नगरपालिकाको छड्के, म्याद गुज्रिएको सामान छ्यापछ्याप्ति

नगरपालिकाको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री फेला
निर्मल बस्नेत (२०८० असोज १६)

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा हुँदै मोटरसाईकलमा गाउँगाउँमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सिरानचौरको एक पसलमा बिक्रि गर्दै गरेको म्याद गुज्रिएको चाउचाउ, चकलेट,सुर्तिजन्य पदार्थ अनुगमन टोलीले जफत गरेका छन् ।

मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको वडा नम्बर ९ जीतपुर, सिरानचौर, कदमबास, भैसे र बलेफी बजारको बिभिन्न स्थानमा छड्के अनुगमन गरेको हो ।
नगर उपप्रमुख सीता थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, जनप्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियोे । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि ११ वटाको अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा फेला पारएिको म्याद गुज्रिएको सामग्रीहरु स्थानीयले देख्नेगरि नष्ट गरिएको र केही सामग्रीहरु जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए ।
उनका अनुसार बजार अनुगमनको क्रममा अरनिको राजमार्ग बलेफी र भैँसे सडकखण्डको बस्तीसंगैको बंगुर फर्मको पनि अनुगमन गरिएको छ । बंगुर फर्मको दुर्गन्धले स्थानीयले नगरपालिकामा पटकपटक उजुरी गरेकोले उक्त बंगुर १ महिनाभित्र हटाउन निर्देशन दिएको छ । बंगुर हटाउनको लागि बंगुर पालकले पनि सहमती जनाएका छन् ।
अनुगमनमा खटीएका नगरका योजना अधिकृत दुर्गाप्रसाद ढुंगेलले नेपालीहरुको बिशेष पर्व दशै र तिहारमा बढी सामग्रीहरु खपद हुने हुँदा अखाद्य बस्तु र म्याद गुज्रिएका बस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले अनुगमन गरिएको बताए ।
अनुगमनको क्रममा अनुगमन समितिका संयोजक नगर उपप्रमुख सीता थापाले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसायीलाई ईजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले नगरको सबै बजार क्षेत्रमा अनुगमनलाई प्रभावकारी रुपले नियमित गरिने समेत बताइन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्