चौतारामा सुरु भयो इभी चार्जिङ सेवा

चाहेका भए वैदेशिक रोजगारीको नाममा उनीहरु पनि अरु युवाहरु जस्तै विदेश हानिन सक्थे । तर आफनै थलोमा नै केही गरौं भन्ने भावनाले ओतप्रोत भएका उनीहरुले केही नयाँ कामको थालनी गर्ने सोच बनाए । चौतारा इभी माइक्रो सेवालाई विधिवत दर्ता गरे अनि ऋणधन गरेरै भए पनि विद्युतीय माइक्रो बस सञ्चालन गर्न थाले । चौताराका युवाहरुको यो सह्रानीय कामको अहिले प्रशंसा मात्र भएको छैन, रोजगारको अन्तिम विकल्प विदेश हो भन्ने गलत मानसिकता तोड्न पनि उनीहरु सफल भएका छन् । चौतारा इभि माइक्रो सेवा प्रालिका अध्यक्ष निमेश श्रेष्ठ भन्छन् हामी हाम्रो कामबाट सन्तुष्ट छौं । विद्युतीय गाडीमा लाखौ लगानी गरेका यी युवाहरुले चौतारामा नै चार्जिङ स्टेशन सञ्चालन गरेर अर्को प्रशंसनीय कार्य गरेका छन् ।

चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा विद्युतीय सवारी साधनहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।

चौतारा इभि माइक्रो सेवा प्रालिले विद्युतीय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।

चौतारा भिन्तुनाचोकमा विद्युती चार्जिङ स्टेशन राखिएको छ । चौतारा पनि चार्जिङ स्टेशन सञ्चालनमा आएपछि भने विद्युतीय गाडी सञ्चालकहरुले खुशी व्यक्त गरेका छन् ।
आइतबार सिन्धुलीबाट विवाहको रिर्जभ लिएर आएको विद्युतीय गाडीका चालक मनोज भूजेलले आफ्नो गाडी चार्ज गर्न पाउँदा खुशी व्यक्त गरे । आफना गाडीमा चार्ज सकिएर अन्यौंैलमा रहेका चालक भूजेल चौतारामा नै चार्जिङ गर्न पाउँदा दंग मात्र भएनन् समस्या टरेकोमा पनि खुशी भए ।
पछिल्लो समय विद्युतीय भाडाका सवारी साधानहरुप्रति यात्रुको मोह बढ्न थालेपछि चौताराका युवाहरुले आफ्नै लगानीमा काठमाण्डौ चौतारामा विद्युतीय गाडी सञ्चालन गर्दै आएका छन् । चौतारा इभि माइक्रो सेवा प्रालिमार्फत यात्रुहरुका लागि सवारी सेवा दिंदै आएको प्रालिले चार्जिङ स्टेशन पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष निमेश श्रेष्ठले जानकारी दिए ।

एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सो प्रालिको ४ वटा र अरनिको यातायाता सेवाको २ वटा गरि काठमाण्डौं चौतारा रुटमा हाल जम्मा ६ वटा विद्युतीय गाडीहरु सञ्चालित छन । यात्रुहरुको पायक पर्ने रुटसम्म नै गाडीले पु¥याइदिने मात्र हैन सानोसिरुवारी र स्याउका यात्रुहरुका लागि पनि सहज हुने गरि ती स्थानहरुबाट पनि विद्युतीय गाडि सञ्चालन गर्न थालेपछि यात्रुहरुको पहिलो रोजाईमा चौतारा इभि माइक्रो सेवाका गाडीहरु पर्ने गरेका छन् । अधिकाँश यात्रुहरुले फोनमार्फत नै टिकट सुनिश्चित गर्ने गरेको अध्यक्ष श्रेष्ठको भनाइछ । हामीले यात्रुको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राखेको छौं अध्यक्ष श्रेष्ठले भने यदि आवश्यक परे फोन न ९८५११७४८८० मा सम्पर्क गर्नृुहोस हामी सेवामा हाजिर हुनेछौं ।

सिफारिस

प्रतिकृया दिनुहोस्