८ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडकमा सुतेत आफ्नो आन्दोलनलाई जारी राखेका छ्न ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा भएको आन्दोलन अन्तर्गत राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्नका साथै नयाँ वानेश्वरको सडकमा लम्पसार परेर विरोध जनाएका हुन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।