चौतारा साँगाचोकगढी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । मंगलबार वडा न ९ बाट सुरु गरेको बजार अनुगमनलाई निरन्तरता दिंदै
बुधबार पनि सदरमुकाम चैतारामा अनुगमन गरेको हो ।
नगर अनुगमन समितिद्वारा बुधबार ४१ वटा पसलकाे अनुगमन गरिएको नगर योजना अधिकृत दुर्गा ढुंगेलले जानकारी दिनुभयो ।
उपमेय सीता थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र वडा न ५ को संयुक्त टोलिले गरेको अनुगमनमा एक मोबाइल पसल सिल गरिएको छ ।
अनुगमनको क्रममा केही सामानहरु मात्र मिति सकिएकाे पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो ।
पटक पटककाे अनुगमनले बजारमा सुधार आएकाे उहाँको भनाइछ । अनुगमनको क्रममा ३० व्यावसाहीलाई सुझाव पनि दिइएको थियो ।