको छ ।प्रेस काउन्सिल नेपालको बार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कारबाट सिन्धुपाल्चोककी आचार्य लगायत विभिन्न जिल्लाका गरि ६ जना पुरस्कृत हुने काउन्सिलले जनाएको छ । बिभिन्न सञ्चार माध्यममा आवद्ध रही सक्रिय पत्रकारिता गर्दै आएकी आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी पूर्व उपाध्यक्ष तथा प्रेस युनियन सिन्धुपाल्चोककी निवर्तमान अध्यक्षसमेत हुन् ।१ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार भने निर्मला शर्मालाई प्रदान गर्ने काउन्सिलले निर्णय…

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुने

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुने

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुनेचौतारा । सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन हुने भएको छ ।टेबुल टेनिस खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले जिल्ला सदरमुकाम चौतारामा टेबुल टेनिस संघ गठन हुन लागेको हो ।संघ गठनका लागि महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका मिलन लामाका अनुसारअसोज ५ गते शुक्रबार बिहान ११:०० बजे होटेल अरनिकोमा गठन कार्यक्रमको आयोजना हुनेछ । उहाँले खेलप्रेमीहरुलाई उपस्थितिका लागि पनि अनुरोध गर्नु भएको छ । बिसौनीbisouni.com

शिक्षकहरु आन्दोलनमा हिँडेपछि बाल भेला स्थगित

शिक्षकहरू आन्दोलनमा हिंडेपछि बाल भेला स्थगितमोनिका बिक, चौतारा । शिक्षक आन्दोलनका कारण बाल भेला तथा बाल सन्जाल गठन नै प्रभावित भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाले भोलि शुक्रवार गर्ने भनिएको नगर बाल सन्जाल गठन तथा भेला स्थगित गरिएको हो ।चौतारा सागाचोकगढी नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज ५ गते गर्ने भनि तय भएको नगर बाल सन्जाल गठन तथा बाल भेला स्थगित भएको जानकारी दिइएको हो ।एकातिर शिक्षकहरु आन्दोलन गर्न राजधानी हिँडेपछि विद्यालय सुनसान बनेको छ भने अर्कोतिर शिक्षकहरूको अनुपस्थितिका कारण शिक्षासंग सम्बन्धित गतिविधिहरू पनि प्रभावित हुन थालेको छ ।चौतारा सागाचोकगढी…

सरकारसँग वार्ता गर्दै आन्दोलनरत शिक्षकहरु

काठमाडौँ — आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका छन् । बिहीबार आन्दोलनमा उत्रेका शिक्षकहरु सरकारसँग वार्तामा बसेका हुन् ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित आज बिहान वार्तामा बसेका हुन् । वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको बताइएको छ ।संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । शिक्षकहरूले आन्दोलन अनिश्चितकालिन हुने बताउँदै आएका छन । बिसौनीbisouni.com

चथा : पर्वको प्रसाद वितरण

म्हसिका पुच चैताराले चथा पर्वको अवसरमा प्रसाद वितरण कार्यक्रमको आयोजना गरेको छ ।नेवारी संस्कृति अनुसार हरेक भदौ चतुर्थीको बेलुकी मनाउँदै आएको चथा: पर्व लोपोन्मुख भएको भन्दै संरक्षण गर्ने उदेश्यले चथा: पर्वको प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो ।बुधबार साँझ कृष्ण मन्दिर परिसर चौतारामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले चथा पर्वसँग जोडिएको धार्मिक महत्वको चर्चा गर्दै लोपोन्मुख संस्कृति संरक्षणका लागि म्हसिका पुचले गर्दै आएको पहल प्रसंशनीय रहेको बताउनुभयो । समाजसेवी हरिगोपाल श्रेष्ठले चथ: पर्वको महिमा, कथा र शुरुआत बारे चर्चा गर्नुभयो ।अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको…