चौतारा ! चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधि र शिक्षिकाको समूह फाइनलमा प्रवेश गरेको छ ।
उपाधिका लागि यी दुई टिमबीच भोलि भिड्न्त हुनेछ । पत्रकार / बैंकर्सको संयुक्त प्यानललाई हराउदै शिक्षिकाको समूह फाइनलमा प्रवेश गरेको हो ।
पत्रकार र बैंकर्स को समूहलाई दुई गोलले पराजित गर्दै शिक्षिकाको समूह विजयी भएको हो।
त्यस्तै आज भएको महिला जनप्रतिनिधि र महिला कर्मचारी बीचको प्रतिस्पर्धामा महिला जनप्रतिनिधि विजयी भएको छ। ३० मिनेटको निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा खेल टुङ्गिएको थियो।
टाइब्रेकरमा जनप्रतिनिधिका तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापासहित अन्य २ जना खेलाडीले गोल गर्न सफल भएका थिए। फाइनल खेल भोलि सोमबार ९: ३० बजे हुने र तृतीय स्थानका लागि नगर कर्मचारी र पत्रकार/ बैंकर्सको संयुक्त टोली बीच प्रतिस्पर्धा हुने बताइएको छ ।
।