नेपाली काँग्रेसले तिहार अघिका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । मध्यरातमा जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्प प्रभावित क्षेत्रमा गर्नुपर्ने उद्धारलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएपनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी दिएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा…
Author: बिसौनी
अपडेट : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
सुर्खेत । शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । मृत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाइते हुनेको सङ्ख्या १६६ पुगेको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते…
तस्वीरमा भूकम्पग्रस्त जारजरकोट : मृत्यु हुनेको संख्या १२८ पुग्यो
काठमाडौँ । जाजरकोट भूकम्पका कारण मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा मात्र ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । बिसौनीbisouni.com
जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ७२ जना पुग्यो
काठमाडौं। जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ७२ नाघेको छ । रुकुममा मात्र कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने जरकोटमा ३७जनाको मृत्यु भएको छ । गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ । भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ । त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।अहिले पनि उद्धारको…
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै
काठमाडौं। जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११:४७, १२:०८, १२:२९ र १२:३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । घाइतेको तत्काल खोज…
मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्यु
मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्युशुक्रबार राति ११:४७ मा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ३६ जनाभन्दा बढिको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नालगढ नगरपालिकाकी उपमेयर सरिता सिंह समेत रहेको प्रहरीले जनाएको छ ।कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । भूकम्प मापनकेन्द्रका अनुसार जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । बिसौनीbisouni.com
सिन्धुमा पहिलापटक जिल्लास्तरिय टेबल टेनिस प्रतियोगिता हुँदै
प्रतियोगितमा भाग लिनका लागि सिन्धुपाल्चोकको स्थायी बासिन्दा हुनुपर्ने र कर्मचारीको हकमा भने सम्वन्धित कार्यालयको सिफारिसको अनिवार्य आवश्यकक्ता रहेको संघले जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ । टेबल टेनिस संघ सिन्धुपाल्चोकले पहिलोपटक चौतारामा जिल्ला स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।कार्तिकको २२ र २३ गते जिल्लाव्यापि टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको संघका अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार मेन्स डवल, सिंगल र भेट्रान्स गरि जम्मा तीन विधामा प्रतियोगिता आयोजनाा गरिनेछ । ४० वर्ष उमेर माथिकाले भाग लिन…
प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका रुपक सापकोटा नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका डा. रूपक सापकोटा नियुक्त भएका छन् । यसअघि चीनका लागि नेपाली राजदूत नियुक्तिमा चर्चा गरिएका सापकोटालाई प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकार बनाउनुभएको हो । हिजो बसेको क्याविनेट बैठकले उनलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका छोरा हुन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गर्दै आएका उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । सन् २०१८ मा चीनको बेइजिङस्थित प्रसिद्ध…
चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरण
चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरणचौतारा । चौतारा साँगाचोकगढी वडा न ५ का खेलाडीहरुलाई वडा न ५ का अध्यक्ष शिव श्रेष्ठले जर्सी हस्तान्तरण गर्नु भएको छ । आइतबार वडा अध्यक्ष श्रेष्ठले चौतारा युवा क्लबका १७ खेलाडीलाई जर्सी हस्तान्तरण गर्नु भएको हो । मेलचौर युवा जागरण समाजद्वारा आयोजित मालिकादेवी कपको तेस्रो संस्करणमा युवा क्लब आज सहभागि हुँदै छ । मेलचौर दरबारडाँडामा जारी सेभने ए साइड फूटबल प्रतियोगिता हिजोबाट सुरु भएको हो । आज दिनको ठीक २ः३० बजे सिंहमति युवा क्लबसँग युवा क्लबको भिडन्त हुने बताइएको छ । त्यस लगत्तै सहिद…
मैत्री सहकारी साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल
मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल चौतारा । चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको गठन गर्नु महत्वपूर्ण कुरा नभएको बताउनु भयो । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण…
