चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले विदेशमा हुने शिक्षा नेपालमा नै प्राप्त हुने बताउनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सवमा सम्वोधन गर्दै मन्त्री दुलालले नेपालमा नै पढाइ राम्रो भए पनि विदेशमा पढ्न जाने फेशन चलेको बताउनुभयो । नेपालमा नै राम्रो पढाई हुन्छ, नेपालमा नै गुणस्तरिय शिक्षा पाइन्छ तर पनि शिक्षाको नाममा विदेश जाने फेशन चलेको मन्त्री दुलालले भन्नुभयो ।
उहाँले नेपालमा नै विद्यार्थीलाई रोक्नका लागि राज्यको तहबाट शैक्षिक नीति र व्यवस्थापनमा सुधार गर्नुपर्ने कुराहरु चुनौतिको रुपमा रहेको उल्लेख गर्नुभयो । ती चुनौतिहरुलाई चिर्न आफूहरु प्रयत्नशिल रहेको पनि उहाँले दावी गर्नुभयो ।
चोतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले विद्यालय शिक्षा गुणस्तरियता र विद्यालय व्यवस्थापनका लागि नगरपालिकाले गम्भीर भएर आफ्ना गतिविधि अगाडि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा साँगचोकगढी नगरपालिका वडा न ७ का वडा अध्यक्ष डम्बरबहादुर तामाङ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभयो ।
शिक्षक तिलक दंगालको सञ्चालन रहेको कार्यक्रममा विद्यार्थी र अभिभावको बाक्लै उपस्थिति रहेको थियो भने विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो ।