सडकमा शिक्षक !

काठमाडौँ । आज दिनभर मिस सरहरुले राजधानीको माइतीघर कब्जा जमाएका छन् । आन्दोलनमा आएका झण्डै लाखभन्दा बढी शिक्षकहरुले राजधानीको माइतीघर कब्जामा लिएका हुन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् । महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगी वृहद कोणसभा गरेका छन् । नेपाल विद्यालय…

समाजवादी जिल्ला कमिटी सदस्यसहित ११० जना माओवादी केन्द्रमा प्रवेश

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चानको झण्डै २ सातापछि सिन्धुपाल्चोका समाजवदी भने माओवादीमा रुपान्तरित भएका छन् । आज माओवादी केन्द्रमा प्रवेश गर्नेहरु अधिकाँश एकीकृत समाजवादीसँग आवद्ध रहेका नेता कार्यकर्ता रहेका छन् । चौतारा । एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । २०४८ सालदेखि एमालेमा सकृय रहँदै आएका महत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का वडा अध्यक्ष पनि हुनुहुन्छ । एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आउनु भएका महतले बुधबार माओवादी केन्द्रका…

दक्षिण कोरियामै रोकिए दीपशिखा

काठमाडौं । डाक्टरको प्रेस्किप्सन बिनाको औषधि बोकेर दक्षिण कोरिया पुगेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ अनुसन्धानको दायरामा तानिएका छन्। दक्षिण कोरियाली प्रहरीले उनलाई अनुसन्धान नसकेसम्म देश छाड्नका लागि रोक लगाएको हो । एक महिनाअघि उनी दक्षिण कोरिया पुगेका थिए। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले नेपाली राजदूत ज्योती प्याकुरेलका लागि औषधी लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या रहँदै आएको र राजदूत प्याकुरेलको आग्रहमा उनले सो औषधि बोकेर गएको बताइन्छ । पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी राजदूत प्याकुरेलले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन्। तर…

सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमा

सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमा

सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमाचौतारा ।सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा विद्युतीय सवारी साधनहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । सुकुटेका होटल व्यावसायी रामचन्द्र खडकाले सिन्धुपाल्चोकमा नै पहिलो पटक विद्युतीय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हुन् । सुकुटे पेट्रोल पम्प अगाडि रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ ।पछिल्लो समय विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गरेका हुन् । एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क…

न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पण

न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पणकाठमाण्डौं । जीवन हिडाईहरुको शृङ्खला हो । हिड्दा हिड्दै, पाईतो सार्दा सार्दै अनेक अनुभव र अनुभूतिका आरोह र अवरोहभित्र जीवनको यात्रा कतै दुखान्त भएर त कतै सुखान्त भएर यात्रारत रहिरन्छ । फरक यति न हो कसैले ती दुखान्त वा सुखान्त अनुभव र अनुभूतिहरुलाई लिपिबद्ध गरेर जिवन्त बनाउन सफल हुन्छन् त कसैले कसैले सम्झनाका शोकेशमा सजाएर राख्ने प्रयत्न गर्ने गर्छन् । यसै मेलोमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक पून्यप्रासद न्यौपानेले भने आफ्ना ती र त्यस्तै अनुभव र अनुभूतिलाई भने लिपिवद्ध गर्दै जिवन्त बनाउने प्रयत्न गरेका छन् ।शुक्रबार…

टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पताल

chaina tibat

टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पतालटाउको माथि जडिबुटीको झुम्रो बालेर उपचार गर्दा स्टोक, उच्च रक्तचाप, माइग्रेन र टाउको दुखाईको उपचारमा प्रभावकारी हुन्छ भन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ तर चीनको सिचुआन प्रान्त, डाओचेङ काउन्टीको एउटा अस्पतालमा भने यसरी नै औषधी उपचार हुने गरिएको छ । डोओचेङ ( म्यबअजभलन ) काउन्टीको गान्जीस्थितको यो अस्पतालमा उच्च रक्तचाप, माइग्रेन, स्टोक र टाउको दुखाईको उपचारमा संलग्न चिकित्सक लुओ रोङ डियान झु चिनियाँ र तिब्बती परम्परागत उपचारका लागि परिचित र दक्ष चिकित्सक हुन् । उनले बिरामीको टाउकोमा सुई हानेर त्यसमाथि जडीबुटी बाल्दै उपचार…

चौतारा बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन

चौताराको बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन

प्रतिक्षालय र नागरिक सहायता कक्षामा एकातिर यात्रुहरुले प्रतिक्षालयको उपभोग गर्नेछन् भने अर्कातिर २४ घण्टा प्रहरीले त्यहाँबाट आवश्यक शान्तिसुरक्षासँगै अन्य सहयोग सर्वसाधरणलाई प्रदान गर्नेछ । चौतारा । जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार नगरकी उपप्रमुख सीता थापाले उद्घाटन गरेपछि प्रतिक्षालय र सहायता कक्षको औपचारिकरुपमा सञ्चालनमा आएको हो ।उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापाले नगर विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट…

एमाले उपाध्यक्ष नेम्वाङको निधन ! पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं।संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याएको थियो । यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् संसदीय दलका उपनेता…

सञ्जालको तीज कार्यक्रममा मेयर सापकोटाको भनाइ -“संस्कृतिलाई विकृति नबनाओं “

सञ्जालको तीज कार्यक्रम । संस्कृतिलाई विकृति नबनाओं – मेयर सापकोटामोनिका विक/ चौतारा । नजकिँदो हरितालिका तीजको अवसर पारेर नगर महिला संजाल चौतारा साँगाचोकगढीले दोहोरी गीत तथा दर खाने कार्यक्रमको आयोजना गरेकोछ ।कार्यक्रमको मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो ।शहिद प्रतिष्ठान, चौतारामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले महिलाहरुको महान तथा सांस्कृतिक पर्व तीज पछिल्लो चरण विकृत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसलाई अनावश्यकरूपमा तडकभडक नगरि सुसंस्कृति र सुललित ढंगले मनाउन उहाँले आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तीजलाई धर्म र संस्कृतिसँगै महिला सशक्तीकरण र सवलीकरणका…

यस्तो छ माओवादी तीन महिने अभियानका लक्ष्य

यस्तो छ, माओवादी अभियानका तीन लक्ष्य सत्तारुढ नेकपा माओवादी केन्द्रले भोलिदेखि थाल्ने तीनमहिने विशेष अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य तय गरेको छ ।  माओवादीले २५ लाख मतदातालाई भेटेर सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा सरकारले गरेका कामबारे जानकारी गराउने अभियानको लक्ष्य बनाइएको हो ।  संगठन सुधारका लागि ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाउन लागेको माओवादीले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्न केन्द्रीय सदस्यहरुलाई खटाएर प्रत्येक घरमा पुग्ने योजना बनाएको छ । जसअन्तर्गत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत सातवटै प्रदेशका एक–एक वटा वडामा पुग्नेगरी कार्यक्रम…