सुदुरपश्चिममा शक्तिशाली भूकम्प : बाजुरा र बाझाङको आउन थाल्यो क्षति विवरण

आज दिउँसो गएको भूकम्पमा बझाङमा छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित केदार स्युँ र खप्तडछान्ना गाउँपालिकाका एक–एक जना घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।
भूकम्पपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले बताएका छन् । त्यस्तै, एउटा बाख्रो मरेको जानकारी गराइएको छ ।
भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । थप क्षतीको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

यताा बाजुरामाभूकम्पको प्रारम्भिक विवरण अनुसार  १० घरमा पूर्ण क्षति भएको छ । 

खप्तड छेडेदह गाउँपालिका-३ टुनिसैनका ५ घर भत्किएका छन्  भने बडिमालिका नगरपालिका ९ मा ३ घर वडा नम्बर ५ मा एक घर र त्रिवेणि नगरपालिकामा १ घरमा पूर्ण रुपमा क्षति भएको छ  । त्यस्तै बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रुपमा क्षति भएको विवरण आएको छ।

दिउँसोको समय भएकाले जिल्लामा मानवीय क्षति भने भएको विवरण आएको छैन। यस्तै बाजुराका विभिन्न गाँउमा भूकम्पका कारण अधिकांश स्थानीयका घरहरू सयौँको सङ्ख्यामा चर्किएको खबर आइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले धेरै ठाउँमा क्षति भएको खबर आएको भएपनि अहिले नै पूरा विवरण नआएकाले आधिकारिक जानकारी गराउन नमिल्ने जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षति  भएका ठाँउहरुमा तत्काल उद्धार टोली पठाउने तयारी भइरहेको छ । सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भएको  छ। 

सिफारिस

प्रतिकृया दिनुहोस्