४५ दिने एड्भान्स सिलाइ कटाई तालिम सम्पन्नसीपकाे प्रयाेग गरि आत्मनिर्भर बन्न नगरप्रमुखकाे आग्रह (२०७९ जेठ ३१ ) सीप सिकौ आत्मानिर्भर बनौ भन्ने मुल उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय महिला संजालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा ४५ दिने एड्भान्स सिलाइ कटाइ तालिम समापन भएकाे छ ।तालिम समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले सीप सिकेपछी त्यसलाइ व्यबहारमा लागू गर्नुपर्नेमा जाेड दिएका थिए । उनले सीप सिकेर आत्मानिर्भर बन्ने बाटोमा लाग्न आग्रह गरेका छन् । साथै सिपकाे प्रयाेग गरि ब्यबसाय संचालन गर्दै साेकाे निरन्तरता दिदै स्वरोजगार बन्न शुभकामना प्रदान गरेका छन् ।कार्यक्रममा…
Category: Uncategorized
सुनकोसीको विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन सुरु
कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको र उक्त टिभीमा एप्सको माध्यमबाट पाठ्यपुस्तकबाट पढाइ हुने सबै पाठहरु समावेश भएकाले साना विद्यार्थीहरुलाई अध्ययन गर्न र बुझ्न पनि सजिलो हुने सिन्धुपाल्चोक, सुनकोसी । सुनकोशी गाउँपालिकाका विद्यालयमा स्मार्ट कक्षा कोठा बालविकासमा अध्ययनरत साना विद्यार्थीहरुलाई लक्षीत गरेर सामुदायिक विद्यालयहरुमा डिजीटल कक्षा कोठाको व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा गाउँपालिका भित्र ११ सामुदायिक विद्यालयका इसीडी कक्षा कोठामा स्मार्ट कक्षा कोठा व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको हो । परम्परागत रुपमा पठन पाठन हुदा साना बालबालिकाहरुलाई बुझन कठिन हुने भएपछि नमुनाका रुपमा…
लिसंखुपाखरले खेलाडीलाई सहयोग गरेपछि हौसिए खेलाडी
लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन् । यहि जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन चाहेकी उनलाई खर्च अभावले अप्ठेरो परेको थियो । गाउँपालिकाको सहयोग पछि अब उनले खेल्न जान पाउने भएकोमा खुसी व्यक्त गरेकी छन् । १० जेठ, काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ ।बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी…
सहिद सप्ताहको पहिलो दिन कञ्चनप्रति सम्मान
माेनिका वि क / चौतारा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहकाे पहिलो दिन साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शीलाई श्रद्धासुमन अर्पण गरेको छ ।१० बर्षीय शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त शहीदहरुकाे सम्झनामा माओवादी केन्द्रले फागुन १४ देखी २१ गतेसम्म सप्ताहव्यापी रुपमा शहीद दिवस मनाउने गरेकाे छ । जनयुद्धको पहिलाे शहीद दिल बहादुर रम्तेललाई ११ बर्षकाे उमेरमा सेनाले हत्या गरेकाे थियाे ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरकाे सल्लाहकार जीवन श्रेष्ठ र सल्लाहकार सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोककाे पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी `कञ्चन´ काे तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका हुन ।नेपाल…
रवि लामिछानेको ड्राइभर थापाको निधन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक दिलबहादुर थापा शम्भूको निधन भएको छ ।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा न ३ निवासी थापाको उपचारको क्रममा मंगलबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।(रास्वपा)का सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर थापा घाइते भएका थिए । वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी…
विद्यालय व्यवस्थापन समिति महासंघको राष्ट्रिय सम्मेलन:उपाध्यक्षसहित सिन्धुका ३ जना निर्वाचित
समितिकाहरुको पहिलोपटक भएको सम्मेलनले समुदायिक विद्यालयहरुमा उल्लेखनीय सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । चौतारा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको राष्टिय सम्मेलनबाट सिन्धुपाल्चोकका ३ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।कठमाण्डौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा चैत २१ र २२ गते भएको सम्मेलनबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा ६ स्थित श्री सिद्धिकमला माध्यमिक विद्यालय, व्यवस्थाप समितिका अध्यक्ष सोम सापकोटा समितिको केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।त्यस्तै मेहेन्द्र कान्ति माध्यमिक विद्यालय, कालिकाकाकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मञ्जु भण्डारी केन्द्रीय महिला सचिवमा निर्वाचित हुनु भएको छ । जिल्लाकै जेठा विद्यालय श्री कृष्ण…
मेयर सापकोटाद्वारा विद्युतीय फिल्टर धारा उद्घाटन
मेयर सापकोटाद्वारा फिल्टर जडित धारा उद्घाटन ( १० चैत्र २०७९) चौतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा नगरका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमका बिच बिद्युतीय फिल्टर जडित धाराकाे उद्घाटन गरेका छन् ।उक्त कार्यक्रममा बाेल्दै मेयर सापकोटाले एउटै मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दै उनले भने देख्दा थाेरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बाेकेकाे छ । मेयरले बिद्यालयमा युवाहरूकाे जाेस जाँगर र सवैकाे समान धारणा बिकास भएकाे पाएँ । अझै समाजकाे चेतनशीलहरुकाे पहलमा शिक्षकहरुले याेजना वनाएर समृद्ध नगर बनाउन सहयाेग…
लामा पढ्न वडाको सिफारिसमै बालबालिकालाई लगिन्छ भारत
स्थानीय प्रशासन बेखबर बालबालिका यसरी देश छोडेर भारत जाने गरेको धेरै वर्ष बित्यो । तर, स्थानीय प्रशासन बेखबर छ । जुगल गाउँपालिकास्थित स्थानीय बालबालिकालाई लामा पढ्न बर्सेनि छिमेकी देश भारत लैजाने गरेको पाइएको छ । वडाको सिफारिसमा बालबालिका देशबाहिर गइरहँदा स्थानीय प्रशासन भने बेखबर छ । बालबालिकालाई भारतको बेंग्लोर र धर्मशालास्थित गुम्बामा लगिन्छ । बुद्ध धर्मसम्बन्धी ज्ञान आर्जन गर्ने भन्दै अधिकांश बालबालिकालाई बेंग्लोरको गोपो खजेनमा रहेको डेपुङ गुम्बामा लाने गरिएको छ । यस वर्ष मात्रै भारत पढ्न गएका २३ बालबालिकामध्ये एकजना काठमाडौंको स्वयम्भूबाट हराएपछि यो कुरा बाहिरिएको हो । जुगल–…
पदभार ग्रहणकै भोलिपल्ट श्रमदानमा जुटे नवनिर्वाचित वडा अध्यक्ष गिरी
मोनिका विश्वकर्मा/चौतारा । वडा अध्यक्षको भदभार ग्रहण गरेकै भोलिपल्ट चौतारा साँगाचोकगढी नगरपालिका, वडा न ११ का वडा अध्यक्ष रोशन गिरी गाउँ विकासका लागि श्रमदानमा जोडिएका छन् ।झरी हुने वित्तिक्कै भलले सडक विगार्न थालेपछि शनिबार श्रमदानमार्फत नर्सरी कटुन्जे बाटोको भल कटाउने नाली मर्मतका लागि वडा अध्यक्ष गिरीको नेतृत्वमा झण्डै ५० जनाको स्थानीयहरु जुटेका हुन् ।हरेक महिनाको अन्तिम शनिबार, श्रमदानको संस्कार भन्ने नाराको साथ यसपटकका लागि झरेली अभियान सञ्चालन गरेको अध्यक्ष गिरीले बताए । श्रमदानले विकास निर्माणमा स्थानियमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रृवित्तिको पनि अन्त्य हुने…
४ लाख २८ हजार नगद सहित २६ जुवाडे पक्राउ
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट २६ जुवाडेसहित ४ लाख २८ हजार बरामद गरेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ४ हजार ५सय ८५ रुपैयाँ सहित छ जनालाई नियन्त्रणमा लिएको हो भने मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट मा रहेको े लोकबहादुर रायमाझिको घरमा अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा नगद रु तीन लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । तामाङको कमाण्डमा खटिएको टोलीले ३२…
